| न्यू योर्कमा तेश्रॊ भिन्तुना साँझ सम्पन्न |
|
|
|
| Written by Dharmendra Gopali | |||
| Wednesday, 28 October 2009 17:09 | |||
|
न्यू योर्क- नेपाल सम्वत् ११३० नयाँ वर्षको उपलक्षमा न्यूयोर्क नेवा गुठीले ढाका क्लव, क्वीन्समा अक्टोवर २३ २००९ शुक्रवारका दिन साँस्कृतिक कार्यक्रम 'तेश्रो भिन्तुना साझ' को आयोजना गर्यो।
Members of New York Newa Guthi and artists at 3rd Bhintuna Saanjh in New York. Photos: Ang Kami Sherpa (PhotoHera.com) उक्त कार्यक्रमको अध्यक्षता उक्त गुठीका अध्यक्ष आदित्य महर्जनले गर्नु भएको थियो भने प्रमुख अतिथि संयुक्त राष्ट्र् संघका लागि स्थायी प्रतिनिधि महामिहम मधुरमण आचार्यले गुर्न भएको थियो । दुई चरणमा विभाजित गरिएको उक्त कार्यक्रममा पहिलो चरणमा अतिनिधिहरुलाई आशन ग्रहण तथा मन्तव्यको कार्यक्रम थियो भने दोश्रो चरणमा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । पहिलो चरणको कार्यक्रम गुठीको महासचिव धर्मेन्द्र गोपालीले सचालन गर्नु भएको थियो । साथै महासचिव गोपालीले गुठीको निमन्त्रणामा आउनु भएका विभिन्न संघ संस्थाका प्रतिनिधि तथा उपस्थित अन्य महानुभावहरुलाई न्हु दँ ११३० को उपलक्ष्यमा न्यूयोर्क नेवा गुठीको तर्फबाट स्वागत गर्नु भयो । साथै नेपाल सम्वत् ११३० को उपलक्ष्यमा कार्यक्रममा आउनु भएका सम्पूर्ण महानुभावहरुलाई र नेपाल भित्र र विश्वका अन्य देशहरुमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई न्हु दँया भिन्तुना व्यक्त गर्नु भयो । न्यूयोर्क नेवा गुठीले हाम्रो कला भाषा र संस्कृति सम्वद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले यो भिन्तुना कार्यक्रमको आयोजना गरिदै आएको र यसरी आउँदो कार्यक्रमहरुमा पनि सहभागी भई गुठीलाई सहयोग गरिदिन र यस कार्यक्रमलाई अझ बढी कसरी रोचक बनाउन सकिन्छ भनी सल्लाह र सुझावको पनि अनुरोध गर्नु भयो । H.E. Ambassador Madhuraman Acharya. स्वागतको क्रममा नेवारी चलन अनुसार सगुन दिई सबैलाई र्काक्रममा स्वागत गरिएको थियो भने नेवारी प्रचलन अनुसार उपस्थित प्रमुख अतिथिहरुलाई गुठीको अध्यक्ष आदित्य महर्जन र उपाध्यक्ष न्हुच्छे नारायण डंगोलले रातो टिका र कोखा पहिर्याई दिनु भएको थियो । मन्तव्यको क्रममा प्रमुख अतिथि महामहिम मधुरमण आचार्यज्यूले उपस्थित सबैलाई नेपाल सम्वत् ११३० नयाँ वर्षको उपलक्ष्यमा न्हु दँया भिन्तुना अर्थात् नयाँ वर्षको शुमकामना व्यक्त गर्नुका साथै अमेरिकामा नेवार जातीको पहिचान स्वरुप आफ्नो कला संस्कृति र भेषभुषा र भाषाको सम्वद्र्धन तथा नेवारी जातीको उत्थानको लागि न्यूयोर्क नेवा गुठीले खेलेको भूमिकाका बारेमा स्पष्ट पार्दै राष्ट्रि्य सम्वत् नेपाल सम्वत्लाई यथासक्य छिटो प्रचलनमा ल्याउनु पर्ने कुरामा जोड दिनु भएको थियो । त्यसै गरी अर्का वक्ता नेपाल अमेरिकन फ्रेन्डशिप शोसाइटिका भूतपूर्व अध्यक्ष डा. तारा निरौलाले पनि सबै उपस्थित महानुभावहरुलाई नयाँ वर्ष नेपाल सम्वत् ११३० को शुभकामना न्हु दँया भिन्तुना िदंदै गुठीको हरेक कार्यक्रम रोचक मात्र नभएर अमेरिकामा नेपालको चिनारीको लागि उल्लेखनिय भूमिका खेलेको चर्चा समेत गर्नु भयो । पहिलो चरणको अन्त्यमा न्यूयोर्क नेवा गुठीका अध्यक्ष आदित्य महर्जनले नेपाल सम्व्त ११३० को उपलक्षमा न्हु दँया भिन्तुना शुभकामना दिनका साथै राष्ट्रि्य सम्वत्को रुपमा मान्यता प्राप्त नेपाल सम्वत्लाई चाँडो भन्दा चाँडो प्रचलनमा ल्याउनका लागि नेपाल सरकारसँग अनुरोध गर्नुका साथै समस्त श्वदेशी तथा प्रवासी