NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा नेपालीहरुद्वारा संरासंकालागि नेपाली राजदूत मधुरमण आचार्यको बिदाइ समारोह PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 16 November 2009 18:48

न्यू योर्क- संयुक्त राष्ट्र संघका लागि नेपालका स्थाई प्रतिनिधि तथा राजदूत मधुरमण आचार्य तथा उहाकी धर्मपत्नी डा. गीता आचार्यको बिदाइ न्यू योर्कको कुइन्स स्थित हिमालयन याक रेस्टुरेन्टमा सम्पन्न भयो।

Ambassador Madhuraman Acharya and Dr. Geeta Acharya beng greeted by Anad Bist. Photos: eEyeCam.com

न्यू योर्कका नेपालीहरु बिच निक्कै लोकप्रिय राजदूत आचार्य र उहाकी धर्मपत्नी डा. गीता आचार्यको बिदाइका लागि नेपालीहरुको ठुलो उपस्थिती रहेको थियो।

News being updated. समाचार अपडेट गरिदैछ।

राजदूत आचार्य सन् २००५ को अगस्ट ३० मा ४ बर्ष पदाबधीका लागि स्थाई प्रतिनिधि नियुक्त हुनु भएको थियो। उहाँको कार्यकालमा १२ वटा मुलुकहरुसंग मैत्री सन्बन्ध कायम गरिएको छ। सन्‌ १८१६ मा बेलायतसँग सुगौली सन्‍धि गरी शुरु भएको नेपालको मैत्री सन्बन्ध हालसम्म १२९ मुलुकहरुसँग कायम स्थापित भई सकेको छ।

Ambassador Madhuraman Acharya

राजदूत आचार्यकै पालामा संयुक्त राष्ट्र संघको आदिबासी सम्बन्धी विश्व घोषणा पत्रमा नेपालकोतर्फबाट हस्ताक्ष्यर गरिएको छ। यसका लागि नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) द्वारा उहालाई गत सेप्टेम्बरमा प्रधानमन्त्री माधवकुमार नेपाल संरासंको ६४ औं महासभामा भाग लिन न्यू योर्क आउनुहुँदा एक समारोहका बिच सम्मान गरिएको थियो।

Dr. Geeta Acharya

राजदूत मधुरमण आचार्य सन् २००१ देखी २००५ सम्म परराष्ट्र सचिव हुनुहुन्थ्यो भने सन् १९९८ देखी २००१ सम्म बङ्गलादेशको राजदूत हुनुहुन्थ्यो। सन् १९५७ मा पुर्बी नेपालको उदयपुरमा जन्मिनु भएका आचार्य एकताका त्रिभुवन विश्व बिद्यालयमा अध्यापन गर्नु हुन्थ्यो।

राजदूत आचार्य र डा. गीता आचार्य अबकास पछी यही सोमबार नेपाल फर्किन लाग्नु भएपनि उहाहरुका एक छोरा र एक छोरी गौरब र गरिमा जो छन्, दुबै अहिले अमेरिकाको पेन्सल्भानिया र न्यू योर्कमा विश्व बिद्यालयमा अध्ययन गरिरहेकाछन्।

राजदूत मधुरमण आचार्यको स्थानमा अब नयाँ राजदूतको रुपमा परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यलाई नियुक्ती मिलिसकेकोछ। उहाँ नोबेम्बर १९ तारिख कार्यभार सम्भाल्न न्यू योर्क आइ पुग्नुहुने दुताबासले जनाएकोछ।

युएस नेपाल अनलाइनले उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेको थियो। उक्त लाइभ ब्रोड्कास्ट हेर्न यो लिङ्क मा जानुहोस्:






























































Roshana Moktan (Moktan Digital.com) live broadcasting the event for USNepalOnline.com. Photos: eEyeCam.com

For more New York Nepalese community news go to:

Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌ (24 Photos)

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?