NEWS: बिबिसी नेपाली सेवा ::

Inside

न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो PDF Print E-mail
Share
User Rating: / 5
PoorBest 
Written by Prathaa Magar   
Wednesday, 17 June 2009 02:19
न्यू योर्क- न्यू योर्क राज्यको योङ्कर्स शहरमा अज्ञात ब्यक्तीद्वारा छुरा प्रहारहुँदा गत साता बुधवार सख्त घाइते भएका नेपालको हेलम्बु घर भएका ४५ बर्शिय कर्मा शेर्पा ह्योल्मो एक हप्त पछि अझैसम्म पनि अस्पतालमा आसियुमै राखिएका छन् भने उक्त हमलाबाट म्रिगौला समेतमा असर परेपछि एउटा म्रिगौला निकम्मा हुन पुगेको छ।

४ बर्ष अघी अमेरिका आएका कर्माका श्रीमती र ३ छोराहरु नेपाल मै छन् भने उनले न्यू योर्कको योङ्कर्स शहरस्थित बुखारा बिस्ट्रो नामको भारतीय रेस्टुरेन्टमा तन्दुरी सेफको रुपमा काम गर्दथे।
Karma Sherpa Hyolmo at the hospital. Photos: Kunsang 
 
घटनाअनुसार घाइते ह्योल्मो आफ्ना २ जना सहकर्मीहरुसँग आफुले काम गर्ने रेस्टुरेन्टबाट झन्डै १५ मिनेटको दूरिमा रहेको कोठामा फर्किदै गर्दा बाटोमा एक युबतीलाई अज्ञात दुई युबाहरुले जबस्जस्ती गर्न खोज्दा ति युबतीले गुहार गर्दै चिच्चाएको आवाज सुने पछि आवाज आएतिर हेर्दा केटाहरु भागेका तर त्यसै बेला एक्कासी अर्को दुई जना  अज्ञात ब्यक्तिहरु आएर उल्टो ह्योल्मो र उनका साथीहरुलाई "तिमीहरु नै होइन यो केटीलाई आक्रमण गर्ने ?" भनेर बिबाद गर्न लागेको तर ह्योल्मो र उनका स्पानिस साथीहरुलाई राम्रो अङ्ग्रेजी बोल्न नआउँदा दुई मध्ये एकले छुराले धमाधम हान्न शुरु गर्दा कर्मा ह्योल्मोको भुँडीसमेत बाहिर निस्कन पुगेको थियो।

उनलाई ३ ठाउँमा अगाडि पेटमा र कम्मरको साइडमा छुरा प्रहार भएको थियो भने उनका एक साथी मिखुलाई पनि छुरा प्रहार भएको थियो। उनको अर्को एक स्पानिस साथी चाँही बचेँर भाग्न सफल भएका थिए।
 
 

घटना पछि आक्रमणकारी दुई ब्यक्ती र ति केटी त्यहाबाट हिंडेको र घाइते ह्योल्मो र उनका अर्का घाइते साथीले १५ मिनटसम्म सहयोगको लागि हारगुहार गरेको र अन्तमा एक ट्याक्सीवालाले भाल्हल्ला शहरमा रहेको वेस्चेस्टर मेडिकल सेन्टर लगेको थियो।

त्यस घटनापछि भाग्न सफल अर्को साथीले न्यू योर्क कुइन्समा रहेका कर्माका साथीभाईलाई खबर गरेको कुरा ह्योल्मो आमा याङ्ग्री समाज न्यू योर्कका महासचिब कुन्साङ शेर्पा ह्योल्मोले युएस नेपाल अनलाइनलाई बताए। कुन्साङ कर्माका नातेदार पनि पर्दछन्।
 
 
Karma Sherpa Yolmo in Queens before inccident. Photos: Kunsang
 
कुन्साङका अनुसार कर्मालाई अझैसम्म पनि आइसियु मै राखिएको छ। उनको पेटको अप्रेसन गरिएको छ भने छुरा प्रहारबाट एउटा म्रिगौला समेतमा असर परेको कारण उक्त म्रिगौला झिकिएको छ।

आक्रमणकारी मध्ये एकलाई प्रहरीले कर्माको बाँच्न सफल साथीले चिनेको कारण पक्रन सफल भएको छ। ति आक्रमणकारी बाबु-छोरा भएको र छुरा प्रहार गर्ने छोरा चाँही अझैसम्म फरार रहेको कुन्साङले जानकारी गराए।

Please come back for update...

-Prathaa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
 
Related news:

Comments

avatar Dambar Raj Pandey
0
 
 
This is so sad news. It seems that Nepalese are not safe in the US.
The US Govt. should do investigation seriously on it. I pray God for the Fast recovery of Mr. Karma Sherpa.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Tara Niraula
0
 
 
It is so sad and unfortunate! I wish for a quick recovery of Karma jee.

My prayers are with you, Karma jee!

best,
Tara Niraula
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Renu Sapkota
0
 
 
Very sad to know. My whole family's prayers and best wishes are with you, Karma jee.

Renu Sapkota
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar raja
0
 
 
you have shown really Nepali heart. wish you quick recovery.....
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?