नेपालीहरु एक जुट भएर आफ्नो मौलिक सम्वत नेपाल सम्वतहरुलाई प्रचलनमा ल्याउनका लागि सरकारलाई दवाव दिन समेत अनुरोध गर्नु भयो । New York Newa Guthi President Aditya Maharjan. Photos: Ang Kami Sherpa (PhotoHera.com) नेपाल सम्वत् राष्ट्रि्य सम्वत हो यो कुनै जाती विशेषको सम्वत् होइन यो सम्पूर्ण जानजाती नेपाली मात्रको मौलिक सम्वत् भएकोले सम्पूर्ण नेपालीहरुले यसको प्रचलन यथासक्य छिटो गराउनको लागि सबैले आफ्नो आफ्नो क्षेत्रबाट सक्दो भूमिका खेल्नु पर्ने तर्फ औल्याउनु भयो । अन्तमा सहभागी हुनु भएका सम्पूर्ण महानुभावहरुलाई उपस्थितिका लागि धन्यबाद दिनुका साथै भविष्यमा पनि यस्तै सहयोग र सहभागिताको लागि अनुरोध गर्नु भएको थियो । दोश्रो चरणको साँस्कृतिक कार्यक्रम गणेश रथ यात्राबाट आरम्भ भएको थियो । गणेश रथ यात्रामा माध्यवादक तर्फ न्हुच्छे नारायण डंगोल र सुरेन्द्र महर्जन हुनुहुन्थ्यो भने रथ बोक्ने महानुभावहरुमा कुमार खड्गी, प्रेम गोपाल महर्जन, हिराकाजी डंगोल, विजेश मास्के र राजेन्द्र श्रेष्ठ हुनुहुन्थ्यो । रथ यात्राका अग्रभागमा बाजा, त्यसपछि पचकन्या र गुठीका सदस्य सहित ३ पटक हलको परिक्रममा गरी विसर्जन गरिएको थियो । पौराणिक भैरबकाली नृत्यको प्रस्तृति गरिएको थियो जसमा भाग लिने कलाकारहरु हुनुहुन्थ्यो सुप्रसिद्ध कलाकार यज्ञमान शाक्य र देवी ओली । त्यसैगरी वरिष्ठ सिने कलाकार श्रीमती बसुन्धरा भुसालले पनि ल्याम्हम दाजु नेवारी गीतमा नृत्य प्रस्तुत गर्नु भएको थियो । Actress Basundhara Bhusal. Photos: Ang Kami Sherpa (PhotoHera.com) अन्य कलाकारहरुमा नृत्य तर्फ साचीको महर्जन, मोनिका महर्जनले जिम्था यले…, आयुषा महर्जन, निभा महर्जन, जयता महर्जनले जुन त लग्यो ताराले…, ऐश्वर्य शर्माले आज बाह्रहाते…, छि भाजु भन्ने नेवारी नृत्यमा आयुषा महर्जन र निभा महर्जन र संज्ञा तुलाधरले नेपाली गीत 'डाली डालीमा…' नृत्यहरु प्रस्तुत गर्नु भएको थियो भने राजीमती नेवारी गीतमा यज्ञमान शाक्य र देवीओली हुनुहुन्थ्यो । गायन तर्फ स्थानीय चर्चित गायक तिलक श्रेष्ठले तिमी विनाको जीवन… र झरनाको चिसो पानी… गीतहरु गाउनु भएको थियो । संजोग लामाले बोलु बालु लाग्यो…। र हिउं भन्दा चिसो… गाएर पनि दर्शकहरुलाई तताउनु भयो भने राजेन्द्र श्रेष्ठले पुरानो ढुंगा… र दिपा थापाले बाह्र हातॆ …, जोडी ढुकुर सुहाउने… मिठो स्वरमा गीतहरु सुनाएर दर्शकहरुको मन जित्न सफल हुनुका साथै दर्शकहरुलाई नचाउनु भयो भने अर्चना क्षेत्रीले स्वयगु मन जुलरे… नेवारी गीत गायर अझ बढी कार्यक्रमलाई रोमाचक बनाउनु भएको थियो । उपरोक्त साँस्कृतिक कार्यक्रमलाई उद्घोषीका सुश्री संज्ञा िसंहले आफ्नो दक्षताको उपयोग गरी श्रोताहरुलाई हसाई हसाई कार्यक्रमलाई अझ बढी प्रभावकारी र रोमाचकारी बनाउन सफल हुनु भएको थियो । यस कार्यक्रममा धन्यवाद ज्ञापन गुठीको कोषाध्यक्ष समिर महर्जनले गर्नु भएको थियो । भिन्तुना कार्यक्रमलाई सहयोग गरिदिनुहुने सम्पूर्ण कलाकार तथा गीतकारहरु क्वीन्स डाइमण्ड एण्ड ज्वलेरीका श्रीमती सुर्य महर्जन तथा समिर महर्जन, मच सजाउन सहयोग गरिदिने प्रेम गोपाल महर्जनका साथै विभिन्न क्षेत्रमा यस कार्यक्रमलाई सहयोग गरिदिनु हुने दिपक श्रेष्ठ, प्रकाश मानन्धर, रक्की महर्जन, ऐलान महर्जन, हिराकाजी डंगोल, विजय महर्जन, सुरेन्द्र महर्जन, लामा एकाउन्टींग सर्भिसका नामगेल लामा, फिप्ना न्यूयोर्क च्याप्टरका केशव राई, पोशाक र म्यूजिकमा सहयोग गरिदिनु हुने राज कपुर र न्यूयोर्क कला मचलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो