Inside

All Time Top 50 News

सुर्खेत बन्द, हड्ताल, चक्काजाम मुक्त जिल्ला घोषणा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Geban Mijhar   
Thursday, 30 April 2009 09:47
बीरेन्द्रनगर सुर्खेत, १८ बैसाख । सुर्खेतको बीरेन्द्रनगरमा आज बसेको र्सवदलिय र्सवपक्षिय भेलाले सुर्खेत जिल्लालाई बन्द, हडताल र चक्काजाम मुक्त जिल्ला घोषणा गरेको छ ।

सुर्खेत उद्योग बाणिज्य संघको पहलमा बसेको भेलाले आजको दिन देखि लागुहुने गरी सुर्खेतलाई बन्द, हडताल र चक्काजाम मुक्त जिल्ला घोषणा गरेको हो ।

आफनो अधिकार प्राप्तीका लागि आन्दोलन गर्न पाउने लोकतान्त्रीक पद्धतिको सम्मान गदै भेलाले आन्दोलनका नाममा आमनागरिकलाई असर पर्ने गरी कुनै किसमका बन्द, हडताल र चक्काजाम नगर्न नगराउन सवैमा आग्रह गरेको  छ ।
 
यस्तै बिभिन्न राजनीतिक दल, तिनका भातृ संघ संगठन, संघसंस्था वा समुहलाई आफना मागलाई शान्तिपूर्ण रुपमा सरकार वा सम्बन्धीत निकायसगँ राख्न पनि  भेलाले सुझाव दिएको छ।

शान्तिपूर्ण रुपमा राखिएका मागलाई सरोकारवालहरुले समयमै सम्बोदन गरी आन्दोलन हुन नदिने बतावरण सृजना गर्न पनि भेलाले सवैमा आग्रह गरेको छ ।  
सुर्खेतस्थीत बिभिन्न राजनीति दल, संघसंस्था, नागरिक समाज, मानवअधिकारकर्मी, संचारकर्मी लगाएतले बन्द, हडताल र चक्काजाम  मुक्त जिल्ला घोषणा गर्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।

भेलाका सहभागीहरुले बन्द, हड्ताललाई सधैका लागि बन्द गर्न राजनीतिक प्रतिवदताको खाचो रहेको औल्याएका छन् । उनीहरुले बन्दहडताललाई निरुत्साहित गर्नका लागि राजनीतिक दलहरुले नेतृत्वदायी भुमिका निर्वाह गर्नु पर्नेमा जोड समेत दिएका छन् ।

बन्द, हडताल र चक्का जामलाई सधैको लागि बन्द गर्न सकेमा देशको आधा समस्या समाधान हुने भनाई उनीहरुको छ ।

कार्यक्रममा एकीकृत नेकपा माओवादीका इन्चार्ज कृष्ण धमाला, एमालेका उपसचिव धु्रवकुमार शाही, निमिति प्रमुख जिल्ला अधिकारी नवराज बराल, जिल्ला प्रहरी कार्यालयका प्रमुख छविलाल जोशी लगाएतले आफनो भनाई राख्नु भएको छ ।
 
कार्यक्रम सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष बिष्णुबहादुर शाहीको सभापतित्वमा भएको हो ।

अब अन्य जिल्लाले पनि सिको लिने कि?

-Geban Mijhar in Kathmandu
 

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?