Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMama

CheapOstay

Inside

न्यू योर्क शहरको कुइन्स शहर एरिया वरीपरि २१ देखी ४१ प्रतिसत जनगणनामा सहभागी PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Thursday, 01 April 2010 14:41

Exclusive: न्यू योर्क- अमेरिकि जनगणनाको फर्म भरेर पठाउने पहिलो मिती अप्रिल १ सम्म राष्ट्रब्यापी रुपमा ५४ प्रतिसत घर परिवारले फर्म भरेर पठाएकाछन् भने नेपालीहरुको बाक्लो बस्ती रहेको न्यू योर्क शहरको कुइन्स शहर एरिया वरीपरि भने २१ देखी ४१ प्रतिसत परिवारले मात्र फर्म भरेर पठाएको अमेरिकि जनगणना बिभागको तथ्याङ्कले देखाएकोछ।


कुइन्स एरियामा नेपालीका अलावा, बङ्गलादेशी, भारतीय, चाइजिज, तिब्बती, मेक्सिकन, करेबियन र अमेरिकि काला जातिको मुख्य जनसंख्या रहेकोछ।

यस हिसाबले आप्रबासीको जनघनत्व रहेको कुइन्सको पछील्लो तथ्याङ्कले यो शहरमा ४० हजार हाराहारीको संख्यामा रहेको अनुमान गरिएको नेपालीहरुको पनि कम सहभागीता रहेको अनुमान लगाउन सकिन्छ।

उक्त तथ्याङ्कअनुसार अप्रिल १ तारिखसम्म फर्म भरेर पठाउने कुइन्स शहरका उड साइडबाट ४१ प्रतिसत, रुज्बेल्ट एभेन्यु ज्याक्सन हाइट्सबाट ३७ प्रतिसत, इस्ट एल्म्हर्स्ट बाट २४ प्रतिसत, अस्टोरिय ब्लुभर्डबाट २८ प्रतिसत, नर्थ कोरोनाबाट २४ प्रतिसत र नेपालीको एक मुस्ट (झन्डै १ हजार) बस्ती रहेको रिज्वूडबाट २६ प्रतिसत घर परिवारले फर्म भरेर पठाएको रेकर्ड छ।

आफु बसेको कुन शहरमा कतिले भाग लिए भन्ने जानकारीकालागि जनगणना बिभागको यो 2010 Census Participation Rates Tracker Widget प्रयोग गर्नुहोस्:

 

Or go to: http://2010.census.gov/2010census/take10map/

अप्रिल १५ सम्म अन्तिम पटक फर्म भर्न सकिन्छ

जो परिवारले अप्रिल १ भित्र फर्म भरेर पठाउन सकेनन् उनिहरुले अप्रिल १५ सम्म जनगणना फर्म भरेर पठाउन सकिने बिभागले जनाएकोछ।

त्यस उता पनि फर्म भरेर नपठाए जनगणकहरु घर घरमा गएर जनगणना लिने बताइएकोछ।

फर्म भरेर नपठाउने घर घरमा जनगणकहरु मे, जुन र जुलाई महिनामा ६ पटकसम्म धाएर जनगणना लिने छन्।

बिभागले पठाएको फर्म भरेर फिर्ता पठाउन कुनै खर्च परिवारले ब्यहोर्नु पर्दैन। बिभागले प्रिपेड मेल ब्याक गरेको हुन्छ जुन शिर्फ ४२ सेन्ट्स मात्र लाग्दछ। तर जनगणक घर घरमा पठाउन प्रति ब्यक्ती ५७ डलर खर्च लाग्दछ जुन बिभागले ब्यहोर्नु पर्ने हुन्छ। यदी सबै अमेरिकि परिवारले फर्म भरेर पठाउने हो भने डेड बिलियन अमेरिकि डलर सरकारी रकम बचत हुन सक्ने कुरा बिभागले जनाएकोछ।

नेपाली समुदायको पहिचान र अस्तित्वको सवालसंग जोडीएको अमेरिकि जनगणनामा छुटेका नेपालीहरुलाई झट्ट खबर गर्नु पर्ने बेला अहिलेछ।

सन् २००० को जनगणनामा शिर्फ ११ हजार ७१५ नेपालीहरु दर्ज थिए, यसपाली सवा लाख नेपाली रहेको अनुमान गरिएको अमेरिकि नेपाली समुदायले कति सहभागीता जनाउलान् त? अझै केही समय कुर्नु पर्ने भएकोछ।

अमेरिकि जनगणना बारे हाम्रो यस अघी को बिशेष रिपोर्ट पढ्नुहोस्:

http://www.usnepalonline.com/nepalicount/

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/pradeepthapa

 

It's in Our Hands: Be Counted in 2010 US Census

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?