Inside

All Time Top 50 News

तेश्रो लिङ्गीहरुले नेपालमा नागरिकता पाउन थाले PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Friday, 15 April 2011 16:11

म्याग्दीकि डिलु बुदुजा पुन मगर बने / बनिन् नेपाल कै दोश्रो तेश्रो लिङ्गी नागरिक
Exclusive: 8 photos:
काठमाडौं- म्याग्दी जिल्लाकि डिलु बुदुजा पुन मगर उर्फ 'बद्री' तेश्रो लिङ्गीकोरुपमा नागरिकता पाउने दोश्रो नेपाली नागरिक बनेकाछन् / बनेकिछिन् । (?) डिलुले नयाँ बर्ष २०६८ को शुभारम्भसंगै बैशाख २ गते उक्त नागरिकता प्राप्त गरेकी हुन्।

 


यस अघी कास्की जिल्लाकि बिष्णु अधिकारीले बि.सं. २०६५ असोज १ गते (सेप्टेम्बर १७, २००८) मा तेश्रो लिङ्गीको रुपमा नेपाली नागरिकता पाएर पहिलो तेश्रो लिङ्गी नेपाली नागरिक बनेका थिए ।

Bishnu Adhikari. Photo courtesy: ipsnews.net

सन् २००१ मा तेश्रो लिङ्गी (Third Gender) हरुको हक अधिकार र सुरक्षाको खातिर स्थापित संस्था नील हिरा समाज (Blue Diamond Society-BDS) काअनुसार हालसम्म उक्त संस्था नेपालका ३ लाख ५० हजार तेश्रो लिङ्गी (LGBTI/MSM (lesbian, gay, bisexual, transgender, and intersex / Men who have sex with men) हरुकाबिच आउटरिच कार्यक्रम गर्न सफल भईसकेको छ। उक्त सोसाइटीको अहिले २६ जिल्लामा ३९ कार्यालय र १ लाख २० हजारभन्दा बेशी सदस्यहरु रहेका छन्।

नेपालमा तेश्रो लिङ्गीहरुको संख्या

नेपालको सरकारी आँकडाअनुसार नेपालमा तेश्रो लिङ्गीहरुको संख्या १ लाख २८ हजार ५ सय अनुमान गरिएको छ तर सोसाइटीले उक्त अनुमानको तीन दोब्बर अर्थात ५ लाख हुन सक्ने अनुमान गरेको छ। अर्को एक अनुमानअनुसार ९ लाख देखी २० लाखको बिचमा तेश्रो लिङ्गीहरुको जन संख्या रहेको अनुमान गरिएको छ।

उता केन्द्रिय तथ्याङ्क बिभागले नेपालको जन गणना २०११ मा तेश्रो लिङ्गीहरुको गणनाको महल पहिलो चोटि समाबेश गरेको छ। जन गणना फारममा पुरुष, महिलापछिको महलमा तेश्रो लिङ्गी (Third Sex) भनेर उल्लेख छ।

Courtesy: http://www.census.gov.np

उसो त डा. बाबुराम भट्टराई अर्थ मन्त्री छँदा उनले नेपालको सरकारी बजेटमा पहिलो चोटि तेश्रो लिङ्गीहरुलाई समेटेर बजेट तयार गरेका थिए। उनले तेश्रो लिङ्गीहरुको बसोबासको ब्यबस्थापना गर्न ५० जनासम्म बसोबास गर्न सकिने आवासको ब्यबस्था गरिने घोषणा गरेका थिए।

तेश्रो लिङ्गीको पक्षमा सर्बोच्च अदालतबाट फैसला

सन् २००७ को डिसेम्बर २११ मा नेपालको सर्बोच्च अदालतबाट तेश्रो लिङ्गीहरुको हक अधिकारलाई कुन्ठित गर्ने सबै एन कानूनहरुको खारेज गरेपछि नेपालका तेश्रो लिङ्गीहरुको कानूनी लडाईंले फड्को मारेको हो।


Bhakti Shah. Photo courtesy: Renu Kshetry/IPS

सर्बोच्च अदालतले अछाम जिल्लाका तेश्रो लिङ्गी भक्ती शाहको पक्षमा फैसला गर्ने क्रममा उक्त निर्णय गरेको थियो।

भक्ती शाह, जो सन् २००३ को जुन १५ मा नेपाली सेनामा भर्ती भएका थिए, उनलाई उनको लिङ्गको आधारमा सेनाले पक्राउ गरी ६० दिनसम्म हिरासतमा लिएको थियो र सेनाको सेवाबाट मुक्त गर्ने निर्णय गरेको थियो, जसको शाहले सर्बोच्चमा प्रतिबाद गर्दै आफ्नो अधिकार हनन् भएको भन्दै न्याय पाउन मुद्दा हालेकी थिइन्।

तेश्रो लिङ्गीहरु सभासद देखी साहित्यकारसम्म


CA Member & founding President of Blue Diamond Society (BDS), Sunilbabu Pant. Photo courtesy: Pant's facebook profile

सोसाइटीका संस्थापक अध्यक्ष सुनिलबाबु पन्त नेपाल कम्युनिस्ट पार्टी संयुक्तकातर्फबाट मनोनित नेपालको एक मात्र र पहिलो तेश्रो लिङ्गी सभासद हुन्।

उता नेपालमा बिभिन्न ठुला नगद राशीका साहित्यिक पुरस्कार स्थापना गरेर चर्चित बनेको नई प्रकाशनले सन् २०१० देखी तेश्रो लिङ्गी लेखकहरुलाईसमेत पुरस्क्रित गर्ने परम्परा बसाली तेश्रो लिङ्गी साहित्यकार मनिषा बिष्टलाई पुरस्क्रित गरिसकेको छ ।

के हो तेश्रो लिङ्गी (Third Gender)?

