NEWS: बिबिसी नेपाली सेवा ::

Inside

अमेरिकि शेर्पाहरुको माग- "नेपाललाई शान्ती क्षेत्र घोसित गरिनु पर्दछ" PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sherpa Kydug USA   
Wednesday, 06 May 2009 14:20
सम्माननिय सभापति ज्यु
संबैधानिक समिति, संबिधान सभा
सिंहदरबार, काठमाण्डौ।

बिषय: संबिधान सुझाब बारे।

महोदय

उक्त संबन्धमा आफ्नो मुलुकमा भएको आमुल राजनैतिक परिबर्तनले स्वदेश तथा बिदेशमा बस्ने सम्पुर्ण नेपालीलाई प्रभाब पर्नु स्वभाबिक कुरा हो। नयां नेपाल निर्माणको लागि कुनै राजनितिक दलको मात्र जिम्मा नभएर सम्पुर्ण नागारिक समाजको पनि त्यतिकै महत्वपुर्ण दायित्व र सरोकारको बिषय भएको हुँदा अमेरिकामा स्थाई वा अस्थाई रुपमा बसोबास गरि रहेका शेर्पा समुदायको तर्फबाट अब बन्ने संबिधानमा निम्न कुराहरु हुनु पर्ने कुरा ठहर गरि जोडदाररुपमा यो सुझाबहरु पेश गरेका छौं।

१. नेपाल बुद्ध जन्मेको देश भएकोले गर्दा बिश्वमा उदाहरणको लागि शान्ति क्षेत्र घोसणा गर्नु पर्दछ र सैनिकको ब्यबस्था खरेज गरि सो माथि हुंदै अएको खर्च शिक्षा, स्वास्थ्य र आर्थिक् उन्नतिको क्षेत्रमा लाउनु पर्दछ। यस पबित्र शान्तिभुमिमा गाईमात्र नभै सबै किसिमका प्राणी हत्यालाई निषेध गरिनु पर्दछ।

२. शेर्पा जातिको हक हित र अधिकारको लागि प्रतिनिधित्व गर्न ३ महिला ३ पुरुष संसद प्रतिनिधि हुने ब्यबस्था हुनु पर्दछ।यि संसदिय प्रतिनिधिहरु नेपालमा स्थापित बिभिन्न शेर्पा संघ संस्थाहरुका संचालक समितिका सदस्यहरुबाट चुनाब प्रकृयाको माध्यमबाट छानिने ब्यबस्था हुनु पर्छ।

३. हिमाल आरोहणमा जाने शेर्पा आरोहिहरुको लागि सरकारले नि:शुल्क जिवन बिमाको ब्यबस्था गर्नुका साथै उनिहरुको नाममा अक्षय कोष खडा गरिनु पर्छ र पर्यटन बिकास तथा हिमाल आरोहन बारे नेपालको बिध्यालयहरुको पाठयक्रममा समाबेश गरिनु पर्दछ। पर्बतरोहणलाई सम्मानित पेशाको रुपमा स्थापित गरिनु पर्दछ।

४. सरकारी स्तरबाट हिन्दु पण्डितहरुले पाए जतिकै सेवा, सुबिधा र सम्मान बौद्ध धर्मका औतारी लामाहरुले पनि पाउने ब्यबस्था हुनु पर्छ। शेर्पा गुम्बाका शिक्षालाई संस्कृत पाठशालाको जस्तै मान्यता हुने ब्यबस्था गरिनु पर्छ। दशैं, तिहार बिदालाई कम गरेर अन्य जातिको चाड पर्बहरुलाई पनि समान रुपमा राष्ट्रीय पर्बको रुपमा स्थापित गरिनु पर्दछ।

५. बिदेशमा बसोबास गर्ने नेपालीहरुलाई दोहोरो नागारिकता पाउनु पर्छ।

६. कानुनको संसोधनमा बिषय वा प्रसंगमा अर्को अर्थ नलागेमा भन्ने शब्द राख्ननु हुँदैन यसले द्वुबिधा पैदा गरेको छ, न्यायधिशहरुको खानेबाटो मात्र भएको छ। सजाय पाउनु पर्ने ब्यक्तिलाई किटानिका साथ सजाय तोक्नु पर्दछ।

७. कुनै पनि अपराधिक गतिबिधिमा संलग्न ब्यक्तिले निर्बाचनमा भाग लिन नपाउने हुनु पर्दछ साथै कुनै पनि जिम्मेवार पदमा संबन्धित क्षेत्रका बिग्यहरुलाईमात्र नियुक्त गर्नु पर्दछ।

८. नेपालमा बौद्ध बिश्वबिध्यालय स्थापना गरि बौद्ध शिक्षालाई संसार भरि फैलाउनुका लागि सरकारि स्तरबाटै पहल गर्ने ब्यबस्था हुनु पर्दछ। बिध्यमान रहेको बुर्जुवा शिक्षालाई पुर्ण रुपले समय सापेक्ष सुधार गर्नु पर्दछ।

९. आदिबाशी जनजातिको हक, हित र अधिकारको लागि आई एल ओ १६९ मा पारीत भएका कुराहरु नेपाल सरकारले जती सक्दो चांडो कार्यन्वन गर्नु गराउनु पर्दछ।

१०. अदिबासी जनजाति, दलित, महिला तथा संपुर्ण नेपालि नागरिकको आत्म निर्णयको अधिकार शुरक्षित हुनु पर्दछ ।

