NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अमेरिकि जनगणनामा नेपालीहरुको सहभागीताबारे गम्भिर छलफल PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 21 December 2009 18:59

डिभी भिसाबाट मात्र १६ हजार ४९२  नेपालीहरु अमेरिका आइ सके ?
न्यू योर्क- अमेरिकि जनगणना हुन १०० दिन मात्र (April 1, 2010) बाँकी रहेको अबसर पारेर नेपाली कम्प्लिट काउन्ट कमिटी (Nepali Complete Count Committee) र अमेरिकि सरकारको सेन्सस ब्युरो (U.S. Census Bureau) को संयुक्त आयोजनामा आइतबार बेलुकी नेपाली मानब अधिकारबादी संस्था "अधिकार' को कार्यालय उड्साइड, कुइन्स न्यू योर्कमा नेपाली संघ संस्थाहरुका प्रतिनिधिहरु बिच गम्भिर छलफल कार्यक्रमको आयोजना सम्पन्न भएको छ।


 

Douglas Nam Le, Partnership Specialist, NYRCC, Unites States Census 2010, US Census Bureau. Photos: eEyeCam.com


अमेरिकामा कति छन् नेपाली ?

जनगणना गरिने दिन नजिकिदै जाँदा नेपाली संस्थाहरुका अगुवाहरु अमेरिकामा बैधानिक या अबैधानिक रुपमा रहेका अहिले अनुमान गरिएका सवा लाख अमेरिकि नेपालीहरुलाई कसरी जनगणनामा सहभागी गराउने भन्ने बिषयमा घोत्लिन शुरु गरेकाछन्।

सन् २००० मा सम्पन्न अमेरिकि जनगणनामा शिर्फ ११ हजार ७१५ जना नेपालीहरुको अमेरिकि सरकारको सेन्सस ब्युरोको तथ्याङ्क हेर्दा यसपाली पनि अमेरिकामा रहेका सबकासब नेपालीलाई जनगणनामा सहभागी गराउन नसकिने हो कि भन्ने सम्भावना तड्कारो देखिएको कुरा कार्यक्रममा सहभागीहरुले औँल्याए।



डिभी भिसाबाट मात्र १६ हजार ४९२  नेपालीहरु अमेरिका आइ सके?

उसो त अमेरिकि सरकारको ग्रीन कार्ड चिठ्ठा (US Green Card Lottery) सेवा प्रदान गर्ने संस्था Usafis.org को तथ्याङ्कले देखाउँछ, सन् २००० देखी यता अमेरिकि सरकारको डाइभर्सिफाईड भिसा (DV) बाट आएका नेपाली मात्रको संख्या सन् २००० को जनगणनामा दर्ज भएका नेपालीहरुलाई अहिले नाघेको छ अर्थात डिभी भिसाबाट मात्र १६ हजार ४९२  नेपालीहरु अमेरिका आइ सके।

तथ्यङ्क अनुसार, पछील्लो पटक DV-2009 मा डिभी भिसा पाउने नेपालीहरुको संख्या १ हजार ८९१ छ। DV-2008 मा २,५६२, DV-2007 मा १५२९, DV-2006 मा सुन्य, DV-2005 मा २६९८, DV-2004 मा ४२५९, DV-2003 मा २३२०, DV-2002 मा ७२९, DV-2001 मा ३७६ र मा DV-2000 १२८ रहेकोछ।

उता इन्टर्नेसनल इन्स्टिच्युट अफ एडुकेसनको ओपन डोर रिपोर्ट २००९ का अनुसार अमेरिकामा सन् २००८/०९ शैक्षिक सत्रमा नेपाली विद्यार्थीहरु ११ हजार ५८१ पुगेकाछन्। यो बढोत्तरी सन् २००७/०८ को ८ हजार ९३६ जनाबाट भएको हो।

स्मरण रहोस्, अमेरिकि जनगणनामा यहाँका नागरिक मात्र होइन बल्की बिदेशीहरु जो अप्रिल १, २०१० का दिनसम्म अमेरिकामा बसोबास गरेका छन्, सबैलाई जनगणनामा सामेल गराइन्छ।

