NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

'शान्ति प्रकृया अगाडि बढे पनि, नबढेपनि प्रधानमन्त्रीले राजिनामा दिनुहुन्छ ।'- नेकपा (एमाले) सचिव युवराज ज्ञावली PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Sitaram Baral   
Monday, 08 August 2011 08:36

काठमाडौ- प्रमुख विपक्षी नेपाली कांग्रेसले विना शर्त प्रधानमन्त्री झलनाथ खनालले राजिनामा दिनुपर्ने माग गरिरहेका बेला सत्तारुढ नेकपा (एमाले) का सचिव युवराज ज्ञावलीले शान्ति प्रकि्रया अगाडि बढेपनि नबढेपनि आगामी साउन २८ गते प्रधानमन्त्री झलनाथ खनालले राजिनामा गर्ने बताएका छन् ।

एकिकृत नेकपा (माओवादी) ले चाहिँ प्रमले राजिनामा दिएपनि नदिएपनि शान्ति प्रकृयालाई अघि बढाउन पार्टीले गम्भीर निर्णय गर्ने बताएको छ । राजधानीमा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा तीन प्रमुख दलका नेताहरुले उपरोक्त कुरा बताएका हुन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडुले प्रधानमन्त्रीले राजिनामा दिन ढिला गरेकोले सहमतिको बातावरण रोकिएको दावी गर्दै प्रधानमन्त्री खनालले छिटोभन्दा छिटो राजिनामा दिनुपर्ने माग साक्षात्कार कार्यक्रममा गरेका थिए । नेपाली कांग्रेस नेतृत्वको सरकारले मात्रै शान्ति र संविधान निर्माणको जिम्मेवारी पुरा गर्नसक्ने दावी गर्दे कांग्रेस नेता बडुले खनालले राजिनामा दिएपछि कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्नेमा जोड दिए ।

जवाफमा एमाले सचिव युवराज ज्ञवालीले जुनसुकै परिस्थिति सिर्जना भएपनि साउन २८ गते प्रधानमन्त्री खनालले राजिनामा दिने जानकारी दिएका थिए । साउन २८ गतेभित्र शान्ति प्रकृया सम्बन्धी ठोश कदम अघि नबढेमात्र राजिनामा दिने खनालले बताएपनि एमाले सचिव ज्ञवालीले भने- 'शान्ति प्रकृया अगाडि बढे पनि, नबढेपनि प्रधानमन्त्री राजिनामा दिनुहुन्छ ।' प्रधानमन्त्री खनालको राजिनामापछि सहमतिको सरकार बन्नु पर्नेमा जोड दिँदै ज्ञवालीले नयाँ सरकारको नेतृत्व माओवादीमा कांग्रेसले सहमतिमा गर्नुपर्ने बताए ।

एमाओवादी र फोरमका मन्त्रलिाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री झलनाथ खनालले शपथ ग्रहण गराएको विषयलाई माधव नेपाल, केपी ओली समूहले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै कार्वाहीको माग गरिरहेका बेला सचिव ज्ञवालीले आत्मालोचनाको उपायबाट यो विवाद  मिलाइने बताए । 'काम गर्दै जाँदा गल्ती हुन्छ, आफ्नो गल्तीप्रति आत्मालोचना गरेर समस्याको समाधान गर्नु पर्छ' ज्ञवालीले भने- 'कसैलाई हटाएर समस्याको समाधान हुन सक्दैन ।' कसैमाथि कारवाही गरेर वा हटाएर कुनै पनि हालतमा विवाद समाधान नहुने उनको कथन थियो ।

एकीकृत नेकपा (माओवादी) का प्रवक्ता दीनानाथ शर्माले साउन २८ गतेभित्रमै समायोजन हुने माओवादी लडाकुको संख्या र पुनरस्थापनामा जानेको राहत प्याकेजमा सहमति गरेर रिग्रुपिङ प्रकृया अगाडि बढाउन पार्टीले तैयारी गरिरहेको बताउँदै सम्बिधान निर्माणमा काग्रेससहितका प्रतिपक्षी दलहरुले माओवादीलाई विश्वास दिलाउनु पर्नेमा जोड दिए ।  शान्ति प्रकृया अघि बढाउन लडाकूको रिग्रुपिङ कार्य अघि बढाएर माओवादीले सबै पक्षलाई शान्ति प्रकृया सम्बन्धमा रहेको आंशका हटाउने दावी उनले गरे ।

लडाकू पुनरस्थापनाको राहत प्याकेज आकर्षक भए समायोजन हुने लडाकुको संख्या कम हुने र राहतको प्याकेज कम भए समायोजन हुनेको संख्या पनि बढ्ने दावी गरेका शर्माले नेपाली कांग्रेस सहमत भए साउन २८ गते भित्रमै रिगु्रपिङको काम अगाडि बढ्ने र दलहरुबीच पनि सहमतिको आधार पनि तयार हुने बताए । शान्ति प्रकृया सफल बनाउन सबै पार्टीहरुको भूमिका समान रहेको बताउँदै प्रवक्ता शर्माले नेपाली कांग्रेस लगायतका दलहरु माओवादीकोमात्र भूमिका देखाएर शान्ति प्रकृया असफल पार्न लागिपरेको आरोप लगाए ।

प्रधानमन्त्री झलनाथ खनालले राजिनामा दिएपछि बन्ने नयाँ सरकारको नेतृत्व आफ्नो पार्टीले पाउनुपर्ने बताउँदै प्रबक्ता शर्माले नयाँ प्रमको रुपमा पार्टीले उपाध्यक्ष डा. बाबुराम भट्टराईको नाम अघि सारेको स्मरण गराए । डा. भट्टराईलाई सहमतिको प्रधानमन्त्रीको रुपमा अधिकांश नेपाली जनताले स्वीकार गरिसकेको दावी गरे । तैपनि प्रधानमन्त्री झलनाथ खनालले मिति नै तोकेर राजिनामा दिन्छु भनेकोप्रति उनले असन्तुष्टि व्यक्त गरे । शर्माको भनाई थियो- 'उहाँले यो कुरा अहिले नै नभनेको भए हुन्थ्यो ।'

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?