NEWS: बिबिसी नेपाली सेवा ::

Inside

न्यू योर्कमा नेपाली कला मन्चद्वारा दसैं साँझ सेप्टेम्बर २६ मा हुँदै PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Prathaa Magar   
Tuesday, 22 September 2009 01:54
न्यू जर्सीमा सेप्टेम्बर २४ मा हुँदै
न्यू योर्क - न्यू योर्क कला मन्चले हरेक बर्ष झै यसपाली पनि हिन्दू धमाबलम्बी नेपालीहरुको महान चाडको अबसरमा दसैंको रमाइलो सांगितिक साँझ आगामी सेप्टेबर २६ तारिख बेलुकी आयोजना गरेको छ।

न्यू योर्क कला मन्चले सन् २००० देखी उक्त साँझमा बिबिध साँस्कृतिक कोशेली पस्किदै आउनुका साथै नेपालमा कला क्षेत्रमा बिशिस्ट योगदान पुर्याउने कलाकारहरुलाई र बिदेशी कलाकार र समाजसेवीहरुलाई सम्मान गर्दै आएको छ।
 
 
मन्चका संस्थापक मध्येका एक तथा नेपाली रंगमन्चका बरिस्ठ कलाकार रामराज छेत्रीका अनुसार मन्चले हालसम्म नेपालमा लोक गायक प्रेमदेबी गिरी, गायिका स्व. कोइली देबी, गायक भक्तराज आचार्य, अभिनेत्री शुभद्र अधिकारी, संगितकार स्व. न्हुछे नारायण डङ्गोल, द्वन्द निर्देशक गोपाल भुटानी, निर्देसक स्व. दिपक आलोक र संगित निर्देसक कमल छेत्रीलाई नगद र कदल पत्रले सम्मान गरिसकेको छ।

त्यसै गरी, अमेरिकामा सम्मानित कलाकार र समाजसेवीहरुमा Dance Theater of Nepal (Sherry Ona Handline), कलाकार ध्रुब वन्त, नारायण श्रेष्ठ (CO), फुलबारी क्लब (Mass), गायिका गोमा गुरुङ (NY), गायक संजोग लामा (NY), नायक सरोज खनाल, कलाकार देबी थापा वली, निर्देसक बिनोद वली, नायिका सारङ्गा श्रेष्ठ हुनुहुन्छ।

सन् १९९८ मा न्यू योर्क शहर कुइन्समा स्थापित गरिएको उक्त कला मन्चले न्यू योर्कमा आफ्नो एक अलग पहिचान बनाउन सफल भएको छ।

कला मन्चका संस्थापकहरुमा रामराज छेत्री, न्हुछेनारायण डङ्गोल, कर्मा ग्याल्जेन शेर्पा, शिर्शिर श्रेष्ठ, नायिका सुबर्णा छेत्री, गायिका गोमा गुरुङ, राम नगरकोटी, नरबहादुर दाहाल हुनुहुन्छ।

यस कला मन्चसंग आबद्ध अन्य कलाकार सदस्यहरुमा सुर्यमाला शर्मा खनाल, सुनिल उप्रेती, रोशनप्रताप राना, निर्देसक कृष्णमुरारी ढुङ्गेल, निर्देसक नबिन केसी, न्रित्य निर्देसक लुना केसी, गायक सानु शेर्पा, गायक कर्ण दास, गायिका सपना श्री, संगितकार बिमल बुढाथोकी, गायक रोशन गुरुङ, गायक राजेन्द्र राइ र सहयोगीहरु जीत गुरुङ र दिपक श्रेष्ठ हुनुहुन्छ।
 
 
उता न्यू जर्सी राज्य मा फ्रेन्ड्स अफ नेपाल न्यू जर्सी ले आगामी सेप्टेम्बर २४ तारिख नेपाल का ख्याती प्राप्त कलाकार शम्भुजित बास्कोटा को उपस्थिती मा दसैं साँझ को आयोजना गरेको छ। उक्त सांझ इडिसन न्यू जर्सी मा आयोजना गरिनेछ।
 
-Prathaa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
 
For more New York Nepalese community news go to:
 
Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌  (24 Photos)

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?