NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

एमाले लाग्यो पाखा, अब कहिले आउला काखा? PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Sunday, 28 August 2011 10:50

बिशेष टिप्पणी: काठमाडौं- आफैले विपक्षमा मत दिएको प्रधानमन्त्रीको सरकारमा जान अव एमालेलाई असहज हुनेछ नै, नैतिक दृष्टिलेपनि यो भन्दा लाजमर्दो अर्को हुनेछैन। तर सधैं सत्तामा बसिरहने एमाले नेताहरुको परम्परा हेर्दा लाजै पचाएर पनि एमाले नेताहरु डा. भट्टराईको नेत्रित्वको सरकारमा राष्ट्रिय सहमतीको नारा जप्दै सहभागि बनेमा कसैले आश्चर्य नमाने हुन्छ।

२०६२-०६३ को आन्दोलनपछि लगातार सत्तामा रहेको नेकपा एमाले पहिलो पटक सत्ताबाट विमुख हुनुपर्ने स्थिति सिर्जना भएको छ ।

सम्बिधान सभा निर्वाचनमा पार्टीका अधिकांस बरिष्ठ नेताहरुको करारी हार र निर्वाचनमा तेश्रो स्थानमा पुगेपछि एमाओवादी र कांग्रेसबीचको बेमेलका कारण एमालेले दुई दुई पटक सरकारको नेतृत्व गर्न पाएको थियो । तर एमाले नेतृत्वका दुवै सरकार इतिहासकै सबैभन्दा असफल सरकारकारुपमा दर्ज भए ।

लोकतान्त्रिक आन्दोलनको सफलतापछि एमाले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरिक भयो । त्यो सरकार बनेको करिव ६ महिनापछि मात्र माओवादी सरकारमा सामेल भयो कोइराला नेतृत्वकै सरकारमा । एमाले त्यो सरकारमापनि सामेल भयो । कोइराला नेतृत्वकै चुनावी सरकारमा पनि एमालेको सहभागिता टुटेन । सम्बिधान सभा निर्वाचनकालागि वातावरण बनाउने भन्दै माओवादी चाहिँ २-३ महिना कोइराला नेतृत्वको सरकारबाट अलग भएपनि एमाले सरकारमा निरन्तर रहिरह्यो ।

सम्बिधान सभा निर्वाचनपछि एमाओवादी नेतृत्वमा सरकार बन्यो । चुनावमा हार भएपनि अधिकांस हरुवा नेताहरुलाई एमालेले एमाओवादी नेतृत्वमा सरकारमा पठायो । तत्कालिन प्रधानसेनापति रुक्माङ्गद कटवाललाई हटाउन एमाले अध्यक्ष झलनाथ खनाल र महासचिव इश्वर पोखरेलको सबैभन्दा ठूलो भूमिका रहेको मानिन्छ । तर कटवाललाई हटाएपछि चाहिँ एमालेले नै सरकारलाई दिएको समर्थन फिर्ता लियॊ जसका कारण प्रम प्रचण्ड राजिनामा दिन बाध्य भए ।

त्यसपछि एमाओवादीलाई पाखा लगाउन कांग्रेसले एमाले नेता माधब नेपालको नेतृत्वमा सरकार बनाउने भूमिका खेल्यो । लोकतन्त्र पछिका अधिकांस सरकारमा सहभागिता जनाएको एमाले पहिलो पटक सरकारको नेतृत्व गर्न पुग्यो । प्रम नेपाल माओवादी दबाव र पार्टीभित्रको द्धन्दका कारण राजिनामा दिन बाध्य भए । त्यसपछिका निर्वाचनमा एमाओवादी समर्थनमा एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकार बन्यो । यो सरकारको नेतृत्व गर्ने एमालेकालागि दोश्रो अवसर थियो । यसरी कहिले सरकारको नेतृत्व गर्दै त कहिले सरकारमा महत्वपूर्ण उपस्थिति जनाएर एमाले कुनै न कुनै हिसावले सरकारमा रहिरह्यो ।

सम्बिधान सभा चुनावपछिको मात्र होइन, राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि पनि सबैभन्दा धेरै सत्तामा रहेको एमाले नै हो । राजाले गरेको पहिलो कू असोज १८, २०५९ पछि सरकारमा जान खुट्टा उचालेपनि अन्य दलहरुको विरोधका कारण एमाले सरकारमा गएन । तर राजाले आफैले असोज १८ गते अपदस्थ शेरबहादुर देउवालाई फेरि प्रम बनाएपछि एमाले प्रतिगमन आधा सच्चिएको भन्दै सरकारमा गयो । पछि त्यो सरकारलाई राजाले माघ १९ मा कू गरेपछि मात्र एमाले सत्ताबाट हट्न बाध्य भयो ।

प्रधानमन्त्रीमा निर्वाचित एमाओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले शान्ति प्रकृयालाई अघि बढाउन काम गरेमा एमाले पनि सरकारमा सामेल हुने एमालेका नेताहरुले बताएका छन् । प्रधानमन्त्री निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई पार्टीकोतर्फबाट समर्थन दिन सम्बोधन गरेका एमाले सचिव शंकर पोखरेलले पनि सम्बोधनका क्रममा यही कुरा बताए ।

तर आफैले विपक्षमा मत दिएको प्रधानमन्त्रीको सरकारमा जान अव एमालेलाई असहज हुनेछ नै, नैतिक दृष्टिलेपनि यो भन्दा लाजमर्दो अर्को हुनेछैन। तर सधैं सत्तामा बसिरहने एमाले नेताहरुको परम्परा हेर्दा लाजै पचाएर पनि एमाले नेताहरु डा. भट्टराईको नेत्रित्वको सरकारमा राष्ट्रिय सहमतीको नारा जप्दै सहभागि बनेमा कसैले आश्चर्य नमाने हुन्छ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?