| न्यू योर्कमा स्व. महामानब बिपीको सम्झनामा पनि मन मिल्न नसके पछि ! |
|
|
|
| Written by Pradeep Thapa Magar | |||
| Wednesday, 29 July 2009 11:14 | |||
|
न्यू योर्क- कस्तो बिडम्बना ! जुलाई २८ साँझ २७ औ बिपी स्मृति दिवस त मनाइयो तर पनि न्यू योर्कका काँग्रेसी बन्धुहरु एक हुन सकेनन्। संयुक्त राष्ट्र संघीय शान्ती मिसन नेपाल 'अन्मिन' का पूर्व प्रमुख इयान मार्टिनको प्रमुख आतिथ्यमा आयोजित उक्त स्मृति दिवसमा बक्ताहरुद्वारा तर बिपीको समाजबाद र राष्ट्रिय मेल मिलापको स्मरण गरियो ।
Ian Martin, former ANMIN Chief paying tribute to BP Koirala. Photos: eEyeCam
कार्यक्रममा प्रमुख अतिथी मार्टिनले न्यू योर्कमा आफु पहिलो चोटि नेपाली समुदायले राखेको पब्लिक कार्यक्रम बिपी स्मृति दिवसमा सहभागि हुन पाउँदा अत्यन्त खुशी लागेको बताउनु हुँदै बिपी र नेपाली कांग्रेसको सोसलिज्मको चर्चा गर्नु भयो। उहाँले आफु पहिले बेलायतको लेबोर पार्टीको सदस्य भएकोजानकारी गराउदै दुइटै पार्टी सोसलिस्ट इन्टर्नेसनलको सदस्य रहेको जानकारी गराउनु भयो।
उहाँले शान्ती प्रकृयामा अन्मिनको लिमिटेसनहरु भएको बताउदै नेपाली दलहरुको भूमिका महत्वपूर्ण हुने बताउनु भयो।
Ian Martin, former ANMIN Chief paying tribute to BP Koirala. Photos: eEyeCam
दश बर्से जनयुद्ध पछि नेपालमा भएको शान्ती सम्झौता र त्यस पछिको शान्ती प्रकृया अत्यन्त सकारात्मक रहेको उल्लेख गर्दौ मार्टिनले भन्नु भयो- "यो शान्ती सम्झौता मेड इन इन्डिया होइन, नेपाल मै नेपालीहरुले नै गरेको हो।"
Dr. Tara Niraula, Suman Pradhan, Ian Martin and Anand Bist. Photos: eEyeCam
राजनीतिक दलहरुले संबिधान सभाको निर्वाचनपछि शान्ती प्रकृया अघी बढाउन आशा गरे अनुरुप समझदारी कायम जारी नराखेको बताउदै मार्टिनले अगाडि भन्नु भयो- "तर आज मैले खुलेर भन्नै पर्ने हुन्छ कि यो शान्ती प्रकृया सफलतापूर्वक सम्पन्न हुन सक्दैन कि भनेर म निक्कै चिन्तित छु।"
कार्यक्रममा बोल्दै नेपाली समाजका अगुवा डा. तारा निरौलाले बिपी कोइरालाको राष्ट्रिय मेल मिलापको अबधारणा नेपालको बर्तमान परिप्रेक्ष्य हेर्दा खेरी धेरै महत्वपूर्ण र सान्दर्भिक देखिने बताउनु भयो।
Dr. Tara Niraula. Accidentally, we've lost (deleted from the memory card) many photos related to this event. We're sorry.
