NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

'सत्तारुढ घटकले दिएको लिष्टअनुसार शपथ ग्रहण गराउनु प्रधानमन्त्रीको विशेषअधिकार हो'- एमाले उपाध्यक्ष बामदेव गौतम PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Saturday, 06 August 2011 10:19

काठमाडौ- प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष झलनाथ खनाललाई अप्ठ्यारो पार्ने ठानिएको एमाले केन्द्रीय कमिटीको बैठक बस्नै लागेका बेला सो पार्टीका उपाध्यक्ष बामदेव गौतमले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री झलनाथ खनालविरुद्ध पार्टी भित्रैका केही नेताले पासो थापेको आरोप लगाएका छन् ।

पार्टी सम्बद्ध नेपाल लोकतान्त्रिक नेवार संघले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै गौतमले अध्यक्ष तथा प्रम खनाललाई अप्ठ्यारोमा पार्न पार्टीका केही नेताहरुले निरन्तर अभियान चलाएको बताएका हुन् ।

'हाल जारी विवाद सामान्य र प्राविधिक भए पनि केही नेताले उछालेर ठूलो बनाउन खोजका छन्' माओवादी मन्त्रीहरुको सथप ग्रहणप्रति लक्ष्यित गर्दै उपाध्यक्ष गौतमले भने- 'सत्तारुढ घटकले दिएको लिष्टअनुसार शपथ ग्रहण गराउनु प्रधानमन्त्रीको विशेषअधिकार हो, प्रधानमन्त्रीले राष्ट्रिय सहमतिकालागि एमाओवादी र फोरमका मन्त्रीलाई शपथ ग्रहण गराउनु भएको हो ।' गौतमले एमालेका केही नेताले शपथ ग्रहण रोक्न प्रमको खुट्टामा छाँद हालेको बताउँदै प्रधानमन्त्रीले त्यसलाई चुँडालेर सपथ गराएको, मुलुकलाई झन अस्थिरतातर्फ जानबाट रोकेको र शपथ ग्रहण सम्बन्धी विवाद आजदेखि सुरु हुने केन्द्रीय समिति बैठकले टुङ्ग्याउने दावी गरे ।

उता, आज विहानदेखि जारी एमाले केन्द्रीय समितिको बैठक अहिलेपनि जारी छ । जारी बैठकमा अध्यक्ष झलनाथ खनाल र नेपाल-ओली पक्षीय केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन् । नेपाल-ओली पक्षले अध्यक्ष खनालले पार्टी निर्णय उल्लंघन गरेको बताउँदै उनीमाथि पार्टी अध्यक्ष र संसदीय दलको नेताबाट कार्वाहीको माग गरेको छ भने पार्टी अध्यक्ष खनाल पक्षले नेपाल-ओली पक्षबाट प्रमलाई निरन्तर असहयोग र अप्ठ्यारो पार्ने काम भैरहेको आरोप लगाइरहेको छ । शपथ ग्रहण प्रमको विशेष अधिकारको बिषय भएको बताउँदै प्रम पक्षले शपथ ग्रहण गराएकै कारण कार्वाही भोग्नु नपर्ने दावी गरिरहेको छ ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?