NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अब एमालेका सभासद्हरुबाटै एमाले नेत्रित्व र प्रधानमन्त्रीको धुँवाधार बिरोध PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Wednesday, 17 June 2009 05:15
काठमाण्डौं- करिव ४ दर्जन मन्त्री र राज्यमन्त्रीहरुको व्यवस्था गरेर मन्त्री मण्डलको विस्तार हुन लागेका बेला एमालेका सभासद्हरुले नेतृत्व र प्रधानमन्त्रीले पार्टीको बदनाम गराएको भन्दै तीब्र आलोचना गरेका छन् ।

सत्ताको लोभमा प्रधानमन्त्री र पार्टी नेतृत्वले गलत सम्झौता गरेको, पराजितहरुलाई मन्त्री बनाएको र यही कारण एमालेका कार्यकर्ताहरु एकिकृत नेकपा माओवादीमा प्रवॆश गरेको आरोप लगाउँदै नेतृत्वको तीब्र विरोध गरेपछि प्रधानमन्त्रीको आग्रहमा पार्टी अध्यक्ष झलनाथ खनालले संसदीय दलको बैठक नै स्थगित गर्नु परेको छ ।

लामो कसरत र ४५ भन्दा धेरै मन्त्रीहरुको व्यवस्था गरेर मन्त्री मण्डलको गठन गरिने भएपछि एमालेले बुधबार बिहान संसदीय दलको बैठक बोलाएको थियो । बैठक सुरु हुनासाथ एमालेका सभासद्हरुले पार्टी नेतृत्व र प्रधानमन्त्री माधब नेपालको तीखो आलोचना सुरु गरेका थिए । संविधान सभामा एमालेका १ सय ९ सभासद् हुँदाहुँदै हरुवाहरुलाई मन्त्री बनाइएको, अन्य पार्टीकापनि हरुवाहरुलाई मन्त्री मण्डलमा सामेल गराइएको र यसले गर्दा तल्लो स्तरमा पार्टी र सरकार दुबैको साख समाप्त भएको उनीहरुले बताएका थिए ।

बुधबारको बैठकमा यमलाल कँडेल, उषाकला राई, भानुभक्त ढकाल, रबीन्द्र अधिकारी लगायतका सभासद्हरुले बोलेका थिए । उनीहरुले 'संविधान सभा निर्वाचनमा पराजित अनुहारहरुलाई मन्त्री बनाइसकेपछि संविधान सभाको बैठक बोलाउनुको अर्थ के हो ?' भनी नेताहरुसँग प्रश्न सोधेका थिए ।

यता नेताहरु सत्ताको हानथापमा लागिरहेका बेला गाउँ-गाउँका इमान्दार नेता, कार्यकर्ताहरु माओवादी प्रवेश थालेको बताउँदै सभासद्हरुले आगामी निर्वाचनको परिणाम संविधान सभाको परिणामभन्दापनि नाजुक हुने चेतावनीसमेत दिए ।

श्रोतका अनुसार, जनगायक जेबी टुहुरेको माओवादीको प्रवेशको कारण खोजिनुपर्ने माग गरेका थिए । 'टुहुरेजस्तो लामो समय पार्टी र जनताको पक्षमा गाउँदै हिँडेका कलाकारसमेत माओवादीमा जान थाल्दासमेत नेतृत्वले चेतेको देखिएन, यस्तै हो भने गाउँ गाउँबाट एमाले रित्तिन सक्छ' सभासद्ले नेतृत्वलाई चेतावनी दिँदै भने- 'संसदीय व्यवस्थाकालमा झैँ सत्ताको खेलमा लाग्ने सांसदहरुको किनबेच गरेर सरकार बनाउने र पार्टी फुटाउने हो भने त्यसको असर आगामी संविधान सभा निर्वाचनमा झन् नकरात्मक पर्नेछ ।' सभासद् उषाकला राइले उपरोक्त कुरा बताएकी थिइन् ।

कतिपयले माओवादीले उठाएको नागरिक सर्बोच्चताको मुद्धाले एमालेका कार्यकर्तालाईसमेत आकर्षण गर्न थालेको बताएका थिए । नागरिक सर्वाेच्चताको मुद्धाका कारण माओवादीप्रति एमाले कार्यकर्ता आकर्षित भएको उनीहरुको भनाई थियो । सभासद् यमलाल कँडेलले प्रधानसेनापतिको असम्बैधानिक कदम सच्याउन एमाले आफै अघि नसरे यही मुद्धाले एमाले समाप्त हुने चेतावनी दिएका थिए । उनले भने- 'सरकारमा गएपछि एमालेका मन्त्रीहरुबाट राष्ट्रपतिको असम्बैधानिक कदमको बचावट गर्ने काम हुन थालेको छ, राष्ट्रपतिको असम्बैधानिक कदम सच्याउनेतर्फ एमाले आफैले ध्यान दिएन भने एमालेको समाप्तीको कारण यही बन्नेछ ।'

एमाले सभासद्हरुले संविधान निर्माण गर्नुपर्ने बेलामा सत्ता टिकाउन पार्टी नेतृत्वले मन्त्रालयहरुलाई अनावश्यक रुपले विभाजन गर्न लागेको र मधेशवादी दलहरुलाई आवस्यकता भन्दा बढि जिम्मेवारी दिन लागेको आरोपपनि लगाएका थिए । बताइए अनुसार, प्रधानमन्त्री नेपाल र अध्यक्ष खनालको आलोचना गर्नेमा खनाल पक्षीय सभासद्हरु धेरै थिए । सभासद्हरुले प्रधानमन्त्री नेपालले पदको लोभ देखाएर पार्टीलाई अप्ठेरोमा पारेको भन्दै आलोचना गरेपछि आफ्नो बाध्यता बुझिदिन आग्रह गरेका थिए भने संसदीय दलको अध्यक्षसमेत रहेका खनाल चुपचाप सुनेर बसेका थिए ।

बोल्ने सबैजसो सभासद्हरुले यसरी अप्रत्यासित रुपमा पार्टी नेतृत्व तथा प्रधानमन्त्रीको आलोचना गरेपछि मन्त्री मण्डल विस्तारकालागि वार्तामा जानुपर्ने भन्दै बैठक स्थगित गरिएको थियो । बैठक शुक्रबार विहान फेरि बस्ने भएको छ ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?