NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा नेपालीहरु अमेरिकि जनगणना २०१० (U.S. Census 2010) का लागि ताते PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Monday, 25 January 2010 17:10

न्यू योर्क- अमेरिकि सरकारले हरेक १० बर्षमा लिने जनगणना यसपाली अप्रिल १ तारिख भएकोले अमेरिकि नेपालीहरु जनगणनाको मिती नजिक्किदै आउँदा कसरी अमेरिकि नेपालीहरुलाई उक्त महत्वपूर्ण जनगणनामा सहभागी गराउने भन्ने बिषयमा 'अधिकार' को कार्यालय उड साइड, कुइन्समा डाकिएको बिशेष बैठकमा घोत्लिएकाछन्।

Nepali Complete Count Committee (NCCC) members posing for USNepalOnline U.S.Census 2010 campaign at Adhikaar office. Photos: eEyeCam.com

नेपाली कम्प्लिट काउन्ट कमिटी (Nepali Complete Count Committee) ले आफ्नो सदस्यहरु, न्यू योर्कमा कृयाशिल नेपाली संस्थाका प्रतिनिधिहरु र अमेरिकि सरकारको जनगणना बिभागका प्रतिनिधिहरु बिच आईतवार बेलुकी आयोजना गरेको छलफलमा कसरी अमेरिकि नेपालीहरुलाई अत्यधिकरुपमा भाग लिन प्रोसाहित गर्ने बिषयमा सुझाबहरु संकलन गरिएको थियो।

U.S. Census Bureau Representative Douglas Nam Le at the meeting.

कार्यक्रममा संयोजक रन्जित, युएस सेन्ससका डग्लस नाम ले र कमिटिका सदस्यहरु डा. तारा निरौला, नर्बदा छेत्री, प्रदिप थापा लगायतले जनगणनाबारे चर्चा गरेका थिए भने बिभिन्न संस्थाका प्रतिनिधिहरुले जनगणनाबारे बिबिध प्रश्न र सुझाबहरु सुझाएका थिए।

यो कम्प्लिट काउन्ट कमिटी (NCCC) न्यू योर्कका नेपालीहरुको पहल र सहभागीतामा गत अक्टोबर २६ मा गठन भएको हो। यसकी संयोजक नेपाली संस्था "अधिकार" कि कार्यक्रारी निर्देशक लुना रन्जित हुन् । यसका ३० भन्दा बेशी सदस्यहरु छन् भने २० वटा नेपाली संस्थाहरुको आबद्धता र ९ वटा नेपाली मिडियाहरु संचार सहयोगीको रुपमा छन्।

NCCC Coordinator Luna Ranjit. Photos: eEyeCam.com

कमिटीले यस अघी दुई वटा महत्वपूर्ण अन्तर्कृयाहरुको आयोजना गरी जनगणना सम्बन्धी उठेका जिज्ञाशा र भ्रमहरुलाई निवारण गरी अमेरिकि नेपालीहरुलाई, त्यस मद्ध्ये पनि बिशेष गरी अमेरिकामा बैधता नहुनेहरुलाई ढुकक पार्ने प्रयास गरेको थियो।

उक्त दुई वटै कार्यक्रमहरुको युएस नेपाल अनलाइनले प्रतक्ष प्रसारण (live broadcast) गरेको थियो भने जनगणना सम्बन्धी बिशेष फिचर समाचार प्रकाशन गरेको थियो। अन्य नेपाली मिडियाहरुले पनि उक्त अभियानलाई प्राथमिकता दिएर समाचार प्रकाशन गरेका थिए।

सन् २००० को जनगणना अनुसार अमेरिकि नेपालीहरुको संख्या जम्मा ११ हजार ७१५ रहेको छ। उता अमेरिकि सरकारले सालानी झन्डै ४०० बिलियन अमेरिकि डलर जनसंख्याको आधारमा सामुदायिक बिकासमा लगानी गर्ने हुँदा अहिले सवा लाखको अनुमान गरिएका अमेरिकि नेपालीहरु जन गणनामा सकृयातापूर्वक भाग लिन सकेनन् भने आगामी १० बर्षसम्म नेपाली समुदायले बिबिध सामुदायिक सुबिधाहरुबाट बन्चित हुनु पर्नेछ।



जनगणनामा भाग लिदा इमिग्रेसनबाट सास्ती पाइने हो कि भनी नेपाली संस्थाका प्रतिनिधिहरु र बैध्यता नभएका अमेरिकि नेपालीहरुबाट बारम्बार तेर्स्याइएको प्रश्न प्रतिप्रश्नहरुको निवारण प्रभाबकारी बन्दै गएको कुरा न्यू योर्कमा जम्काभेट हुने नेपालीहरुले जनगणनामा भाग लिने फाईदा र बेफाईदाको चर्चा गर्न थालेबाट स्पस्ट अनुमान लगाउन भने सकिन्छ।

जन गणनामा किन भाग लिनु जरुरी छ? कसैले पनि भाग भाग लिदा ढुक्क हुने भए हुने किन र कसरी? यि बिषयहरुमा हाम्रो बिशेष रिपोर्ट पढ्नुहोस्:

-अमेरिकि जनगणनामा नेपालीहरुको सहभागीताबारे गम्भिर छलफल

More info: http://www.usnepalonline.com/nepalicount/

कार्यक्रमको अन्तमा अधिकार कि कम्युनिटी अर्गनाइजर नर्बदा छेत्री र Blood Donors of America का याम अधिकारीले हेटीको भुकम्पबाट पीडित जनताका लागि नेपाली महिला र अन्य ब्यक्तीहरुबाट उठेको रकम एनआरएन युएस्एका डा. बिनोद शाहलाई हस्तान्तरण गर्नु भएको थियो।








Narbada Chhetri handing over Haiti donation money collected from Nepalese American women to NRN USA Director-at-Large Dr. Binod Shah.

Yam Adhikari handing over Haiti donation money collected by Blood Donors of America to NRN USA Director-at-Large Dr. Binod Shah. Photos: eEyeCam.com



Photos: eEyeCam.com

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

It's in Our Hands: Be Counted in 2010 US Census

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?