NEWS: बिबिसी नेपाली सेवा ::

Inside

अमेरिकामा सडक दुर्घटनामा देहान्त नेपाली युबाको सहयोगकालागि अपिल PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Thapa Magar   
Friday, 16 October 2009 02:32
न्यू योर्क- अमेरिकाको अक्लोहोमा राज्यको अल्भा शहरस्थित नर्थवेस्टन अक्लोहोमा स्टेट युनिभर्सिटीबाट कम्प्युटर बिज्ञान र गणितमा ग्रयाजुयट गरेका नेपाली युबा २४ बर्शिय बलराम गौतम गत अक्टोबर ३ तारिख आफुले चलाई रहेको कार दुर्घटनामा परी मृत्‍यु भएकोमा अहिले उनको दाह संस्कारका लागि लागेको खर्च उठाउन अपिल गरिएको छ।

"हेल्प बलराम गौतम फाउन्डेसन" कोतर्फबाट जारी अपिलमा दाह संस्कार र अन्य खर्चकोलागि रकम उठाउनु परेको जनाइएको छ।

स्व. बलरामका मित्र सुजित श्रेष्ठले युएस नेपाल अनलाइनलाई बताएअनुसार गत अक्टोबर ६ तारिख स्व. गौतमको दाह संस्कार ओक्लोहोमा सिटिमा गरिएको थियो जस्मा झन्डै २ हजार अमेरिकि डलर खर्च भएको थियो। उठेको रकम नेपालमा स्व. गौतमको परिवारलाई समेत पठाउने योजना भएकोले यसरी अनलाइन डोनेसनको लागि अपिल गरिएको श्रेष्ठले बताए।

घटना विवरण अनुसार, अक्टोबर २ तारिख मध्यरातमा गौतम आफ्नो कार निसान सेन्ट्रा लिएर आफु बसेको उड्वोर्ड शहरबाट ओक्लोहोमा सिटीमा त्यहाँ रहेका आफ्ना केही नेपाली साथीहरुसंग दसैंको अबसर मनाउने भनेर जादै थिए। तर उनी अल्बादेखी १० माइल टाढाको मुरल्यान्डदेखी १३ माइल दुरिमा पुग्दा नपुग्दै सडकको छेउको थुम्कोमा गाडी ठोक्किन पुगेपछि घटनास्थल मै उनको मृत्‍यु भएको कुरा स्थानीय प्रहरीले गौतमका ब्राजिलियन रुममेट भिनीलाई खबर गरेको सुमितले बताए।
 
Late Balram Gautam. Photo courtesy: Help Balram Gautam Foundation 

यो दु:खद घटनाको बारेमा उक्त ब्राजिलियन  रुममेटबाट बिहान ४ बजेतिर खबर पाएका कुन्दन राइ, सुमित श्रेष्ठ र सन्तोष लामिछाने लगायतका स्व .गौतमका साथीहरु ओक्लोहोमा सिटीबाट बिहान ६ बजे मात्र अल्बामा पुगेका थिए, त्यतिखेरसम्म स्व. गौतमको शबलाई स्थानीय शब गृहमा राखिसकिएको थियो।

स्व .गौतमका बुवा विष्णुप्रसाद गौतम तथा आमा लक्ष्मी गौतम काठमाडौंको बानेश्वर नजिकै बसोबास गर्दछन् भने उनका एक भाई र एक बहिनी छन्।

कस्तो बिडम्बना ! झन्डै ८ महिना अघी नेपालमा स्व. गौतमका दाजुको मोटर साइकल दुर्घटनामा परि मृत्‍यु भएको थियो।

नर्थवेस्टन अक्लोहोमा स्टेट युनिभर्सिटीबाट कम्प्युटर बिज्ञान र गणितमा सन् २००८ को डिसेम्बरमा ग्रयाजुयट गरेका स्व .गौतम अल्बास्थित वूड्वोर्ड रिजनल अस्पतालमा गत बर्षको समरदेखी सिस्टम एड्मिनिस्ट्रेटरको रुपमा काम गर्दै आएका थिए।

यो लिङ्कमा गएर सहयोग गर्नुहोस्:
 
If you have any questions, please contact:
Kundan Rai @580-748-1302
Sujeet Shrestha @580-484-0030
Santosh Lamichhane @ 405-418-4422
 
युएस नेपाल अनलाइन स्व. गौतमको आत्माको चीर शान्तीको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समबेदना प्रकट गर्दछ।
 
-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
 
Read our more related news:

-अमेरिका आएको ४५ दिन मै स्विमिङ पुलमा डुबेर मृत्‍यु

-न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो

-न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्

-न्यू योर्कमा गायक रुवि मुखियाको निधन: शब नेपाल पठाउन सहयोगका लागी अपिल

For more New York Nepalese community news go to:
 
Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌  (24 Photos)


Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?