११. नेपालका हरेक नागरिकलाई १२ कक्षासम्म अनिबार्य रुपमा व्याबहारिक शिक्षा, त्यस पछी हरेक युबाहरुलाई अनुशासित बनाउन सैन्य ब्यबस्था रहदासम्म २ बर्ष अनिबार्य स्वयं सेवक सैनिक शिक्षा (बौद्ध भिक्षु र हिन्दु पुजारीहरुबाहेक) र हरेक नेपालीलाई रोजगारी अनी गरीब जनतालाई नि:शुल्क स्वास्थ्य उपचरको ब्यबस्था हुनु पर्छ ।

१२. बैदेसिक सामानको आयत कम गरी भरसक आफ्नै मुलुकको आन्तरिक साधन र स्रोतबाट पुर्याउने कनुन बनाउनु पर्दछ ।

१३. नेपालको ठुल ठुला, ब्यापार उध्योग धन्दा, ठेक्का पट्टा नेपालीले मात्र गर्न पाउनु पर्दछ।

१४. नेपाल बहुभाषिक, बहुधार्मिक, बहुजातिय मुलुक भएकोले संपुर्ण नेपालीलाई
एकताको सुत्रमा बाँध्न एकले अर्काको भाषा, धर्म, संस्कृति र अस्तित्वलाई
सम्मान गर्ने र सिङगो नेपाल सबै नेपालिको हो भन्ने तरिकाले मानबिय समानताको आधारमा राज्यको पुनर्संरचना गर्नु पर्दछ।

१५. स्वदेश तथा बिदेशमा रहेका सम्पुर्ण नेपालि जनताद्वारा निर्बाचित ५ बर्सका लागि कार्यकारि अधिकार प्राप्त प्रधानमन्त्री वा राष्ट्रपति मध्ये एक पदको मात्र ब्यबस्था हुनु पर्दछ। यस्तो कार्यकारी प्रमुख पदमा २ पल्टभन्दा बढि उमेद्वारि दिन नपाउने ब्यबस्था हुनु पर्छ।  प्रसासनिक तथा फजुल खर्च कम गर्न मन्त्रिमण्डल, सभासद, कर्माचरी, प्रहरी हरेक ठाउंमा मान्छे कम र जिम्मेवारी बढी दिएर काम लाउनु पर्दछ ।

१६. मुलुकको शुरक्षार्थ मुख्य नाकाहरुलाई यथावत कायम राखी देशको सिमाना वारीपरी अग्लो पर्खाल लाउनु पर्छ।

१७. नेपालको शैक्षिक, आर्थिक, सामाजिक तथा समग्र बिकासमा बिदेशमा गै काम गर्ने, अध्ययन गर्ने, ब्यापार गर्ने वा बसोबास गर्ने नेपालिहरुको महत्वपुर्ण भुमिका रहेकोले बिदेशमा बस्ने नेपालिहरुको लागि पनि संसदमा केहि सिट छुट्याउनु पर्दछ।

१८. स्थानिय भाषामा भएका कतिपय नदिनाला, हिमाल, पहाड, मठ मन्दिरहरुको नामहरु खस भाषामा परिबर्तन गरिएकोले गर्दा ति नामहरु पुरानै स्थानिय भाषामा कायम गरिनु पर्दछ र अब आएन्दा कुनै पनि प्रकारको नयाँ नामहरु राखनु परेमा स्थानिय बासिहरुको पुर्ब स्विकृति नलिई उनिहरुको भावना बिपरित मनपरि नाम राखन नपाउने नियम बनाउनु पर्दछ।

१९. नेपालको झन्डामा चन्द्र र सुर्यको सट्टा माथि पट्टि बिश्व शान्तिको प्रतिक भगवान बुद्धको नक्सा र तल पट्टि बिश्वको सर्बोच्च सिखर सगरमाथा (चोमोलोङमा) को नक्सा राखनु पर्दछ वा चारकुने (रेक्टेङुलर) निलो पृष्ठभुमिमा सगरमाथा (चोमोलोङमा) र बिश्व शान्तिको प्रतिक भगवान बुद्धको नक्सा राखनु पर्दछ।

२०. नेपालका सिमान्तकृत पिछडिएका बर्गहरु महिला, दलित, आदिबासि जनजाति तथा दुर्गम क्षेत्रका नेपालि नागरिकहरुलाई कम्तिमा पनि अबको २० बर्षसम्म हरेक क्षेत्रमा ५० प्रतिशत आरक्षणको ब्यबस्था गर्नु पर्दछ।

संबिधान सुझाब समिति

1. पासाङ दोर्चि सेर्पा
2. आङ दामी सेर्पा
3. आङ दावा सेर्पा
4. उर्गेन सेर्पा
5. ल्हाक्पा सेर्पा
6. दानु लामा
7. छोङ्बा सेर्पा
8. छेवाङ सेर्पा लामा
9. आङ डन्दी सेर्पा
  
छोङ्बा शेर्पा
अध्यक्ष

ल्हाक्पा गेलु शेर्पा
महासचिब        
युनाईटेड शेर्पा किदुग, न्युयोर्क ,यु यस एस

बोधार्थ:
१ सम्माननिय प्रधानमन्त्री पुष्प कमल दहाल ज्यु
२ सम्माननिय सभामुख सुवाश चन्द्र नेम्बाङ ज्यु
३ बिभिन्न राजनैतिक पार्टिहरु
४ नागारिक समाजका बिभिन्न सामाजिक संघ संस्थाहरु
५ संयुक्त रास्ट्र संघका स्थायि प्रतिनिधि महामहिम मधुरमण आचार्य ज्यु
६ शेर्पा सभासदहरु ज्युहरु
 
मिति: मार्च २८, २००९, न्युयोर्क

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?