Inside

All Time Top 50 News

न्यू योर्क शहरमा जम्मा ६ हजार १८७ नेपाली जनगणनामा दर्ज भएको नतिजा सार्वजनिक, अमेरिकाभर कूल ५९ हजार ४९० नेपाली PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Thursday, 14 July 2011 16:06

Exclusive: न्यू योर्क- सन् २०१० को अप्रिल महिनामा सम्पन्न अमेरिकि जनगणनामा न्यू योर्क शहरमा ३० देखी ४० हजार रहेको अनुमान गरिएको नेपाली समुदायबाट अमेरिकि सरकारको सेन्सस ब्युरोद्वारा बिहीवार जारी गरिएको जनगणनाको नतिजाअनुसार जम्मा ६ हजार १८७ जना नेपालीहरुको गणना रहेको तथ्य बाहिर आएको छ। न्यू योर्क शहरको उक्त जन संख्यासहित न्यू योर्क राज्यभर कूल ७ हजार ७२५ जना न्यू योर्कबासी नेपालीहरु जनगणनामा सामेल भएको तथ्य सार्वजनिक गरिएको छ। Update: अमेरिकाभर कूल ५९ हजार ४९० नेपाली रहेको तथ्याङ्क सार्वजनिक भएको छ।


अमेरिकि जनगणनामा बढीसेबढी नेपालीहरुलाई सहभागि गराउने उद्देश्यले गठन गरिएको नेपाली कम्प्लिट काउन्ट कमिटी (Nepali Complete Count Committee-NCCC) कि अध्यक्ष तथा अधिकारकि कार्यकारी निर्देशक लुना रन्जित र अधिकारकि सिनियर कम्युनिट अर्गनाइजर नर्बदा छेत्रीले जनगणना तथ्याङ्क सार्वजनिक भएपछि आफ्नो प्रतिकृया दिदै न्यू योर्कका नेपालीहरुको उक्त झिनो संख्याबाट आफूहरु दुखित भएको युएस नेपाल अनलाइनलाई बताउनु भएको छ।

अध्यक्ष रन्जितले कमिटीकोतर्फबाट अत्यन्त मिहिनेत गरेर जन गणनामा भाग लिन नेपालीहरुबिच पुग्ने प्रयास गर्दागर्दै पनि नेपालीहरुको ठुलो संख्या जनगणनामा सहभागि नभएको लख काट्दै यो नतिजाले आगामी १० बर्षसम्म सरकारबाट नेपाली समुदायले पाउने सरसुबिधामा असर पुग्ने बताउनुभएको छ।

उता जनगणना अभियानमा दिलोज्यानले खट्नुभएकी छेत्रीले न्यू योर्कमा स्थापित ३ दर्जन नेपाली संस्थाका अगुवाहरुले अभियानकोरुपमा पूर्णरुपमा नलागेको कारण पनि अधिकांश नेपालीहरुलाई जनगणनामा सहभागि गराउन नसकिएको बताउनु भयो। छेत्रीले शेर्पा, गुरुङ र मनाङका नेपालीहरु मात्रको संख्या पनि योभन्दा धेरै रहेको बताउँदै जनगणनाको नतिजाले आफू अत्यन्त दुखित बनेको बताउनुभयो।

शेर्पा किदुग अमेरिकाका अध्यक्ष छोङ्बा शेर्पाकाअनुसार उनको संस्थामा झन्डै २५ सयदेखी ३ हजार शेर्पाहरु रहेको बताए। उता रिज्वूड नेपालीज सोसाइटीका अध्यक्ष श्री पराजुलीकाअनुसार रिज्वूडमा झन्डै १२ सय नेपालीहरुको बसोबास रहेको छ।

अर्को तथ्य चाँही गैर कानुनीरुपमा रहेका अधिकांस नेपालीहरुले सरकारी तवरबाटै कुनै कार्यबाही नहुने सुचना जारी हुँदाहुँदै पनि जनगणनामा सहभागि नभएको हुन सक्ने बलियो सम्भावना देखियो।

 

कुन देशका आप्रबासीहरुको जनसंख्या कति?


उक्त जनगणनाको नतिजाअनुसार एसियन मुलुकहरुबाट न्यू योर्क शहरमा बसोबास गर्ने आप्रबासीहरुको कूल जनसंख्या ११ लाख १७ हजार ६०८ मध्ये नेपालीहरुको जनसंख्या (६ हजार १८७ ) ११ औं नम्बरमा रहेको तथ्याङ्कले देखाएको छ।

सबैभन्दा बढी जनसंख्या चिनियाँहरुको ५ लाख ४३४ जना रहेको छ। त्यसैगरी, दोश्रो नम्बरमा भारतीयहरुको २ लाख ३२ हजार ६९६ जना जनसंख्या रहेको छ।

