NEWS: बिबिसी नेपाली सेवा ::

Inside

१०९ वर्षीय कांशीराम राई भुटानबाट नेपाल र अब अमेरिकामा ! PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Shivakumar Rai   
Monday, 21 September 2009 02:17
न्यू इंग्लैंड, USA- भाग्यमा लेखेपछि सात समुद्र पारीको सपनाको मुलुक अमेरिका आइ पुग्न उमेरले छेक्दो रहेनछ।


Bimala Rai honouring 109 year old Kashiram Rai. Photos courtesy: UKROA
 
यूनाइटेड किरात राई आर्गनाइजेशन अफ अमेरिका (UKROA) न्यू इंग्लैंड च्याप्टरको आयोजनामा कन्कर्डस्थित मूज इंटरनेशनल आर्गनाइजेशन न्यू ह्याम्सर ब्रांचको हलमा यही सेप्टेम्बर ६,२००९ मा १०९ वर्षीय पूर्खा कांशीराम राईलाई सम्मान कार्यक्रम सम्पन्न गरियो।

पुर्खा राई जनवरी १ तारीख १९०० सालमा पूर्व ३ नंबर चौरास ( हाल ओखल ढुंगा ) मा जन्मनू भई युवा अवस्थामा भूटान बृद्धावस्थामा नेपाल र बयो बृद्धा अवस्थामा छोरा बुहारी तथा नाती नातिनीसहित हाल अमेरिका आई पुग्नु भएको हो ।

नेपालमा विगत १७ वर्षसम्म सरणार्थी जीवन ब्यतित गरी अमेरिकी सरकारको सदासयाताले गत वर्षदेखि हालसम्म न्युह्याम्सर राज्यमा आई वसोवास गर्दै आउनु भएका राई वन्धुहरुलाई स्वागत सम्मान तथा परिचय आदान प्रदान गर्ने उदेस्यले आयोजना गरिएको सो कार्यक्रमको मुख्य अतिथि १०९ वर्षीय पुरखा कांशीराम राई हुनुहुन्थ्यो भने सभापतित्वा न्यू इंगलैंड च्याप्टरका अध्यक्ष श्यामकुमारी राइले गर्नु भएको थियो ।

कार्यक्रममा ८ परिवारका ४२ जना राई वन्धुहरुलाई स्वागत गरिएको थियो।
 
109 year old Kashiram Rai. Photos courtesy: UKROA
 
कार्यक्रमका विशेष अतिथि युक्रा केन्द्रीय समितिका अध्यक्ष शिवकुमार राइले- 'धर्म, भाषा, संस्कृति, भेष भूषा भनेको हरेक  जातिको आफ्नो पहिचान हो । यदि हामीले यो हाम्रो पहिचानरूपी अमूल्यनिधि गुमायौ भने हाम्रा पछिल्लो पूस्ताले राई भनेको को रहेछ भनेर समुन्नत मुलूकको संग्राहलय तथा पुस्तकालयबाट जानकारी लिन पर्ने अवस्था आउन सक्छ । त्यस्तो अवस्था आउन नदिनको लागि हामी संशार भरी रहेका राईहरुले आ-आफ्नो तह र तपकाबाट संरक्षण संवर्धन गर्ने तर्फ लागी पर्नु पर्दछ । जसको निमित्त एकल होइन सामूहिक प्रयासको आवश्यकता पर्दछ । त्यसैले यो उत्तर अमेरिका भरिका राई वन्धुहरुलाई एउटा छाता मुनि गोलबध्द बनाई आफ्नो गंतब्य तर्फ अघि बढाउने उदेश्य ले २००७ साल मार्च महिनामा यूनाइटेड किरात राई आर्गनाइजेशन अफ अमेरिका (युक्र) को स्थापना भएको हो । यस युक्रा अर्न्तगत राईहरुको वसोवास भएको राज्य न्युयोर्क, नेब्रास्का, क्यालिफोर्निया, कोलोराडो तथा न्यू इंग्लैंडमा लोकल चप्टर स्थापना भएको छ । अतः यो हाम्रो जातीय पहिचानलाई संरक्षण संवर्धन गर्ने महान अभियानमा सरिक भई होस्टेमा हैसे गर्नको निमित्त म यहाँहरुलाई हार्दिक आव्हान गर्दछु' भन्नु भयो ।

समारोहका सभापति श्यामकुमारी राइले आफ्नो जटिल कामलाई एकातर्फ थाती राखेर यो कार्यक्रमको महत्वलाई सर्वोपरि ठानी उपस्थित हुनु भएका दाजुभाई तथा दीदी बहिनिहरुलाई हार्दिक कृतज्ञता ज्ञापन गर्नु भएको थियो ।

त्यस्तै, च्याप्टरका कोशाध्यक्ष मुक्तिनारायण राइले मर्दा पर्दा दाजूभाई तथा दीदीबहिनीहरुको आवश्यक्ता पर्दछ । आज एकैचोटी यतिका ठूलो संख्यामा दाजू भाई दीदी बहिनी बुवा  बाजेको उमेरका तिन चार पुस्ताका आफ्ना बंधुहरूसंग भेट्न पाउदा अत्यन्तै ख़ुशी लागेको कुरा ब्यक्त गर्दै वहाहरुलाई स्वागत गर्नु भएको थियो ।
 
UKROA President Shivakumar Rai honouring 109 year old Kashiram Rai. Photos courtesy: UKROA
 
कार्यक्रमका मुख्य अतिथि १०९ वर्षीय कांशीराम राईलाई युक्रा केन्द्रीय समितिका अध्यक्ष शिवकुमार राइले टोपी र खदा, समारोहका सभापति च्याप्टर अध्यक्ष श्यामकुमारी राई र सदस्य विमला राइले खदा ओढाई सम्मान गर्नु भएको थियो ।
 
 
मुख्य अतिथि काशीराम राइले सस्थाको उद्देश्य परिपूर्ति होस भनेर आशीष दिनु भएको थियो । त्यस्तै विवेक, वल, चन्द्र, पदम तथा नरेश राई समेतले यस प्रकारको कार्यक्रमाद्वारा आफुहरुलाई स्वागत गरिएकोमा ख़ुशी ब्यक्त गर्दै आफुहरू पनि यूनाइटेड किरांत राइ आर्गनाइजेशन आफ अमेरिकाको सदस्य भई आफ्नो धर्मं भाषा, संस्कृति संरक्षण संवर्धन गर्ने  प्रतिबध्दता ब्यक्त गर्नु भएको थियो। संस्थाको सदस्य दर्पण किरांत राईद्वारा संचालित सो कार्यक्रम, पुर्खा कांशीराम राईको ११० औ जन्म दिवस ( जनवरी १ तारीख २०१० ) का दिन न्युह्याम्सरबासी सम्पूर्ण राईहरु मिलेर मनाउने घोषणाका साथ बेलुकी ६:३० बजे समाप्त भएको थियो ।

-Shivakumar Rai, PhD candidate (ICED), Southern New Hampshire University (SNHU).

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?