NEWS: बिबिसी नेपाली सेवा ::

Inside

न्यु योर्कमा किरात याक्थुङ चम्लुङको उधौली पर्व PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Indira Chongbang   
Wednesday, 09 December 2009 05:13

न्यु योर्क- किरात याक्थुङ चम्लुङ अमेरिका न्युयोर्क च्याप्टरले आयोजना गरेको किरातीहरुको महान पर्व उधौलि लिम्बु जातिको चासोक तङनाम कार्यक्रममा ४० जना लिम्बुहरुको सहभागिता रहेको थियो ।

Limbu Chasok being celebrated in New York. Photos Indira


परापुर्बकालमा मानिसको उत्पतिको समयपछि जब बिकसित रुपमा खेतिपातिको युग शुरु भयो उक्त समयपछि नै लिम्बुहरु आफुले लगाएका अन्न बालीलाई तागेरा निवा फुङमा, लिम्बुले मान्ने देवतालाई चडाएरमात्र खाने चलन रहँदै आएको छ । आफुले उब्जाएको बालीनालीको पुजा नगरि खाएमा उक्त समयमा बिरामी हुने भएकोले पुजा गर्ने परम्परा रहेको हो । भुमिपुत्र किरातीहरु लिम्बु राई याख्खा सुनुवार आदि सबैले यो चाड उधौलि पर्वकोरुपमा मान्ने चलन छ ।

किरातीहरु वर्षमा उधौलि र उभौलि गरी दुईचोटी चाड मनाउँछन् । उधौलि पर्ब मंसिर पुर्णिमामा पर्छ, उक्त समय भनेको पाकेको अन्नबाली आफ्नो पितृहरुलाई चढाउने हो भने उभौलि पर्व बैशाख पुर्णिमामा पर्छ उक्त समय भनेको बालिनालि लगाउने समय हो । यसरी किरातीहरु अन्नबालि पाक्नॆ समयमा र अन्नबाली लगाउने समयमा दुईचोटि आफ्नो पितृलाई मनाउने गर्छन् । अहिले नेपालमा यो पर्व सरकारले राष्टिय पर्वकोरुपमा घोषणा गरिसकेको छ ।

'अमेरिकामा अन्नबाली त हुने कुरा भएन तैपनि परिश्रम गरेर कमाएको पैसा नै हाम्रो लागि अन्नबाली हो, त्यसैले हामीले हाम्रो पितृलाई यही चढाउँछौं' भन्दै कार्यक्रममा सहभागिहरुले दक्षिणा चढाए । कार्यक्रममा लिम्बुजातिको अग्रज तथा लेखक अमर नेमबाङले चासोक तङनामको औचित्य र महत्व बारेमा प्रष्ट पारे । त्यसका साथै याक्थुङ चम्लुङ न्युयोर्क चयाप्टरका सल्लाहकार तथा अधिबक्ता दुर्गा सुब्बाले अहिलेको यस समयमा यो कार्यक्रम यहाँ रहँदै आएका बच्चाहरु र यही जन्मिएका नयाँ सन्तानहरुलाई आफ्नो संस्कार र संस्कृति सम्बन्धि सचेत गराउन महत्वपुर्ण भएको बताए । सोही अवसरमा किरात याक्थुङ चम्लुङ न्युयोर्क च्याप्टरले अमेरिकाको कानुन अनुसार अमेरिकामा स्थायी बसोबास गर्न अनुमति प्राप्त गर्ने लिम्ब हरुलाई बधाईपत्र प्रदान गरे ।

कार्यक्रमले सांस्कृतिक सचेतना र परम्परा त कायम गर्यो नै यसका साथै सँधै काममा व्यस्त दिदीबहिनी, दाजुभाईहरुलाई एक आपसमा भेट्ने अवसर र रमाइलो गरी आफ्नो दुख भुल्ने अवसर समेत जुराएको सहभागिहरुको भनाई थियो।

संस्थाका सल्लाहकार प्रेम मेन्याङबोले कार्यक्रमको थालनी तथा हाक्पारेमा उपाध्यक्ष देबेन्द्र सम्बाहाम्फेको प्रमुख भुमिका रहेको थियो ।

यो चाड डिसेम्बर दई तारिखमै मनाउनु पर्ने हो तर समय अभाबका कारण र सबैका व्यस्तताका कारणले शनिबारको समय मिलाएर मनाइएको हो । अन्त्यमा सहभागि सम्पुर्णलाई धन्यबाद ज्ञापन गर्दै संस्थाका अध्यक्ष बिनोद पोमोले कार्यक्रमको विसर्जन गरेका थिए ।

-Indira Chongbang in New York.






Photos: Indira Chongbang

Comments

Editing le sense of understandingma ali asar paryo jasto lagyo editor jyu
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?