NEWS: बिबिसी नेपाली सेवा ::

Inside

अमेरिकामा चर्चित पुस्तक 'राम्रो रचना मिठो नेपाली' का लेखक, साहित्यकार कृष्णप्रसाद पराजुलीको अभिनन्दन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Govinda Giri Prerana   
Tuesday, 12 January 2010 14:00

वासिंगटन डिसी- २५ औं संस्करण प्रकासित चर्चित पुस्तक 'राम्रो रचना मिठो नेपाली' का लेखक, नेपाली साहित्यका वरिष्ठ साधक कृष्णप्रसाद पराजुलीको एक भव्य समारोहका बीच अभिनन्दन गरियो ।

 

Author Krishnaprasad Parajuli. Images courtesy: RamroRachana.com

प्रमुख अतिथि राजदूत डा० शङ्कर शर्माले यस्ता वरिष्ठ साधकको सम्मान कार्यक्रममा सहभागी हुन पाएकोमा प्रसन्नता व्यक्त गर्दै राज्यले गर्न नसकेका यस्ता सम्मानका कार्यक्रमहरु जनस्तरमा हुने गरेको बताउँदै यस किसिमको सम्मानले साधकको सम्मान मात्र नभई नेपाली सँस्कृतिको पहिचानकोसमेत प्रवद्र्धन हुने बताउनु भयो ।

उहाँले साहित्यकार कृष्णप्रसाद पराजुलीको वेभपृष्ठ 'राम्रो रचना डट० कम’को समेत शुभारम्भ गर्नुभयो ।

यस वेव साइटले साहित्यकार पराजुलीको व्यक्तित्व तथा कृतित्वमा रुचि राख्नेलाई सामाग्री प्रदान गर्नेछ ।

कार्यक्रममा साहित्यकार पराजुलीको व्यक्तित्व कृतित्वमा चर्चा गर्दै साहित्यकार डा. हरिराज भट्टराईले विद्वान सर्वत्र पुजिन्छन् भन्ने कुराको पुष्टि यो समारोहको आयोजनाले भएको बताउँदै साहित्यकार पराजुलीको योगदानलाई चरणवद्ध रुपमा प्रस्तुत गर्नु भएको थियो । उहाँले साहित्यकार पराजुलीलाई 'अजात शत्रु' को उपमा दिनु हुँदै 'राम्रो रचना मीठो नेपाली' को चोरी संस्करण निकाल्नेले पछि उहाँको घरमा क्षमा याचनासहित लेखकस्व दिन आउँदा सो रकम अस्वीकार गरेको तथ्य समेत बताउनु भयो ।



अभिनन्दित व्यक्तित्व साहित्यकार पराजुलीले आफूले लेखेका कृतिहरु गन्न नभ्याएको तर गनेर हेर्दा मौलिक र सम्पादित गरी आफ्नो उमेरभन्दा वढी कृति प्रकाशित भैसकेको चर्चा गर्दै सवै कृतिहरु गरी ३५ लाखको संख्यामा पाठकहरुमा पुगिसकेको बताउनु भयो । आफू अमेरिका आउनु कोलम्वसको अमेरिका यात्रा जस्तै भएको बताउँदै आफू इन्सुलिनको भरमा बाँचेको तथा बाँचुन्जेल भाषा साहित्यमै लागिरहने कुरा प्रस्ट पार्नुभयो ।

उहाँले नेपाली भाषा अत्यन्त समृद्ध भाषा भएको चर्चा गर्दै प्रवासमा विविध कारणले बसोवास गर्ने नेपालीहरुलाई राष्ट्रको माया तथा भाषाको माया गरिरहन आग्रह गर्नु भयो ।

सो कार्यक्रममा प्रमुख अतिथि राजदूत शर्माले साहित्यकार पराजुली, उहाँकी धर्मपत्नी नीरा पराजुलीलाई फूल माला अर्पण गर्नु भएको थियो भने आयोजक समितिका सदस्य वसन्त श्रेष्ठले पढेर सुनाएपछि अभिनन्दनपत्र हस्तान्तरण गर्नु भएको थियो ।

सो अभिनन्दन पत्रमा 'तपाईंले 'राम्रो रचना मीठो नेपाली' जस्तो कालजयी, लोकपि्रय र नेपाली वाड०मयको गीता समान कृति दिनु भएर लगाउनु भएको गुन युगयुगसम्म नेपाली साहित्यले विस्रने छैन' भनिएको छ ।

सो अभिनन्दन समारोहमा अमेरिकामा भएका संघसंस्थाहरुको छाता संस्था एएनए लगायत डिसी, मेरिल्याण्ड र भर्जिनियाका सकि्रय १० संघसंस्थाहरुको तर्फवाट पनि सम्मानपत्र प्रदान गरिएको थियो ।



एएनएका तर्फवाट अध्यक्ष सिमोन ढुँगाना, एएनएसका तर्फवाट अध्यक्ष खेम भट्टचन, एन्पिपिएका तर्फवाट लक्ष्मण प्रधा,न एनओएका तर्फवाट राजेश श्रेष्ठ, आईएनएलएस डिसीका तर्फवाट शरद निरोला, डव्लूएफएनका तर्फवाट होमराज आचार्य, वानाका तर्फवाट गौतम दाहाल, एनआरएनका तर्फवाट राम खरेल, आइएनएलएस मेरिल्याण्डको तर्फवाट नायिका पूजा चन्द, रेडियो दोभानका तर्फवाट नगेन्द्र पौडेल, हिमाली आँगनका तर्फवाट राम वस्याल, नाजाका तर्फवाट गिरिश पोखरेल तथा म्याग्दी समाजका तर्फवाट पारशमणि श्रेष्ठले सम्मानपत्र, फूलका गुच्छा एवम् शुभेक्षा प्रदान गर्नु भएको थियो ।

कार्यक्रमको शुरुमा अभिनन्दन समारोह समितिका संयोजक गोविन्द गिरी प्रेरणाले स्वागत मन्तव्य प्रस्तुत गर्दै यस क्षेत्रका सवै संघसंस्थाहरुको सहभागितामा यो समारोह हुनुले आपसी सद्भाव देखिएको बताउँदै साहित्यकार पराजुलीको यो अभिनन्दनले नेपाली साधकको प्रतिकात्मक सम्मान भएको बताउँदै सवैको स्वागत गर्नु भएको थियो ।

धनकुटा वहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख उपेन्द्र पोखरेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन आयोजक समितिका सदस्य कवि हेमन्त श्रेष्ठले गर्नु भएको थियो भने आयोजक समितिका सदस्य वासु श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रममा डिसी, मेरिल्याण्ड, भर्जिनिया र पैिन्सलभैनियाका भाषा, साहित्यप्रेमीहरुको ठूलो संख्यामा उपस्थिति थियो ।

कार्यक्रमको अन्तमा हिमाली आँगनको सौजन्यमा जलपानको व्यवस्था गरिएको थियो ।

-Govinda Giri Prerana in Washington D.C.

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?