भने साथै कार्यक्रमको प्रत्यक्ष प्रशारण गरिदिनु हुने PressChautari.com का प्रशान राई, भिडियो ग्राफरमा मोक्तान डिजिटलका शम्भु मोक्तान PhotoHera.com का आन कामी शेर्पा, DJ मा सहयोग गरिदिनु हुने टासी शेर्पा र नवाड लामालाई पनि धन्यवाद दिनु भएको थियो । त्यस्तै टीभी मार्फत प्रसारण गरिदिनु हुने नमस्ते नेपाल टिभीलाई धन्यवाद दिनु भएको थियो । खानामा सहयोग गरिदिनु हुने लाली गुराँस रेष्टुरेण्ट र ढाका क्वललाई पनि धन्यवाद दिनु भएको थियो । यस कार्यक्रमलाई जनसमुदाय समक्ष जानकारी गराउनका लागि अनलाईनमा प्रसारण गरिदिनु हुने USNepalOnline.com र DCNepal.com लाई पनि न्यूयोर्क नेवा गुठी धेरै धेरै धन्यवाद व्यक्त गर्नु भयो । धर्मेन्द्र गोपाली महासचिव न्यूयोर्क नेवा गुठी Read our related news: -न्यू योर्कबाट ज्योजलपा न्हूँ दयाँ भिन्तुना ! (48 Photos) Photos: Ang Kami Sherpa (PhotoHera.com) For more New York Nepalese community news go to: Read our feature stories: -जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो - न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट -Adhikaar: Nepalese Women's Voice in New York (25 photos) -सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन् (24 Photos)
|
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- New York Nepalese Community News
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- Unsung Heroes: Hope for New Nepal
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- English Section News Archives 07-08-09
- News Archives: Featured News
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- Canada Nepalese Community News
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- Faces of the Week साताको अनुहार
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- Nepalese Songs & Dance
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- न्यू योर्कमा होलीको रंगोली !
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- Challenges of the 21st Century Series by Pradeep Thapa
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- World Music: Music, Song, Dance
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- न्यू योर्कमा नेपाली महिलाहरुको रमाइलो नयाँ बर्ष कार्यक्रम सम्पन्न
- न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा नेपाली महिलाहरुले बुझे स्वास्थ्य नै धन हो
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Live Broadcasting Shows / Interview Archive
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- A Son of a Priest, now Hero in a World's Best University
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- Indigenous Issues
- न्यू योर्कमा नेपाली काँग्रेस समर्थकहरुको साझा अन्तर्कृया भोली
- न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कमा नेपाली कला मन्चद्वारा दसैं साँझ सेप्टेम्बर २६ मा हुँदै
- Jharato: Dr. Krishna B. Bhattachan
- Nepalese Coalition in New York Discussed on New Nepal’s Future
- न्यू योर्कमा नेपाली जन संपर्क समीति अध्यक्ष सोमनाथ घिमिरे घाइते
- सोइ ढोले सोइ घन्किदै छ न्यू योर्क शहरमा
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली






















Comments