NEWS: बिबिसी नेपाली सेवा ::

Inside

न्यू योर्कमा अर्को एक बिपी स्‍मृति दिवसको आयोजना PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 03 August 2009 02:47
न्यू योर्क- न्यू योर्क शहरका नेपाली काँग्रेस समर्थकहरुको अर्को एक समुहद्वारा अगस्ट २ मा २७ औं बिपी स्‍मृति दिवस मनाइएकोछ।
Punam (Ranamagar) Malla with her 18 months old daughter Angelina Malla paying tribute to late BP Koirala in New York. Photos: eEyeCam
नेपाली काँग्रेस केन्द्रिय समितीद्वारा गत जून १८ तारिख बिघटन गरिएको नेपाली जन संपर्क समिति अमेरिका नामको दुई वटा संगठन देबकोटा र बिष्ट समुह मध्ये देबकोटा समुहको न्यू योर्क च्याप्टरद्वारा च्याप्टर कै कार्यालय कुइन्स सनीसाइडमा आयोजना गरिएको उक्त स्‍मृति दिवसमा बक्ताहरुले महामानब बिपीलाई सम्झिने हो भने अमेरिकि नेपाली काँग्रेसी बन्धुबिच सर्ब प्रथम एकता र मेलमिलापको भावना र बातावरण श्रीजना हुनु पर्ने कुरामा जोड दिएका छन्।
Nani Bhandari paying homage to BP
उता यस अघी गत जुलाई २८ मा न्यू योर्क कै कुइन्स ज्याक्सन हाइट्स साँग्रिला रेस्टुरेन्टमा मनाइएको बिपी स्‍मृति, जहाँ बिशेष गरी बिष्ट समुहका ब्यक्तित्वहरुको
उपस्थिती रहेको थियो, मा पनि आपसी एकता र मेल मिलाप कै कुरामा जोड दिइएको थियो।
यसरी दुई समुहका कांग्रेसी बन्धुहरु बिपी स्‍मृति दिवसका लागि एक हुन नसके पनि स्‍मृति दिवसको अबसर पारेर एक हुनका लागि आ-आफु तयार रहेको उद्घोश गरेको देख्दा अब भने अमेरिकिमा साँच्ची नै कांग्रेसी बन्धुहरु बिच एकता हुने आशाको टुसो पलाउन थालेको देखिएको छ।
Chief Guest & veteran Congress Leader Kanchha Lama paying tribute to BP. Photos: eEyeCam
जुलाई २८ मा नेपाली जन संपर्क समिती अमेरिका बिष्ट समुहका अपदस्त अध्यक्ष आनन्द बिष्टले एकताका लागि आव्हान गर्दै आफ्ना गल्तीहरु भए आफु माफि माग्न पनि तयार भएको बताउनु भएको एक हप्ता नबित्दै हिजोको सभामा देबकोटा समुहका केन्द्रिय सदस्य कृष्ण पोख्रेलले अब दोश्रो अधिबेसन गरेर सबै काँग्रेसी बन्धुहरुलाई समेट्ने आफुहरुको योजना बताएर समितीको ढोका सबैको लागि खुल्ला रहेको सङ्केत गरेका छन्।
Ready for unity? Krishna Pokhrel speaking at the memorial.
Bandana Rai, daughter of veteran 2007 B.S. freedom fighter late Dewan Singh Rai, paying tribute to BP.  Photos: eEyeCam
स्मरण रहोस्, यस अघी देबकोटा समुहले नेका केन्द्रिय समितीद्वारा आफ्नो संस्थालाई बैधानिक समिती मानेको तर एकता कायम गर्न नेत्रित्व असक्ष्यम भएको भन्दै बिघटन गरेको प्रति कडा आपत्ति जनाउदै काँग्रेसको उक्त निर्णयको अबज्ञा गर्ने निर्णय गर्दै समिती यथावत रहेको बताएको थियो भने बिष्ट समुहले भने बिघटनको स्वागत गरेको थियो।
Lawyer Khagendra G.C. speaking at the memorial.
हिजोको कार्यक्रममा कनेक्टिकट हार्ट्फोर्टमा सम्पन्न जन संपर्क समितीको प्रथम अधिबेसनमा नेका केन्द्रिय समितीद्वारा अधिबेसन सम्पन्न गर्न खटाइएका संयोजक प्रतिनिधि तथा वकिल खगेन्द्र जिसीले अब अमेरिकि काँग्रेसीहरुले केन्द्रबाट के निर्देसन आउला भनेर कुर्नुभन्दा पनि आफै आपसमा मिलेर एकताको बातावरण श्रीजना गरी एकिक्रित हुनुको बिकल्प नभएको बताउनु भयो।
उहाँले भन्नु भयो-"केन्द्रका नेताहरु अमेरिकाको बिबादबाट दिक्क भएका छन्। अब हामी आफैले समाधानको बाटो खोज्नु पर्छ। हामी आफैले एकिक्रित हुने बाटो खोज्नुको बिकल्प छैन।"
