NEWS: बिबिसी नेपाली सेवा ::

Inside

न्यू योर्कमा २९ औं इन्डिया डे परेड, बलिवूड नायिका सिल्पा ग्रान्ड मार्शल PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 17 August 2009 14:25
Special photo feature: 43 photos: 29th India Day Parade in NYC
न्यू योर्क- गत आइतबार अमेरिकि ३ राज्यहरु न्यू योर्क, न्यू जर्सी र कनेक्टिकटमा बसोबास गर्ने झन्डै ३ लाख भारतीय अमेरिकिहरुको साझा संस्था 'फेडेरेसन अफ इन्डियन एसोसिएसन (FIA) को आयोजनामा २९ औं इन्डिया डे परेड भब्यतापुर्बक मनाइयो।
भारतीय चर्चित नायिका शिल्पा सेठ्ठी ग्रान्ड मार्शलको रुपमा उपस्थित उक्त परेडमा शिल्पाको मुस्कान र जय हिन्दको सलाम मात्र होइन भारतीय संस्क्रिती झल्किने थुप्रै न्रित्य र गीत प्रस्तुत गरिएका थिए।
Bollywood actress Silpa Shetty at the India Day Parade 2009 in New York City. Photos: eEyeCam. View enlarged photos:
झन्डै एक लाख भारतीय र अमेरिकि नागरिक र संसारभरबाट न्यू योर्क घुम्न आइ पुगेका पर्यटकहरुले म्यान्हटन शहरको म्याडिसन एभेन्यूको ५१ देखी २८ स्ट्रिटसम्मको लामो दुरी नांच गान र रमाइलो गरी प्रदर्सन गरे।
परेडको समापन चाँही २५ स्ट्रिटमा रहेको म्याडिसन स्क्वार पार्कसंगैको गल्लीमा बनाइएको सभास्थलमा रोचक साँस्कृतिक प्रस्तुती र गल्ली भरी थापिएका प्रदर्सनी कक्ष्यहरुमा भारतीय परिकारहरुको स्वाद लिदै र भारतीय र अन्तरराष्ट्रिय ब्यापारिक संस्थाहरुले प्रदान गरेको बिभिन्न उपहारहरु बटुल्दै र सेवाकाबारे सुन्दै बिते।
Artists performing Rajasthani dance. Photos: eEyeCam
Bollywood actress Silpa Shetty at the Parade. Photos: eEyeCam
कतिसम्म भने अमेरिकि सरकारको जन गणना बिभागले समेत सन् २०१० मा हुने जन गणनाकोबारे एउटा स्टल लिएर गैर कानुनी रुपमा बसोबास गर्नेहरुलाई पनि आफ्नो नाम दर्ता हुन किन जरुरी छ भन्ने बिषयमा बेलिबिस्तार लगाएको देखियो। भारतीय झन्डासंगै जन गणनाबारे लेखेको रोचक पर्चा र पकेट क्यालेन्डर देख्दा चाँही यो पंक्तिकार झुक्किएर भारतमा हुन लागेको जन गणना भन्ने ठान्न पुगेछ। तर पछि थाहा लाग्यो- यसो गरिएको त भारतीय अमेरिकिहरुलाई अमेरिका पनि भारत जस्तै आफ्नै देश हो है भन्ने भावना गराउन रहेछ।
अझ यो पंक्तिकार पत्रकार भन्ने बुझे पछि लुकाएर राखेको Census 2010 लेखेको ब्याग थमाइयो- मेडियामा प्रचार गरिदिनुहोला भन्दै। अब यती त लेख्नै पर्‍यो नि झोला जो मिलेको छ।
उता भारत सरकारको अतुल्य भारत (Incredible India) अन्तर्गत सुन्दर भारतको भ्रमण गर्न लोभ्याउने प्रचार सामाग्री र नेपालमा पनि पाइने पाटे बाघ र उट अंकित चाँबी झुन्ड्याउने सुन्दर कि-चेन उपहार स्वरुप बितरण गरिदा सबैका लागि आकर्शणको बिषय बन्यो।
उता भारतको सबैभन्दा ठुलो प्राइभेट बैंक आइसिआइसिआइ बैंकले न्यू योर्क शहरको फिफ्ट एभेन्यूमा खोलेको आफ्नो नयाँ शाखाको प्रचार गर्न भारतीय सुपर स्टार शाहरुख खानको The Best of Shah Rukh Khan अडियो सिडी एल्बम सित्तैमा दिएको लिन को पो चुक्ला र! अझ नायक खानको औटोग्राफ सहित।
त्यसो त, भारतीय सरकारको स्टेट बैंक अफ इन्डियाको क्रेडिट कार्ड राख्ने लेदरको पर्स र घाम छेक्ने टोपी लिन पनि मान्छेहरु लाइन लागेको देखियो। न्यू योर्क समरको टन्टलापुर घाम र अचाक्ली गर्मीका लागि सित्तैको टोपी पहिरिदा यो पंक्तिकारलाई भिडमा जोल्टिदै फोटो खिच्न यता उता दौडिन आसानी भयो।
उता मनिग्रामले आफ्नो मोनी ट्रान्स्फर (रिमिट्यान्स) सेवाको प्रचार जिपियस कार ट्रान्समीटरको चिठ्ठा खोल्ने भन्दै सित्तैको टिकट नम्बर बांडेको थियो। तर पंक्तिकार त्यो चिठ्ठा खोल्ने बेला नायिका सिल्पा सेठ्ठीलाई क्यामेरामा कैद गर्न ब्यस्त हुँदा आफ्नो नम्बरले जित्यो जितेन थाहा पाउनै सकेन।
Bollywood actress Silpa Shetty at the Parade. Photos: eEyeCam. View enlarged photos:
उसो त Where Indians find their soul mates भन्दै भारतीय अविवाहित र सिंगलहरुलाई जोडी मिलाइदिन BharatMatrimony.Com ले गरेको प्रचार पनि घत लाग्दो थियो।
यसपाली भारतीय टेलिभिजन च्यानलहरु IPTV (Internet protocal television) अन्तर्गत हेर्न पाउने भन्दै थुप्रै कम्पनीहरुले आकर्शक प्रचार सामाग्रीहरु बितरण गरेको पाइयो।
A young talented singer, Aiswarya Majumdar, 15. She has already published 4 albums. Photos: eEyeCam