यस हिसाबले सन् २००० जनगणनाका ११,७१५, डिभी भिसाबाट आएका १६,४९२ र विद्यार्थी ११,५८१ मात्र जोड्ने हो भने पनि ३९ हजार ७८० नेपाली जनसंख्या हुन आउँछ।

तर ख्याल गर्नुहोस्, टुरिस्ट भिसाबाट १० बर्ष भित्र छिर्नेहरु कति होलान्? अनि १० बर्ष भित्र कति लालाबालाहरु जन्मे होलान्? अरु त अरु, युएस नेपाल अनलाइनका प्रेसिडेन्ट पासाङ् दोर्ची शेर्पा र उहाँकी भर्खरै स्वर्गबासी श्रीमती फुर्बा शेर्पा जापानको पढाईलाई छोडेर कान्छी छोरी टाशी छोडेन जन्माउन अमेरिका भ्याकेसनमा आएका थिए। उनी सन् २००१ को ओक्टोबरमा जन्मिएकी हुन्।

अमेरिकामा ३० बर्षदेखी घरजम, जनगणनाबारे भने पत्तो छैन, किन?

नेपाली संस्था 'तामाङ सोसाइटी अफ अमेरिका' का बर्तमान अध्यक्ष ईन्द्रबहादुर तामाङ, जो सन् ७० को दशकदेखी अमेरिकामा बस्दै आएकाछन्, ले भने कि उनी स्वयम्ले सन् २००० को जनगणनामा आफ्नो र आफ्नो परिवारको नाम टिपाएनन्। उनले भने-" जनगणनाबारे ख्यालै भएन।"

तर उनी अहिले भरमग्दुर लागि परेकाछन्- आफ्नो परिवार र तामाङ समाजको प्रत्येक सदस्यलाई जनगणनामा सहभागी गराउन। उनलाई जनगणनामा नेपाली संख्या छुटाउनु नहुने महत्वपूर्ण कारण थाहा छ।

कार्यक्रममा अधिकार कि कम्युनिटी अर्गनाइजर नर्बदा छेत्रीले जनगणनाको महत्व माथि जोड दिदै भनिन्- "यो जनगणना हाम्रो लागि र भाबी सन्ततीको अबसरहरुको लागि महत्वपूर्ण छ।"

Narbada Chhetri (center), Community Organizer of Adhikaar speaking at the event. Adhikaar volunteer Mira Acharya (left) and Luna Ranjit, Adhikaar Executive Director (right).


स्मरण रहोस्, अमेरिकि सरकारले हरेक बर्ष ४०० बिलियन अमेरिकि डलरभन्दा बेशी रकम जन संख्याको आधारमा सामुदायीक बिकास र सुबिधामा खर्च गर्दछ। अहिले सवा लाख अनुमान गरिएका नेपालीहरु मध्ये थोरैले मात्र जनगणनामा सहभागी भएभने स्पस्ट छ- नेपाली समुदायले सरकारबाट पाउने सुबिधाबाट बन्चित हुनु पर्नेछ।

कसैले पनि डराउनु र हिच्किचाउनु पर्ने कारण छैन

सन् २००० को जनगणनामा छुटेका अमेरिकि नागरिक बनिसकेका ईन्द्रबहादुर तामाङ र उनी जस्ता हजारौं अरु नेपालीहरुलाई जनगणनामा सहभागी गराउन अर्को ब्यबधान छ- नेपालीहरुको ठुलो संख्या अहिले पनि अमेरिकामा अबैधानिक रुपमा रहन वाध्य हुनु र जनगणनामा सहभागी हुँदा कानुनी अड्चन आउँला भन्ने डर।

तर सेन्सन ब्योरोका प्रतिनिधि डग्लस नाम ले र नेपाली कमप्लिट काउन्ट कमिटी (NCCC) कि संयोजक लुना रन्जितले पटक पटक दोहर्याए कि यधपी सेन्सस ब्युरो अमेरिकि सरकारी बिभाग हो तर यसले लिने जनगणनामा संकलन गर्ने नाम, ठेगाना र अन्य ब्यक्तिगत विवरण सरकारको कुनै पनि अन्य बिभाग या प्रहरी, इमिग्रेसनसंग साटासाट गरिनेछैन।

