NEWS: बिबिसी नेपाली सेवा ::

Inside

अमेरिकि जनगणनामा भाग लिने अन्तिम मौका नगुमाऔं PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Friday, 26 March 2010 23:25

नेपालीहरुको पहिचान र चुनौतीको सवाल
Exclusive: न्यू योर्क- अमेरिकामा रहेका नेपाली समुदायको पहिचानकोलागी अत्यन्त महत्वपूर्ण रहेको अमेरिकि जनगणना २०१० को दिन अप्रिल १ नजिकिदै गर्दा न्यू योर्क शहरमा भने अहिलेसम्म १५ प्रतिशतभन्दा कम जनताले मात्र जनगणना फर्म भरेर फिर्ता पठाएको भन्ने न्यू योर्क शहर जनसंख्या बिभागको तथ्याङ्कले यसपाली पनि नेपालीहरुको जनगणना सोचेबमोजिम हुन नसक्ने संकेत देखिएकोछ।


उक्त तथ्यङ्क न्यू योर्क शहरको जनगणना बिभागकि उपसंयोजक एन मोन्टेसानोले मार्च २५ सम्म फिर्ता आएको जनगणना फर्महरुको बिश्लेशणबाट जानकारी गराएकिहुन्।


उनकाअनुसार, मार्च २५ बेलुकीसम्म नेपालीहरुको अत्यधिक बसोबास रहेको क्षेत्र कुइन्स शहरबाट शिर्फ १२ प्रतिसत जनतालेले मात्र फर्म भरेर पठाएकाछन् भने गगनचुम्बी घरहरुकोलागि विश्व बिख्यात न्यू योर्क शहरको मुख्य हिस्सा म्यान्हट्टन शहरबाटपनि शिर्फ १३ प्रतिशतले मात्र फर्म फिर्ता पठाएकाछन्।

उता सन् २००० को जनगणनामा कुइन्स क्षेत्रमा ४० देखी ६१ प्रतिसत घरबेटीहरुले मात्र जनगणनामा भाग लिएको बिभागको तथ्याङ्कले देखाउँछ।

नेपालीहरुको पहिचान र चुनौतीको सवाल

सन् २००० को जनगणनामा शिर्फ ११ हजार ७१५ जना नेपालीको मात्र तथ्याङ्क रहेकोमा यसपाली डेढ लाखको हाराहारीमा रहेको अनुमान गरिएका नेपालीहरुले कतिले जनगणनामा भाग लिने हुन्? अब भने अमेरिकामा झन्डै अढाइ सय संघ संस्था खोलेर बसेका अमेरिकि नेपालीहरुले झट्ट 'प्लान बि' बनाइ नेपालीहरुबिच पुग्नु पर्ने पर्ने बेला आएकोछ।

अमेरिकि नेपालीहरु कति छन्? जनगणनामा भाग लिन किन जरुरी छ? हाम्रो यस अघिको रिपोर्ट पढ्नुहोस्;

-अमेरिकि जनगणनामा नेपालीहरुको सहभागीताबारे गम्भिर छलफल

More info: http://www.usnepalonline.com/nepalicount/

 

बिभागले कानुनी या गैर कानुनी दुबै प्रकारका जनसंख्याको जनगणना लिनेछ। त्यसमा भाग लिदा इमिग्रेसन बिभागले गैरकानुनी रुपमा बसोबास गरेकालाई अप्ठेरो पर्छ कि भन्ने आशंका धेरैमा रहेकोछ। तर अमेरिकि कानुनले बिभागको जनगणना विवरण कुनै पनि अमेरिकि सरकारको अन्य निकायले लिन नपाउने कानुनी ग्यारेन्टी छ।

यो ब्यबस्था अमेरिकि कानुनको Title 13, U.S. Code ले सुनिश्चित गरेकोछ।

त्यती मात्र कहाँ हो र, जनगणना संकलकले यदी कुनै ब्यक्तीको विवरण कसैलाई खुलाएर उक्त ब्यक्तीलाई कुनै हानी पुगेमा संकलकलाई ५ बर्षसम्मको जेल सजाय र २ लाख ५० हजार डलरसम्मको जरिमानाको ब्यबस्था पनि छ।

अप्रिल १ सम्म पनि फर्म नभरे के हुन्छ?

गत मार्च १५ देखी १७ बिच जनगणना बिभागले हरेक अमेरिकि घरको ठेगानामा पठाएको जनगणना फर्म भरी अप्रिल १ तारिखभित्र बिभागमा फिर्ता पठाउनु पर्ने कानुन छ।

मार्च को २२ देखी २४ मा जनगणनाको याद दिलाउने पोस्टकार्ड बितरण गरी सकेको बिभागले मार्च २८ मा दोश्रो पटक जनगणना फर्म हुलाकबाट पुन: पठाउनेछ।

उसो त, जनगणना फर्म बुझाउने अन्तिम मिती अप्रिल १५ सम्म पनि जनगणनाको फर्म फिर्ता नआए जुन घरबाट नआएको हो सो घरमा बिभागका जनगणकहरु मइदेखी जुलाई महिनामा ६ पटकसम्म घर घर मै धाएर भएपनि जनगणना फर्म संकलन गर्नेछन्।

बिभागले आगामी डिसेम्बरमा आफ्नो संकलनको विवरण अमेरिकि राष्ट्रपती बाराक ओबामालाई अनुमोदनका लागि पठाइसक्नु पर्नेहुन्छ। सन् २०११ को मार्चसम्म बिभागले जनगणना को पूर्ण विवरण प्रकाशमा ल्याउनुपर्ने कानुनी डेडलाइन पनि तोकिएकोछ।

 

घैटोमा घाम लगाउने बेला

न्यू योर्कमा नेपाली संस्था 'अधिकार' को कार्यालयमा निशुल्क जनगणना फर्म भर्ने ब्यबस्था गरिएकोछ। निम्न फोन नम्बरमा फोन गरेर या कार्यालयमै गएर फर्म भर्न आउन अधिकारकि कम्युनिटी अर्गनाइजर नर्बदा छेत्री ले युएस नेपाल अनलाइन मार्फत अनुसोध गरेकिछिन्।

Census Hotline: 718-478-2150 or Adhikaar Off: 718-937-1117


दश बर्षमा एक पटक हुने अमेरिकि जनगणनामा यसपाली पनि अमेरिकि नेपालीहरु भाग लिन हिच्किचाए भने सन् २०२० सम्म फेरी पनि उहीं अपुरो र कम तथ्याङ्क कै भरमा आफ्नो खुम्चिएको पहिचान लिएर जिउनु वाध्य हुनु पर्नेछ। जुन बिज्ञान र प्राबिधिको यो जमानामा मुल्य चुकाउन नसकिने हुनेछ। अब चाँही घैटोमा घाम लगाउने कि?

 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

It's in Our Hands: Be Counted in 2010 US Census

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?