NEWS: बिबिसी नेपाली सेवा ::

Inside

न्यू योर्कमा आज साँझ घन्किदै छ- "माझी दाई पोखरा फेवा तालको" PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Prathaa Magar   
Friday, 19 June 2009 02:06
पाँच चर्चित नेपालका गायक र न्रित्याङ्गनाहरुले न्यू योर्क तताउँदैछन्
न्यू योर्क- नेपालका सर्बाधिक लोकप्रिय युबा लोक गायक मिलन लामाका साथ अर्की सर्बाधिक चर्चित भिडियो म्युजिक एल्बम कि मोडल तथा नायिका पूजना प्रधान मात्र होइन उत्तिकै चर्चित लोक गायिका र न्रित्यङ्गना द्वय देबिका केसी र निशा सुनारका साथ लोकप्रिय पप गायक सुदिप गिरीले आज साँझ न्यू योर्क शहरको अस्टोरियास्थित चियान फेडेरेसन हलमा बिबिध सांस्कृतिक कोशेली पस्किदैछन्।

न्यू योर्कका कलाप्रेमी नेपालीहरु यो साँझलाई झन्डै तीन महिनादेखी अधैर्यतापूर्वक पर्खिएकाछन् किन कि यो साङ्गितिक टोलिले न्यू योर्क आउनु अघी अमेरिकाको क्यालिफोर्निया, कोलोराडो, बाल्टिमोर, वासिङ्गटन डिसी, फ्लोरिडा, एट्लान्टा, डल्लास र ह्युस्टनमा बेजोड कार्यक्रम प्रस्तुत गरिसकेको छ।

न्यू योर्क कार्यक्रमका आयोजक संस्था युनाइटेड नेपालीज डेमोक्रेटिक फोरम (UNDF) का न्यू योर्क च्याप्टर अध्यक्ष टेक गुरुङकाअनुसार यो सांगितिक टोलीको न्यू योर्कमा राखिएको पहिलो कार्यक्रम हो भने अमेरिका भरको नबौं र दोश्रो अन्तिम साँझ हो। यसै महिनाको अन्तमा नेपाल फर्किने तरखरमा रहेको टोलीको बोस्टोनमा अन्तिम कार्यक्रम गर्ने योजना छ।

न्यू योर्क साँझलाई 'लाइभ सो' को रुपमा प्रस्तुत गर्न न्यू योर्क मै रहेका संगितकारहरु उज्जवल मैनाली (गिटार), तिलक श्रेष्ठ (हार्मोनियम्), राज कुमार (मादल) र बासुरीमा रामकुमार सिंहले प्रस्तुती दिनुहुनेछ भने कार्यक्रमको संचालन कलाकार शैलेश श्रेष्ठ, गायक राजेश थापा मगर र निमा लामाले गर्नुहुनेछ।

यस अघी मदरल्यान्ड पहिलो र दोश्रोको सफल प्रस्तुति गरिसकेको छ युएनडिएफले यसपालीको सांस्कृतिक साँझको ८० प्रतिसत टिकट पनि बिक्री भईसकेको अध्यक्ष गुरुङले युएस नेपाल अनलाइनलाई बताउनु भएको छ।

अध्यक्ष गुरुङका अनुसार गत डिसेम्बरमा मात्र मदरल्यान्ड दोश्रोको आयोजना गरेको यो संस्थाले नेपालका यि चर्चित कलाकारहरुलाई न्यू योर्कबासी नेपालीहरु बिच प्रस्तुत गरेर नेपाली कला र संस्क्रितीको प्रबर्धन गराउने प्रयास गरेको हो।
 
Photos courtesy: Moktan Digital.com. Illustrations: Moti Kharel & eEyeCam

-Prathaa Magar in New York. 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 
  
 
  
यि पाँच कलाकारहरुको केही चर्चित प्रस्तुती हेर्नुहोस्:

Milan Lama & Poojana Pradhan:

माझी दाई पोखरा फेवा तालको
लाम माया साँचैको नलाम भो ख्याल ख्यालको
Singers Bima Kumari Dura & Milan Lama


चौधै अञ्चल लालु मै पचहत्तरै जिल्ला
बाँधौ राम्रो मायाको चार किल्ला
छम्म छम्म नाची देउ कम्मर भाँची देउ


झल्को लाँली ओठको..: Singers: Milan Lama & Devi Gharti Magar


Devika KC: तिम्रो मन रुन्छ रुँदैन
टाढा हुँदा मलाई झै छट्पटी तिम्लाई चै हुन्छ हुँदैन
 

Nisha Sunar: तिमी नाई नाई बाबा नाई नभन
 
 

Sudip Giri: तिमी आज भोली किन बोल्दिनौ
 
 

Aja Bara Hate Patuki by Poojana Pradhan


Poojana Pradhan Performs in America
 
 

Poojana Pradhan in 2007 - Ashford-part4


Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?