सोसाइटी र RDIF (अधिकार, लोकतन्त्र तथा समाबे शीकरण कोश) अन्तर्गत बेलायती, स्वीस, अस्ट्रेलियन र डेनिस सहायता नियोगहरुको संयुक्त पहलमा निर्माणमा तयार पारिएको "समलिङ्गी र तेश्रो लिङ्गीबारे बारम्बार सोधिने प्रश्नहरु" मा तेश्रो लिङ्गीबारे यस्तो उल्लेख गरिएको छ:

"(जन्मदा वालक वा वालिका जे सुकै भए पनि) यस्तो व्यक्ति (हुर्कदा) जसको लैङ्गिक पहिचान (Gender Identity), लैङ्गिक प्रस्तुती (Gender Expression), व्यक्तित्व आदि समाजमा परम्परागतरुपमा महिला र पुरुष अपेक्षा गरिएकोभन्दा फरक हुन्छ । नेपालमा विभिन्न भेगमा विभिन्न भाषामा तेस्रो
लिङ्गीलाई यसो भनिन्छः-

मॆटी: पुर्वी नेपालतिरबाट आएको शब्द यस्ता व्यक्तिहरु (जन्मदा बालक तर हुर्कंदा आफुलाई स्त्री स्वभावको पाउने) लाई इङ्गित गर्दछ जो आफुलाई महिला वा पुरुष दुबै ठान्दैनन् ।
सिङ्गारु: तेश्रोलिङ्गी व्यक्तिलाई पश्चिम पहाडतिर सिङ्गारु भनिन्छ ।
मारुनी: त्यस्तै केटीको भेषमा नाच्ने पुरुष वा तेश्रोलिङ्गी व्यक्तिलाई मारुनी भनिन्छ ।
मौगिया वा कोथी: तेश्रोलिङ्गी व्यक्तिलाई तराईतिर मौगिया वा कोथी भनिन्छ ।
फुलुमुलु: तेश्रोलिङ्गी व्यक्तिलाई हिमाली भेगमा फुलुफुलु भनिन्छ आदि ।

 

हिजडा को हुन् ?

हिजडा समुदाय नेपालको तराई र भारतमा करिब ४००० बर्षभन्दा बढी पहिले देखि रहदै आएका छन् । हिजडाहरु तेश्रोलिङ्गी (जसलाई 'पिङ्गला' भनिने शिव-शक्ति रुप शिवको अर्ध पुरुष तथा अर्ध महिलाको रुप सम्झिन्छन्) भएको कारण आफुलाई पवित्र वा अलौकिक ठान्दछन् । हिजडा हुन चाहने व्यक्ति (जो जन्मदा पुरुषलिङ्ग भएर जन्मेको हुन्छ) ले हिजडा समदायमा आफुलाई सामेल गर्नु पर्छ तथा विभिन्न नियम तथा अनुशासन (जस्तै महिलाको भेषमा उठबस गर्नु पर्ने उठेर पिसाव गर्न नहुने आदि) पालना आदि गर्नु पर्ने हुन्छ । जसले यो समुदायको यी नियम तथा अनुशासनहरु सख्त रुपले पालन गर्न सक्छ ती व्यक्तिहरुले मात्र 'निर्वाण' (लिङ्ग काटी पूणरुपमा हिजडा हुने प्रकृया) लिन पाउँछन् ।"

Source: http://www.bds.org.np/publications/FAQ.pdf

नोट: यो समाचार सभासद सुनिलबाबु पन्तसंगको ईमेल पत्राचर र युएस नेपाल अनलाइनको पूर्व समाचारहरुको आधारमा तयार पारिएको हो।


-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

 

Third Genders from Magdyi Got Citizenship ID according to his gender identity

Dear All

I am happy to share the news that Third gender Dilu Budujha from Narchang Village development Committee of Magdyi  District of Nepal has recently got citizenship ID according to his gender identity, Dilu was born as female and grew up as a masculine person, works at Blue Diamond Society as a human rights activists.




Dilu (also knows as Badri and from indogenous community from far west of Nepal) is a permanent member of UML (United Marxist and Leninist party), the third largest party in Nepali parliament and the current Prime Minister of Nepal is president of UML.

The Nepali constitution, law and citizenship regulations doesn't prevent Nepali third genders to have citizenship ID. It used to be matter of practice that only Nepali men and women were issued legal ID. Many districts were waiting to get circular from the home ministry to issue citizenship ID to their genders but it appears they waited too long since the supreme court decision in Dec 21 2007 in favor of sexual and gender minority of Nepal including ordering government to issue citizenship ID to third gender.


So the chief discrit officer of Magdyi's decision and granting citizenship ID to Dilu Budujha is commendable as this is some thing about implementing the Supreme Court decision and also respecting the citizens of Nepal regardless of their gender identity and sexuality.

This is the second citizenship ID is issued to Nepali third genders after Bishnu Adhikari from Kaski district since the court decision in 2007.

Congratulation to Dilu Budujha.


I like to call Prime Minister of Nepal Hon Jhala Nath Khanal (especially when the PM has not appointed any one as home minister yet) to issue circular immediately to all the districts to issue citizenship ID to third gender as many districts still are reluctant to issue citizenship ID without government instruction.

--
Sunil B Pant
Member of Constituent Assembly and Parliament
Kathmandu Nepal
Ph:+977 1 4443350
Cell: +977 9851067959
Fax:+977 1 4438600
GPO Box: 8975, EPC No: 5119
Kathmandu, Nepal

 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.