प्रदर्सनीमा अमेरिकाभर सित्तैमा बिक्री बितरन हुने पत्रिकाहरु: ४८ पृष्‍ठको Desi Talk in New York, ३६ पृष्‍ठको Indo-US Talks, ३२ पृष्‍ठको India in New York, ३२ पृष्‍ठ कै The Indian Panorama र सशुल्कवाला पत्रिकाहरु: ५२ पृष्‍ठको India Abroad (US $1.00), ७२ पृष्‍ठको The Indian Express (North American Edition) (US.60C) र
४८ पृष्‍ठको NRN Today (US $.3.50) म्यागाजिन सित्तैमा बितरण गरिएको थियो।
सन् १९७० मा स्थापना भएको Federation of Indian Associations (FIA) ले India Day Parade शुरु गरेको चाँही सन् १९८१ मा न्यू योर्क शहरदेखी नै हो।
यो फेडेरेसनमा अहिले ५७ बिभिन्न भारतीय अमेरिकि संघ संस्थाहरु आबद्ध छन्। ति निम्नानुसार छन्:
ALPANA – Ahmedabadi Lewa Patidar Association of North America; Anand Mitra Mandal Inc.; Anavil Youth Forum; Asian American Women In America; Baroda Cultural Association of USA; Bharat Cultural Society of NJ; Bihar Jharkhand Association of North America; Brahim Samaj of USA; Charutar Leua Patidar Samaj Inc.; Chh Gam Patidar Samaj; Cultural Association of Bengal, Dasha Modh Vanik Samaj; Gandhi Memorial International Foundation; Garden State Gujarati Association; Garden State Indian Association;
Punjabi Bhangra dance. Photos: eEyeCam
Govinda Sanskar Center; Gujarati Literary Academy of North America; Gujarati Samaj of New Jersey; Gujarati Samaj of North America NJ; Hindu Center Inc.; Hindu Community Center; Indian Association of South Brunswick; Indian Association of South Jersey (IASJ); Indian Cultural Society of New Jersey; India Development Services of New York; India Festival Committee; Indian Dental Associations;
Indo American Cultural Association; Indo American Senior Citizen Association of Hudson County; International Gujarati Christian Society; International Mahatma Gandhi Association; International Swaminarayan Satsang Organization; Jackson Heights Merchants Association; Jersey City Asian Merchant Association; K. P. Cultural Association; Kannada Koota of New York, Inc.; Lad Vanik Samaj of NIA; Maharastra Mandal of New York; New York Five Inc.; Orissa Society; Overseas Sindhu Sabha; Parsippany Indian Association; Prem Prakash Mandal; Rajasthan Parishad of America; Rajpipla Vibhag Mitra Mandal; Sadar Patel University Alumni Inc.;
Sadar Patel University Chemists Association; Sattar Gam Patidar Samaj; Saurastra Patel Cultural Samaj; Share and Care Foundation; Sindhi Circle; South Asian Academy of Performing Arts; Sur Sangam Inc.; Telgu Fine Arts Society of NJ; Telgu Literary and Cultural Association (TLCA); Vakal Kelavani Mandal; Vishwa Hindu Parishad of America Inc.; Volunteers for India’s Progress Club (VIP).
Read more info at: http://www.fianynjct.org
-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Photos: eEyeCam. View enlarged photos:




Photos: eEyeCam






Photos: eEyeCam






Photos: eEyeCam. View enlarged photos:












Bollywood actress Silpa Shetty with FIA President Dipak Patel at the Parade. Photos: eEyeCam




A good laugh! Bollywood actress Silpa Shetty at the Parade. Photos: eEyeCam. View enlarged photos:






This is for her fan or camera? Bollywood actress Silpa Shetty at the Parade. Photos: eEyeCam


View enlarged photos:


Bollywood actress Silpa Shetty at the Parade. Photos: eEyeCam




Bollywood actress Silpa Shetty at the Parade. Photos: eEyeCam


Bollywood actress Silpa Shetty, singer Aiswarya Majumdar and Dipak Patel at the Parade. Photos: eEyeCam


What a mess ! See you at next year's  India Day Parade ! Photos: eEyeCam. View enlarged photos:

Read our related news:

For more news York Nepalese community news go to:

Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌ (24 Photos)

-"साँईली छ महिना छुट्टी बित्यो लाउँदैमा काउकुती"

Comments

avatar samar
0
 
 
nepal ko bisaya ma chhapnu ramro hola, india ko bisaya ma kina yetro chaso?
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?