NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा १०१ औं महाकवि लक्ष्मीप्रशाद देबकोटा स्‍मृति दिवसमा कविता प्रतियोगिता र दीपावली साँझ सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Sunday, 31 October 2010 17:23
Article Index
न्यू योर्कमा १०१ औं महाकवि लक्ष्मीप्रशाद देबकोटा स्‍मृति दिवसमा कविता प्रतियोगिता र दीपावली साँझ सम्पन्न
Photos of Poets & Poetesses at the Lakshmi Jayanti, Deepawali & Poetry Competition in New York
Photos from 101st Lakshmi Jayanti celebration in New York
Photos of Deusi-Bhailo celebration in New York during Lakshmi Jayanti celebration 2010
All Pages

Exclusive: 65 photos, 2 videos: न्यू योर्क- अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यू योर्क च्याप्टरद्वारा शनिबार न्यू योर्कको कुइन्स, उडसाइडस्थित सगरमाथा रेस्टुरेन्टमा १०१ औं महाकवि लक्ष्मीप्रशाद देबकोटा स्‍मृति दिवसको अबसरमा कविता प्रतियोगिता, कविता बाचन, ब्यक्तित्व सम्मान, पुस्तक बिमोचन र दीपावली साँझ धुमधामसंग मनाइयो।


Ambassador Gyanchandra Acharya lighting deepika at the 101st Mahakavi Laxmi P. Devkota Jayanti celebration in New York on October 30, 2010. INLS NY Chapter President Jyoti Poudel (right) and VP Poonam Kafle look on. Photos: eEyeCam.com

उक्त समारोहको उद्घाटन संयुक्त राष्ट्र संघकालागि नेपाली स्थाई प्रतिनिधि तथा महामहिम राजदूत ज्ञानचन्द्र आचार्यले महाकवि देबकोटाको तस्बिरमा माल्यार्पण तथा दीप प्रज्वलन गरी गर्नु भएको थियो।

उहाँले आफ्नो मन्तब्यकोक्रममा न्यू योर्कको लक्ष्मी जयन्ती नेपालमा मनाइने लक्ष्मी जयन्तीभन्दा कम नभएकोमा खुशी प्रकट गर्दै महाकवि देबकोटाको देनबारे चर्चा गर्नु भएको थियो।


Laxmi Jayanti & Deepawali celebration in New York. Photos: eEyeCam.com

कार्यक्रममा समाजका केन्द्रिय अध्यक्ष तथा कोलोराडो निवासी गीताकार ज्ञानेन्द्र गदालद्वारा पठाइएको शुभकामना सन्देश कवि राजेन्द्र श्रेष्ठले पढेर सुनाउनु भएको थियो।



The guests and organizers at the program. Photos: eEyeCam.com

दीपावलीको रौनकता

सात जना कन्याहरुद्वारा मङ्गल धुनकासाथ कलशमा दीप लिएर उपस्थित पाहुनाहरुको वरिपरी परिक्रमा गरेपछि कार्यक्रममा दीपावलीको रौनकता थपिएको थियो।

समाजका सदस्यहरुद्वारा उपस्थित पाहुनाहरुलाई टिका लगाएर रमाइलो देउसी-भैलो खेलिएको थियो । कुन्ती थापा र नर्बदा छेत्रीले तिहारको भईलेनी गीत गाउनु भएको थियो।

Deepawali celebration in New York during 101st Laxmi Jayanti. Photos: eEyeCam.com

उक्त लक्ष्मी जयन्ती र दीपावली कार्यक्रमबारे युएस नेपाल अनलाइनले तयार पारेको बिशेष भिडियो रिपोर्ट हेर्नुहोस्:

101st Mahakavi Laxmi P. Devkota Jayanti celebration in New York, 2010



ब्यक्तिव सम्मान र कविता संग्रहको बिमोचन

कार्यक्रममा अनेसास केन्द्रिय समितीकि नब निर्बाचित महासचिब तथा च्याप्टरकि पूर्व अध्यक्ष गीता खत्रीलाई प्रमुख अतिथी राजदूत आचार्यद्वारा समाजको सकृयाताकालागि खेलेको भूमिका र साहित्यिक देनकालागि कदर पदक प्रदान गरेर सम्मान प्रदान गर्नुभयो।


INLS Central General Secretary Gita Khatri after the honour with Ambassador Acharya and INLS NY Chapter President Jyoti Poudel. Photos: eEyeCam.com

त्यसैगरी, समाजको न्यू योर्क च्याप्टर उपाध्यक्ष पुनम काफ्लेको "परदेशीएका पाइलाहरु" नामक कविता संग्रहको पनि प्रमुख अतिथी महामहिम आचार्यद्वारा बिमोचन गरियो। कवयित्री काफ्लेको बिमोचित पुस्तकबारे जगदिश उपाध्यायले प्रकाश पार्नु भएको थियो।


Ambassador Gyanchandra Acharya releasing Poonam Kafle's poetry book "Paradeshiyekaa Pailaharu" at the 101st Mahakavi Laxmi P. Devkota Jayanti celebration in New York on October 30, 2010. Photos: eEyeCam.com

देबकोटाबारे परिचर्चा

मानब अधिकारकर्मी धनीराम सापकोटाद्वारा महाकवि देबकोटाबारे प्रकाश पारिएको उक्त कार्यक्रममा बिष्णुरुद्र शर्माद्वारा महाकविको आध्यात्मिक रचनाबारे बिबेचना पेश गरिएको थियो।