उहाँले भन्नु भयो- "कुनै पनि प्रजातन्त्रमा विश्वाश गर्ने पार्टीहरुको संगठन भित्र नै प्रजातन्त्रको परिपक्कता आउन अझै बाँकी देखिन्छ। यदी नेपालमा प्रजातन्त्रमा विश्वाश गर्ने सम्पूर्ण शक्तीहरु मेल मिलापको आधारमा एकिक्रित भएर बस्दछन् भने अहिले नेपालको जुन परिस्थिती छ त्यो अर्को प्रकारले बढ्ने कुरामा कुनै शंका छैन। तर समस्या के भएको छ भने राष्ट्रिय मेल मिलापको बातावरण नेपालमा अहिले पनि राजनीतिक मन्चहरुमा देखा परेको छैन। शक्तिको भोकबाट मात्र अगाडि बढेको देखिन्छ।"
उता काँग्रेस नेत्री म्रिदुला कोइरालाले अमेरिकि कांग्रेसी बेमेलको तितो पोख्दै बिपीसँग आफुले बाल्यकालमा भेट गरेपछि घटेको अत्यन्त मार्मिक कहानी सुनाउनु भयो।
बिपी कोइरालाको कार्यक्रममा जान आफुलाई कुनै निम्ताको जरुरी नहुने बताउदै कोइरालाले भन्नु भयो- "तर मलाई अली कती खड्केको के लाग्यो भने हाम्रो पार्टिका धेरै साथीहरु मैले यहाँ देखेको छैन। शायद आज विक डे परेको भएर पनि होला तर बिपी बाबुसंगै बसेर काम गर्नु भएका कतिपय अग्रज दाजुभाईहरु न्यू योर्क मै हुनुहुन्छ। उहाहरुले पनि यहाँ आएर बिपीसंग बिताएका सुख दु:खका कुराहरु बताइदिनु भएको भए अझ राम्रो हुन्थ्यो।
Mridula Koirala, Dr. Tara Niraula, Suman Pradhan, Ian Martin and Anand Bist. Photos: eEyeCam
बिपीको समाजवाद फाटेको टोपी र भोटोमा लुकेको छ
काँग्रेस नेत्री कोइरालाले बिपीको समाजवाद फाटेको टोपी र भोटोमा लुकेको प्रसंग यसरी सुनाउनु भयो-
"पिताश्री कृष्णप्रशाद कोइरालाले जब एउटा मजदुर ढाकरेले लाएको एउटा फाटेको भोटो र फाटेको टोपी जब राणा कालिन प्रधानमन्त्रीलाई पार्शल गरेर पठाउनु भयो त्यस पछाडि के भावना थियो भन्ने कुरा अहिले धेरै सान्दर्भिक छ जस्तो मलाई लाग्छ। किनभने त्यो भावना पछाडि बिपीले बोक्नु भएको र नेपाली कांग्रेसले भनेको समाजवाद त्यही फाटेको भोटो र फाटेको टोपीको भित्र लुकेको छ जस्तो मलाई लाग्छ।"
"ठुलो मान्छे होइन असल मान्छे बन"
बिपी कै सम्झनामा यो कुरा गर्दा उहासंग मेरो धेरै बर्ष पहिले भएको एउटा घटना सुनाउन चाहन्छु। आजभन्दा ३५/३६ बर्ष पहिलेको कुरा हो। सबैभन्दा पहिले मैले बिपी बाबुलाई बनारसमा भेट्ने मौका पाएको थिएं। म ७/८ बर्षको थिएं हुँला। मेरी आमा मलाई लिएर पटना जानु भएको थियो। हामी हाम्रो परिवारको नातेदार र बिपी बाबुको घनिस्ट मित्रको घरमा बसेका थियौं। भोली पल्ट बिपीले मलाई त्यस बेला बिहारका गभर्नर देबकान्त गरुवाको घरमा लिएर जानु भयो। म केटाकेटी मान्छे मैले त्यस्तो अलिशान महल, सजिसजावट कहिल्यै देखेको थिइन्। मलाई अचम्म लाग्यो।
भोली पल्ट फेरी बिपिले अर्को एउटा नेताको घरमा लिएर जानु भयो। त्यो नेताको चाँही कस्तो भने साधारण घर, बाहिर ठुलो आँगन, त्यही आँगन भरी डोरीले बुनेका खटियाहरु राखिएका अनि त्यहाँ सबै राजनीतिक नेताहरु बस्नु भएको थियो।
तर त्यहाँबाट फर्किने बेलामा बिपिले मसंग सोध्नु भयो- "तिमिलाई हिजो गा'को घर मन पर्यो कि आज गा'को घर मन पर्यो?" भन्नु भयो। मलाई लाग्यो त्यत्रो अलिशान महल र आजको झुपडी तुलनै गर्न मिल्दैन। मैले त्यती जवाफ दिन सकिन तर उहाँ असाध्य चाइल्ड साइकोलोजी एकदम बुझ्नु हुन्थ्यो। र उहाँले हाँसेर मलाई के भन्नु भयो भने- "हिजोको ब्यक्ती जो हो उहाँलाई पदले ठुलो बनाएको हो। भोली उहाँको त्यो पद गएपछि उहाँले त्यो मान सम्मान पाउनु हुन्क्छ कि हुन्न त्यो त थाहा छैन तर आज हामी जस्को घरमा गयौं त्यो जनताको ब्यक्ती हो। उहाँको पद छैन तर भारत राष्ट्रमा मात्र होइन संसार भरी नै उहालाई मानिन्छ र श्रद्धा गरिन्छ। उहाँ कोही नभएर समाजअवादी पार्टिका नेता जयप्रकाश नारायण हुनुहुन्थ्यो। त्यो बेला बिपिले मलाई भन्नु भयो- " ठुलो मान्छे होइन असल मान्छे बन ।" मलाई त्यो बेला बिपिले भनेका कुरा अहिले पनि त्यती कै छाप परेको छ।
अर्को एउटा घटना यस प्रकार छ:
"त्यती बेला म बनारसमा पढ्थें। हामी बनारसबाट गोरखपुर जान लागेका थियौं तर ट्रेन मिस भयो र हामीले धेरै बेर अर्को ट्रेनलाई कुर्नु पर्यो। त्यती बेला एउटा वेटरले दुइटै हातमा ४/५ वटा प्लेट लिएर हिड्दा स्टेसनमा मान्छेहरुको भिड र धक्कम धक्काले गर्दा वेटरको हातको प्लेट र खाना सबै ट्रेनको लिकमा पोखियो। त्यतिखेर ट्रेनको ड्रेनेज, फोहोर लिक मै खस्थ्यो तर गरीब र भोका केटाकेटीहरुको हुलले त्यो फोहोरमा खसेको खाना हारालुस गरेर खाए। त्यो बेला शैलजा दिदी पनि हामीसंगै हुनुहुन्थ्यो। त्यो द्रिश्य देखेर शैलजा दिदीको आँखाबाट चाँही आँसु आयो। उता बिपीले धेरै बेर घोत्लिएर त्यो द्रिश्य हेर्नु भयो र के भन्नु भयो भने- " हाम्रो देश गरीब मुलुकहो तर एक छाक गुन्द्रुक र भात सबैले खान पाएकाछन्।"