यो कानुनी ग्यारेन्टी अमेरिकि कानुनको Title 13, U.S. Code ले सुनिश्चित गरेकोछ।

त्यती मात्र कहाँ हो र, जनगणना संकलकले यदी कुनै ब्यक्तीको विवरण कसैलाई खुलाएर उक्त ब्यक्तीलाई कुनै हानी पुगेमा संकलकलाई ५ बर्षसम्मको जेल सजाय र २ लाख ५० हजार डलरसम्मको जरिमानाको ब्यबस्था छ।

त्यसैले अबैधानिक रुपमा रहेका अमेरिकि नेपालीहरुले पनि निर्धक्क भएर जनगणनामा भाग लिन सकिने संयोजक रन्जितले बताइन्।

 

Adhikaar's Luna Ranjit who is the Coordinator of Nepali Complete Count Committee (NCCC). Photos: eEyeCam.com

यसैबिच, नेपाली जनगणना कमिटिले हरेक नेपाली संघ संस्थाहरुको कार्यक्रमहरुमा बितरण गर्ने जनगणनाबारे पर्चा तयार पारी सो को बितरण गर्ने निर्णय गरेकोछ। सोको लागि सेन्सस ब्युरोका डग्लस नाम ले र टिना महर्जनले पर्चाको प्रायोजन गर्नुभएको छ भने NepaliCount.com को तर्फबाट पर्चा तयार पारिएकोछ; हेर्नुहोस्:

Click this link for large poster in jpg file Download large pdf file to print and distribute to your community

उक्त पर्चामा १७ वटा अमेरिकि नेपाली संस्थाहरुको लोगो र नाम तथा मिडिया पार्ट्नरको रुपमा १० वटा अमेरिकि नेपाली संचार माध्यमहरुको लोगो र नाम उल्लेख गरिएकोछ।

कमिटिका संयोजक लुना रन्जितका अनुसार अन्य नेपाली संस्थाहरुको नाम र लोगो तथा थप मिडिया पार्ट्नरहरुको नाम र लोगो पछि थपिदै जाने जानकारी गराइन्।

कार्यक्रममा संयुक्त राष्ट्र संघकालागि नेपाली स्थाई नियोग उपप्रमुख शंकर बैरागीले नेपाली स्थाई नियोगकोतर्फबाट सक्दो सहयोग गर्ने आश्वासन दिनु भयो।

 

Deputy Permanent Representative of UN Nepal Mission to the UN, Shankar Bairagi speaking at the event. Photos: eEyeCam.com

उक्त अन्तर्कृया कार्यक्रमको युएस नेपाल अनलाइनले आफ्नो होम पेजमा प्रतक्ष प्रसारण गरेको थियो। हेर्नुहोस्:



100 Days Count Down: Don't miss census 2010 deadline

अमेरिकि नेपालीहरुलाई झक्झक्याउन युएस नेपाल अनलाइनले आफ्नो होम पेजमा र NepaliCount.com को बिशेष जनगणना पेजमा बाँकी १०० दिनबाट दिनहुँ घट्ने गरी 100 Days Count Down Digital Clock शुरु गरेकोछ।

 

Our live broadcast videographer Shyam Bdhamagar. Photos: eEyeCam.com

अब चाँही तात्ने र रन्किने बेला भएन र ! लौ है, समय आउँला र भिट्केला। Nepali Complete Count Committee (NCCC) को "अमेरिकि जनगणनामा भाग लिऔं, भबिश्य हाम्रो हातमा छ।" अभियानमा होस्टेमा हैसे गरौं।

Comments

avatar Sita Gurung, UK
0
 
 
This is good effort. keep it up. Best wishes for American Nepalis.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Tika Sharma
0
 
 
Do you have program for other state? This is greate effort and all Nepalis should know this.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Hemant tamang
0
 
 
Thank you NCCC and its effort. usnepalonline is doing good job. I didn't see many nepali community leaders waking up yet. Common, we all have to act now. Luna, thank you.

Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Damabr Dhital
0
 
 
Hello everyone, this is very good effort. We all should spread message to our contact. i am doing it.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

It's in Our Hands: Be Counted in 2010 US Census

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?