गायक तिलक श्रेष्ठले महाकवि देबकोटाको गिती कविता "कुन मन्दिरमा जान्छौ यात्री" र गोपाल योन्जनको "देशले रगत मागे मलाई बली चढाउनु" गीत प्रस्तुत गर्नु भएको थियो ।


Winner poets, guests and organizers at the program. Photos: eEyeCam.com

कविता प्रतियोगिता

कार्यक्रममा प्रतियोगी र अप्रतियोगी गरी २७ बाल र बयस्क कवि-कवयित्रीहरुले आ-आफ्ना कविता बाचन गर्नु भएको थियो।

उक्त कविता प्रतियोगितामा बाचन कविता र कविबारे युएस नेपाल अनलाइनले तयार पारेको बिशेष भिडियो रिपोर्ट हेर्नुहोस्:

101st Laxmi P. Devkota Jayanti New York Poetry Recitation 2010


Poetess Pragya Sapkota who won first placed at the children poetry competition, reciting her poem. Photos: eEyeCam.com

बाल कविता प्रतियोगितातर्फ न्यू जर्सीकि प्रज्ञा सापकोटा प्रथम भईन् भने दोश्रो र तेश्रो न्यू योर्कका क्रमश: सफिरा सुबेदी र सम्यक पराजुली भए।

प्रतियोगितामा सहभागी अन्य बाल कविहरुमा यनिशा रायमाझी, रोशन शर्मा र रायन श्रेष्ठ थिए।

त्यस्तै, बयस्क कविता प्रतियोगितातर्फ न्यू योर्कका कवि बिद्याबिमल बराल प्रथम भए भने दोश्रो र तेश्रो कविहरु क्रमश: हरी शर्मा पौडेल र बिकास बिष्ट भए।



Poet Bidhya Bimal baral who won first placed at the adult poetry competition, reciting his poem. Photos: eEyeCam.com


प्रतियोगितामा सहभागी अन्य कविहरुमा अर्जुन मैनाली, रामचन्द्र थापा, क्षितिज प्रसाइ र प्रनबध्वोज शाह थिए।

अप्रतियोगी कविहरुमा अरुण धिताल, कमला प्रसाइ, अनन्त रिसाल, मणी बाङ्देल, गीता खत्री, पुनम काफ्ले, महेश आचार्य, प्रदिप थापा, राजेन्द्र श्रेष्ठ, बिनोद रोका, बिष्णु पौडेल, सहदेब पौडेल, भारती गौतम र खेमनाथ दाहाल थिए।

कविता प्रतियोगीताका निर्णायक मन्डलमा समाजकि पूर्व केन्द्रिय उपाध्यक्ष भारती गौतम, खेमनाथ दाहाल र डा. तारा निरौला थिए।

कार्यक्रम कलाकार शैलेश श्रेष्ठ, च्याप्टरकि महासचिब परिता राजभन्डारी र मोहिनी सैंजुद्वारा संयुक्तरुपमा सन्चालन गरिएको थियो।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098.

This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/usnepalonline

 

Read our related news:

-न्यू योर्कमा महाकवि देबकोटा बने "लाहुरे", सतबार्शिकी र दिपावली साँझ सम्पन्न
-न्यू योर्कमा १९७ औं भानु जयन्ती सम्पन्न
-अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (INLS) को निर्वाचन परिणाम
अध्यक्षमा कोलोराडोका ज्ञानेन्द्र गदाल र महासचिबमा न्यू योर्ककि गीता खत्रीसहित उनिहरुको पुरै समुह बिजयी

-न्यू योर्कमा नेपाली साहित्यकरहरुले महाकबि देवकोटाको सतबार्षिकी यसरी मनाए
-न्यू योर्कमा नेपाली साहित्य र नेपाली डायस्पोराबारे गोस्ठी सम्पन्न

-न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

-न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित

-न्यू योर्कमा नेपाली साहित्यकरहरुले महाकबि देवकोटाको सतबार्षिकी यसरी मनाए

-न्यू योर्कको देबकोटा जयन्तीमा नेपाली कविहरुको घुँइचो



INLS NY Chapter President Jyot Poudel. Photos: eEyeCam.com


Seven young girls getting ready for Deepawali pooja.


Jagadish Upadhyaya. Photos: eEyeCam.com


INLS NY Chapter VP Poonam Kafle.


Poetry book by Poonam Kafle.

Gita Khatri being honoured by Ambassador Acharya. INLS NY Chapter President Poudel looks on. Photos: eEyeCam.com



Actor & emcee Shailesh Shrestha. Photos: eEyeCam.com


Dhaniram Sapkota. Photos: eEyeCam.com


Bishnurudra Sharma.

Singer Tilak Shrestha. Photos: eEyeCam.com

 

-न्यू योर्कमा १०१ औं महाकवि लक्ष्मीप्रशाद देबकोटा स्‍मृति दिवसमा कविता प्रतियोगिता र दीपावली साँझ सम्पन्न

-Photos of Poets & Poetesses at the Lakshmi Jayanti, Deepawali & Poetry Competition in New York

-Photos of Deusi-Bhailo celebration in New York during Lakshmi Jayanti celebration 2010

-Photos from 101st Lakshmi Jayanti celebration in New York

All Pages

 



 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?