NEWS: बिबिसी नेपाली सेवा ::

Inside

न्यू योर्कमा "बेस्ट अफ शम्भू राई" र "देउसि-भैलो" म्यूजिक भिडियो एल्बम बिमोचन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Suresh Chamling Rai   
Tuesday, 13 October 2009 05:08
Updated: न्यू योर्क- नेपालका बरिस्ठ गायक एबं संगितकार शम्भु राइको "बेस्ट अफ शम्भू राई" र "देउसि-भैलो" म्यूजिक भिडियो एल्बम न्यू योर्क कुइन्सस्थित हिमालयन याक रेस्टुरेन्टमा बिमोचन गरिएको छ।
 

Janaki Rai releasing two music albums in New York. Photos Lab K. Budhamagar

भोजपुर तिवारी भंज्यांग गाबिसस्थित श्री सिहं जलेस्वरी प्राथमिक बिध्यालय पौवा खेशांगको सहयोगार्थ अमेरिका निवाशी भोजपुरे लीला राईको यु एम् म्यूजिक सेन्टर र नेपालका बरिस्ठ गायक एबं संगितकार शम्भू राईको श्रद्दा रेकर्डिंग स्टूडियोको संयुक्त लगानीमा गीति एल्बम "बेस्ट अफ  शम्भू राई" र लीला राईको लगानीमा "देउसी भैलो" नामक म्यूजिक भिडियो बजार मा ल्याइएको हो।

वयोवृद्द जानकी राईले बिमोचन गर्नु भएको उक्त म्यूजिक भिडियोको बारेमा बोल्नु हुँदै लगानिकर्ता लीला राईले आफु पढेको बिध्यालयको आर्थिक अवस्था अत्यंत दयनीय रहेको र बिदेशमा रहेको नेपालीहरुको सानो सहयोगले कलिला बालबालिकाहरुको उज्जवल भविष्यको लागी टेवा पुग्ने भएकोले आफु यस कार्यमा लागेको कुरा बताउनु भयो। उहाँले सबै सहयोगीहरुलाई धन्यवाद दिँदै डिभीडि बिक्रीबाट उठेको रकम पारदर्शी किसिमले बिध्यालयलाइ हस्तांतरण गरिने कुरा पनि बताउनु भयो। बेस्ट अफ शम्भू राईमा ८ वटा गीतहरु रहेको र "बाटो हेरे हुन्छ आमा" भन्ने रचनाकार श्रवन मुकारुंगको गीतको शूटिंग न्यू योर्कमा गरिएको र त्यसमा नायक भुवन केसी  र अमेरिकन कलाकार ग्रेटचीन रोएटर्सले अभिनय गरेको जानकारी गराइएको छ।
 
 
उक्त कार्यक्रममा ग्रेटचीन रोएटर्सले नेपाली कम्युनिटीको लागी सहयोग गरेको र नेपाली गीतमा मोडलिंग गर्नु नौलो अनुभव र रमाइलो पनि भएको कुरा बताउनु भयो।
 
Updated: उक्त न्यू योर्कमा छायाङ्कन गरिएको भिडियो एल्बमको भिडियो सुटिङ तथा एडिटिङ निशुल्क रुपमा मोक्तान डिजिटलका शम्भु मोक्तानले गर्नु भएको थियो। एडिटिङमा लीला राइको पनि सहयोग थियो।

देउसी भैलो म्यूजिक भिडियोमा शम्भू राई, राम नेपाल, पार्वती राई, लक्ष्मी अधिकारी, सरला राई, कला राई, श्रद्दा राईको स्वर रहेको छ। स्थानीय नेपालीहरुको बिसेस जमघट भएको उक्त बिमोचन कार्यक्रमको संचालन सुरेश चामलिंगले गर्नु भएको थियो।

-Suresh Chamling in New York

Comments

avatar shambhu moktan
0
 
 
Suresh ji mentioned everything about the album released by U&M Music but he did not mention that who was playing major roles to make Music Video BATO HERE HUNCHHA..
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?