तर मलाई थाहा छैन ३५ बर्ष यता साँच्ची नै नेपाली जनताले एक छाक खान पाएका छन् त? यो कुरा सोच्नु पर्ने बेला आएको छ।"
कार्यक्रममा गीता खत्री र बिनोद रोकाले कबिता पाठ गर्नु भएको थियो।
Geeta Khatri. Accidentally, we've lost (deleted from the memory card) many photos related to this event. We're sorry.
उक्त स्मृति समारोहमा बेद्प्रशाद खरेलद्वारा स्वागत गरिएको थियो भने सन्चालन डा. बिनोद शाहले गर्नु भएको थियो।
Bedprasad Kharel.
कार्यक्रमको सभापतित्व गर्नु भएका बिघटित नेपाली जन संपर्क सिमितीका अध्यक्ष आनन्द बिष्टले बिपिको मेल मिलाप निती आजको परिप्रेक्षमा उत्तिकै सान्दर्भिक भएको बताउदै सम्पूर्ण काँग्रेसी बन्धुहरुलाई एकताबद्ध हुन आह्वान गर्नु भयो। उहाले आफुबाट केही गल्तिहरु भएका भए आफुले माफि माग्न तयार रहेको जानकारी दिनु भयो।
Anand Bist honouring Ian Martin. Photos: eEyeCam. Accidentally, we've lost (deleted from the memory card) many photos related to this event. We're sorry.
नेपाली जन संपर्क समिति अमेरिका नामको दुई वटा संगठन (देबकोटा र बिष्ट समुह) लाई गत महिना जून १८ तारिख जारी गरिएको नेपाली काँग्रेस केन्द्रिय समिती कार्यालयको एक पत्रद्वारा बिघटन गरिएपछि दुई समुहका काँग्रेसी बन्धुहरु एक हुने आशा गरिएको थियो।
-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or,
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Dr. Binod Shah.
Nepalese at the BP Memorial Day in New York. Photos: eEyeCam. Accidentally, we've lost (deleted from the memory card) many photos related to this event. We're sorry.
Read related news:
Read our feature stories:
-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो - न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट -Adhikaar: Nepalese Women's Voice in New York (25 photos) -सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन् (24 Photos)
|
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- New York Nepalese Community News
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- Unsung Heroes: Hope for New Nepal
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- English Section News Archives 07-08-09
- News Archives: Featured News
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- Canada Nepalese Community News
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- Faces of the Week साताको अनुहार
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- Nepalese Songs & Dance
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- न्यू योर्कमा होलीको रंगोली !
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- Challenges of the 21st Century Series by Pradeep Thapa
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- World Music: Music, Song, Dance
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- न्यू योर्कमा नेपाली महिलाहरुको रमाइलो नयाँ बर्ष कार्यक्रम सम्पन्न
- न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा नेपाली महिलाहरुले बुझे स्वास्थ्य नै धन हो
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Live Broadcasting Shows / Interview Archive
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- A Son of a Priest, now Hero in a World's Best University
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- Indigenous Issues
- न्यू योर्कमा नेपाली काँग्रेस समर्थकहरुको साझा अन्तर्कृया भोली
- न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कमा नेपाली कला मन्चद्वारा दसैं साँझ सेप्टेम्बर २६ मा हुँदै
- Jharato: Dr. Krishna B. Bhattachan
- Nepalese Coalition in New York Discussed on New Nepal’s Future
- न्यू योर्कमा नेपाली जन संपर्क समीति अध्यक्ष सोमनाथ घिमिरे घाइते
- सोइ ढोले सोइ घन्किदै छ न्यू योर्क शहरमा
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली






















Comments