Inside

All Time Top 75 News

डाँडाकाँडा कुरुप पार्ने टेलिफोन टावरहरुलाई नियन्त्रण गर्ने प्रयास PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Monday, 28 September 2009 00:13
काठमाडौं- शहरका घर घरमा जहाँ हेर्यो त्यहीं अग्ला टावरमात्र । कुनै टावर एफएम रेडियो स्टेशनका त कुनै टावर टेलिफोन सेवा प्रदायक कम्पनीका । अब त शहरमामात्र होइन गाउँ गाउँका डाँडाकाँडामासमेत यस्ता टावरहरु बग्रेल्ती देखिन थालिसके ।

करिव आधा दर्जन टेलिफोन सेवा प्रदायक कम्पनीहरुको स्थापनाहरु र ग्राहकहरुलाई सेवा दिन उनीहरुबीच चलेको तीब्र प्रतिस्पर्धाका कारण शहर र गाउँका डाँडाहरुको सुन्दरतालाई नै कुरुप पार्ने गरी यसरी टावरहरु स्थापना गर्ने क्रम बढिरहेका बेला टावरहरुको संख्यालाई नियन्त्रण गर्ने प्रयास सुरु भएको छ ।

जसअनुसार सबै टेलिफोन सेवा प्रदायक कम्पनीहरुले मिलेर संयुक्त रुपमा एक ठाउँमा एउटामात्र टेलिफोन टावर प्रयोग गर्नेछन् । सबैभन्दा ठूलो टेलिफोन सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले यससम्बन्धी प्रस्ताव अन्य टेलिफोन प्रदायक कम्पनीहरुसँग राख्ने भएको छ । यस सम्बन्धी प्रस्तावबारे टेलिकमले आन्तरिक रुपमा छलफल गरिरहेको छ । टेलिकम श्रोतले बताए अनुसार, यस सम्बन्धी प्रस्ताव नेपाल टेलिकमको सन्चालक समितिमा राखिसकिएको छ ।  टेलिकमले खर्च कम गर्न यस्तो प्रस्ताव राख्ने भएको हो ।

जानकारी अनुसार, आगामी दुई बर्षभित्र करिव १५ सय वटा नयाँ टावर बनाउने योजनामा नेपाल टेलिकम छ । सबै टेलिफोन कम्पनीहरु मिलेर साझा टावर बनाउन सके खर्चपनि कम हुने र शहर एबं गाउँका डाँडाकाँडाको सुन्दरतासमेत नष्ट नहुने ठहर गर्दै टेलिकम संयुक्त रुपमा टेलिफोन टावर निर्माण गर्ने निष्कर्षमा पुगेको हो । शहरी क्षेत्रमा एउटा टावर निर्माण गर्नमात्र करिव ३० लाख रुपैयाँ लाग्छ । अझ दुर्गम स्थानमा टावर राख्नकालागि प्रति टावर १ करोड रुपैयाँसम्म लाग्छ । शहरी इलाकामा टावर राख्ने स्थानकालागि मासिक २० हजार जग्गाधनी वा घर धनीलाई दिनुपर्ने अवस्था छ ।

एउटै टावरलाई विभिन्न कम्पनीहरुले संयुक्त रुपमा प्रयोग गरेमा निर्माण खर्च कम हुनुका साथै हाल प्रयोगमा आएभन्दा स्तरीय टावरहरु निर्माण गर्न सक्नेछन् । एउटै टावरमा करिव ३ वटासम्म टेलिफोन प्रदायक कम्पनीका उपकरणहरु राख्न सकिने बताइन्छ । नेपाल टेलिकमका अलवा स्पाइस नेपाल युटिएल एसटिएम नेपाल स्याटेलाइट र स्पार्क नेपालले सेवा विस्तारकालागि थप टावर निर्माणगर्ने योजना बनाइरहेका बेला नेपाल टेलिकमको प्रस्तावले एकातिर खर्च कटौति हुने देखिन्छ भने अर्कातिर सुन्दरता सुरक्षित हुनुका साथै टावरबाट हुने सुरक्षा जोखिमपनि कम हुनेछ ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Find Us at Facebook