Congress leader Ang Dawa Sherpa. Photos: eEyeCam
काँग्रेसी नेता आङ दावा शेर्पाले बिपीले आफु प्रधानमन्त्री हुँदा राष्ट्रिय योजना आयोगलाई राजाको होइन एउटा गरीब हलो जोती रहेको किसानको फोटो राख्न सुझाब दिएको प्रसङ्ग उल्लेख गर्दै काँग्रेस पार्टीमा नयाँ नेत्रित्वको खाँचो भएको बताउनु भयो।
Dr. Tara Niraula speaking at the memorial.
बुद्धिजिबी डा. तारा निरौलाले बिपीको मेल मिलाप नितीको अहिले अझ महत्व भएको उल्लेख गर्दै पुस्ताभन्दा पनि भावना र आचरणमा परिवर्तन आउनु जरुरी रहेको बताउनु भयो।
Goma Sen speaking at the memorial. Photos: eEyeCam
उता नेपाल महिला संघ गुल्मी जिल्ला  पूर्व अध्यक्ष गोमा सेनले नेका पार्टीभित्र समर्पित हुनेहरुकोभन्दा चाकडी गर्नेहरुको बोलवाला भएको बताउदै पार्टी अब नयाँ पु स्ताको हातमा जानु पर्ने कुरामा जोड दिनु भयो।
Veteran Congress leader Kanchha Lama speaking at the memorial.
कार्यक्रमका प्रमुख अतिथी तथा पुराना कांग्रेसी नेता कान्छा लामाले बिपी जस्ता त्यागी र महान नेता र प्रजातन्त्र र समाजवादप्रतिको निस्थाको कारण आफु आजीवन काँग्रेस भएर लागेको बताउनु भयो।
कार्यक्रममा नेवा गुठी न्यू योर्कका अध्यक्ष आदित्य महर्जन, बिजय थुलुङले पनि आ-आफ्नो मन्तब्य राख्नु भएको थियो भने कबिहरु रामचन्द्र थापा, ज्ञानबन्धु केसी, तिर्थराज बरालले बिपी र बर्तमान बिसंगतीबारे लेखेका आ-आफ्ना कबिता बाचन गर्नु भएको थियो।
Janesh Gurung speaking at the memorial. Photos: eEyeCam
बिघटित जन संपर्क समिती न्यू योर्क च्याप्टरकि उपाध्यक्ष जेनेस गुरुङको सभापतित्वमा सम्पन्न उक्त समरोहमा स्वागत शारदा छेत्रीले गर्नु भएको थियो भने धन्यवाद ज्ञापन माया भट्टले गर्नु भएको थियो। कार्यक्रमको सन्चालन कांग्रेसी युबा नेता रोशन ढुङ्गानाले गर्नु भएको थियो।
Newa Guthi New York President Aditya Maharjan speaking at the memorial.
Sharada Chhetri welcoming the guests.
च्याप्टरका अध्यक्ष तथा न्यू योर्कबाट सन्चालित नमस्ते नेपाल टेलिभिजनका प्रबन्ध निर्देशक सोमनाथ घिमिरे गत जून २० तारिख कामको शिलाशिलामा कार्यालय जादै गर्दा देब्रे खुट्टामाथि स्लाब खस्दा सख्त घाइते भएका कारण कार्यक्रममा उपस्थित हुन सक्नुभएन। Read news: -न्यू योर्कमा नेपाली जन संपर्क समीति अध्यक्ष सोमनाथ घिमिरे तर कार्यक्रम सफल पार्न चाँजो पाँजो मिलाउन भने उहाले कुनै कसर राख्नु भएन।
MC Roshan Dhunggana. Photos: eEyeCam
कार्यक्रमको अन्तमा नानी भण्डारी लगायतका च्याप्टरका सह्रिदयी सदस्यहरुद्वारा प्रायोजन गरिएको जलपान र खाजाको आयोजना गरी बिपी स्‍मृति दिवसको मैझारो गरिएको थियो।
-Pradeep Thapa Magar in New York.  Comments? 917-570-1098. Or,  This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Maya Bhatta paying tribute to BP
Poet Ramchandra Thapa
Poet Gyanbandhu K.C.
The guests at the BP Memorial in New York. Photos: eEyeCam
Read related news:

For more news York Nepalese community news go to:
Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌ (24 Photos)

-"साँईली छ महिना छुट्टी बित्यो लाउँदैमा काउकुती"

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?