तेश्रोमा कोरियनको १ लाख २ हजार ८२० जना; चौंथोमा फिलिपिनोको ७८ हजार ३० जना; पाँचौंमा बङ्गलादेशीको ६१ हजार ७८८ जना; छैठौंमा पाकिस्तानीको ४६ हजार ३६९ जना; सातौंमा जापानिजको ३१ हजार ७४२ जना; आठौंमा भियत्नामिजको १६ हजार ३७८ जना; नबौंमा ताइवानिजको १३ हजार ६८२ जना; दशौंमा थाईको ७ हजार २४४ जना र एघारौंमा नेपालीको ६ हजार १८७ जना रहेको छ।

अन्य जनसंख्यामा क्रमश: इन्डोनेसियन ४ हजार ७९१ जना; श्री लङ्कन ४ हजार ३६९ जना; बर्मिज ४ हजार १३२ जना; मलेसियन ३ हजार २२० जना; क्याम्बोडियन २ हजार ५९१ जना; लावोसियन ६६४ जना; भुटानिज ३८८ जना र मोङ (Hmong) ८३ जना रहेकाछन्।

 

रोचक तथ्याङ्क: कम्जोर आर्थिक अवस्थाको कारण नेपालीहरु शहर मै


अझ रोचक तथ्याङ्क त के छ भने नेपालीहरु न्यू योर्क शहर बाहिर शिर्फ १ हजार ४३८ जना बसोबास गरेको देखिन्छ। यो संख्यासहित नेपालीहरुको न्यू योर्क राज्यमा कूल जनसंख्या ७ हजार ६२५ पुगेको हो।

न्यू योर्क शहर बाहिर बसोबास गर्ने ठाउँलाई सब्-अर्बन एरिया भनिन्छ र नेपालीहरु ति ईलाकामा बस्न नसक्नु यातायातको अभाब र न्यून आर्थिक अवस्था कारण हुन सक्दछ।

जबकि न्यू योर्क शहरमा २ लाख ३२ हजार ६९६ जना रहेका भारतीयहरु न्यू योर्क शहर बाहिर बसोबास गर्नेहरुको जनसंख्या १ लाख ३६ हजार ७१ जना रहेको छ। भारतीयहरुको न्यू योर्क राज्यभरको कूल संख्या ३ लाख ६८ हजार ७८७ जना रहेको छ।

बल्ल गुदि कुरो निस्कदो छ, भारतीयहरुको सब्-अर्बन एरियामा यतिका बसोबास रहेको कारण पो नेपालीहरुले थुप्रो रोजगार पाउन सकेका रहेछन् त !

र त, न्यू योर्कका कवि तथा वकिल बिनोद रोक्काले यो कविता त्यसै लेखेका रहेनछन्-

"आमाले भन्नु भो अमेरिका गएस्
धेरै डलर कमाई ठुलो मानिस भएस्
यो गाउँको बास शहरमा सारौँला
इङ्लिसमा बोलेर सब्को इख झारौँला
भने झैं लाग्यो आशिस, न्यू योर्क आईयो
बल्लतल्ल पेट पाल्ने काम पाईयो
अच्छा, जि र जाडोमा जिन्दगी कक्रियो
इङ्लिसभन्दा हिन्दी पो सप्रियो"


सन् २००० को जनगणनाअनुसार अमेरिकाभर नेपालीहरुको संख्या जम्मा ११ हजार ७१५ जना


अमेरिकामा नेपालीहरु डेढ-दुइ लाखको हाराहारीमा रहेको अनुमान गरिन्छ। सन् २००० को जनगणनाअनुसार चाँही अमेरिकि नेपालीहरुको संख्या जम्मा ११ हजार ७१५ रहेको छ।

अमेरिकि सरकारको ग्रीन कार्ड चिठ्ठा (US Green Card Lottery) सेवा प्रदान गर्ने संस्था Usafis.org को तथ्याङ्कअनुसार सन् २०००-०९ बिच अमेरिकि सरकारको डाइभर्सिफाईड भिसा (DV) बाट आएका नेपाली मात्रको संख्या १६ हजार ४९२ रहेको छ ।

उता इन्टर्नेसनल इन्स्टिच्युट अफ एडुकेसनको ओपन डोर रिपोर्ट २००९ काअनुसार अमेरिकामा सन् २००८/०९ शैक्षिक सत्रमा नेपाली विद्यार्थीहरु ११ हजार ५८१ पुगेकाछन्।

यस हिसाबले सन् २००० जनगणनाका ११,७१५, डिभी भिसाबाट आएका १६,४९२ र सन् २००८/०९ शैक्षिक सत्रका विद्यार्थी ११,५८१ मात्र जोड्ने हो भने पनि ३९ हजार ७८० नेपाली जनसंख्या हुन आउँछ।

सन् २०१० को जन गणनामा नेपालीहरुको जनसंख्या एक लाख नाघ्ने अनुमान गरिएको छ। अमेरिकि सरकारको जन गणना बिभागद्वारा उक्त जनगणनाको नतिजा जारी गर्ने क्रम भर्खरै शुरु भएको छ।

यस सम्बन्धी थप र अप्डेट रिपोर्टिङकोलागि यो लिङ्कमा जानुहोस्:

http://usnepalonline.com/nepalicount/

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

It's in Our Hands: Be Counted in 2010 US Census

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.