| न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन् |
|
|
|
| Written by Pradeep Thapa Magar | |||
| Thursday, 14 May 2009 04:11 | |||
|
३ बर्ष अघी न्यू योर्क आएकै दिन नेपालमा श्रीमानको देहान्तको पिडा न्यू योर्क- "म गूड् बाइ भन्न चाहन्न, म फेरी फर्केर यहाँ आउन र फेरी यो संसारमा तपाईंहरु जस्तै रमाउन र नयाँ जीवन जिउन चाहन्छु।" यो भनाइ हो दुइटै म्रिगौला बिग्रिएर (५ प्रतिशत मात्र काम गरिरहेको) उपचारको लागि गत सोमबार न्यू योर्क शहरबाट नेपाल फर्किएकी धनमाया तामाङको। उनी हिजो साँझ सकुशल नेपाल फर्किन सफल भएकिछिन्।
Dhanmaya Tamang in New York. Photos: eEyeCam न्यू योर्कमा यो समाचार लेख्दै गर्दा (बिहिबार बिहान ३ बजे EST) धनमाया काठमाडौंस्थित डा. ॠषि काफ्लेको क्लिनिक National Kidney Center बनस्थलीमा डाक्टरहरुसँग सल्लाह र उपचारका लागि पुगेकिछिन्। म्रिगौला रोगका बिशेसग्य डा. काफ्ले चाँही यतिखेर अमेरिककामै रहेको र एक हप्ता पछि मात्र नेपाल फर्किने यो पन्क्तिकारसँग धनमायाले टेलिफोनमा बताइन्। कुराकानीको क्रममा धनमायाले न्यू योर्कबासी नेपाली दाजुभाइ दिदीबहिनिहरुहरुलाई आफुले धेरै धेरै सम्झेको र धन्यवाद दिन चाहेको बताइन्। अकल्पनीय रोगको अबिश्वासनीय घटनाक्रम यस्तो छ गत मार्च २ मा टाउको दुखेर जाच गर्न न्यू योर्कको एल्म्हर्स्ट अस्पताल कुइन्समा गएकी ३५ बर्शिय धनमायालाई जब डा. ब्राउनले उनको म्रिगौलाले शिर्फ १४ प्रतिसत काम गरेको बताइन् उनलाई त्यो विश्वाश नै लागेन। उनको स्वास्थ्यमा एक्कासी आएको परिवर्तन र अकल्पनिय रोगको चिन्ताको कारण धनमाया थला परीन्, उनले खाँदै आएको ओखती बान्ता गरेर फालिन्। त्यही कारण मार्च २ मा १४.५ प्रतिसत काम गरेको उनको म्रिगौला २ तारिख मैइसम्म आइ पुग्दा ५.३ प्रतिशतमा झर्यो। म्रिगौलाले १४.५ प्रतिसत काम गर्दा डा. ब्राउनले ६ महिनाभित्र म्रिगौला प्रत्यारोपण गर्नु पर्ने बताएकी थिइन् तर अब ५.३ प्रतिशतमा झरेपछि धन मायालाई नेपाल जानुको शिवाय अर्को बिकल्प रहेन। त्यसो त उनी डायलिसिस गरेर यतै बस्न सक्थिन्, ७०-८० हजार अमेरिकि डलर खर्च गर्न र म्रिगौला दिने ब्यक्ती भेट्टाउन सके अनि ३ महिनाको 'वेइटिङ लिस्ट' सम्म पर्खन सके उनी यतै बस्दा पनि हुने थियो। तर उनले भनिन्-"मेरो नेपालमा शिर्फ आमा र दुई साना छोराहरु मात्र छन्। म उनिहरुलाई एक पटक भेट्न चाहन्छु। मलाई विश्वाश छ, मैले यहाँ नसके पनि नेपालमा या इन्डियामा गएर म्रिगौला फेर्न सक्छु।" डाक्टरहरुले म्रिगौलाको यस्तो हालतमा र उच्च रक्त चाप भएको यस्तो अवस्थामा हवाइ जहाजमा उडान गर्न मना गरेका थिए। तर धनमायाले जाने निधो गरिन्। भाग्यबश उनी सकुशल काठमाडौं पुग्न सफल भईन्। धनमायाको सहयोगको लागि न्यू योर्कका नेपाली यसरी जुटे Singers Roshan Gurung, Tilak Shrestha and Sapana Shree. Photos: eEyeCam यता धनमायाको म्रिगौला नेपाल या भारतमा प्रत्यारोपण गर्दा लाग्ने खर्च ७-८ लाख रुपैयाँ उठाउन न्यू योर्कस्थित नेपाली कलाकारहरु र तामाङ सोसाइटी अफ अमेरिकाले हतारमा दुई छुट्टा छुट्टै सहयोग सङ्कलन कार्यक्रमहरुको आयोजना गरे। उक्त कार्यक्रमहरुमा न्यू योर्कबासी नेपालीहरुले मन खोलेर सहयोग गरे। सोसाइटिले ३ हजार २ सय डलर उठाउन सफल भयो भने कलाकारहरुको सङ्गितिक साँझबाट ५ हजार ६ सय डलर उठ्यो। Dhanmaya and her relative sister Manju Bista with singers Milan Lama and Kunti Moktan. Read more about Tamang Society's fundraiser event तामाङ सोसाइटीले गत शनिबार हिमालयन याक रेस्टुरेन्ट, ज्याक्सन हाइट, कुइन्समा नेपालका चर्चित गायिका कुन्ती मोक्तान र चर्चित लोक गायक मिलन लामाको सम्मान साँझमा तामाङ समाजले भबिश्यमा आबस्यक परे थप सक्दो सहयोग गर्ने बताएर धनमायालाई ठुलो हौसाला दिए। गायक मिलन लामाले आफ्ना चर्चित गीतहरु गाएर उपस्थित महानुभावहरुलाई खुब मनोरन्जन दिलाए। Singer Kunti Moktan. Photos: eEyeCam यता न्यू योर्कका नेपाली कलाकारहरुले नेपाल-जापान रेस्टुरेन्ट, सनीसाइड कुइन्समा आयोजना गरेको धनमाया सहयोग साँझमा गायिका कुन्ती मोक्तानले आफ्ना मिठा मिठा गीत गाएर सहयोग गर्नु भयो भने आयोजक अन्य कलाकारहरुमा रोशन गुरुङ, सपना श्री, सन्जोग लामा, तिलक श्रेष्ठ, पूजा राइ, राजेन्द्र राइले आ-आफ्ना गीत प्रस्तुत गरेका थिए। सहयोगदाताहरुको पूर्ण विवरण नामावली पछि प्रकासित गरिने छ। यसरी दियो धनमायालाई भाग्यले धोखा ३ बर्ष अघी न्यू योर्क आएकै दिन नेपालमा श्रीमानको देहान्तको पिडा अहिले धनमायाका दुई छोराहरु (जितु १६ बर्ष, बिकी १२ बर्ष) अनि आमा बिष्णुमाया जोरपाटी अत्तरखेलमा यिनले आफ्नो ६ बर्षको बिदेश बसाइको कमाइबाट बनाएको घरमा बस्दछन्। उनको पुरानो घर चाँही सिन्धुपाल्चोकको मि गाउँ हो। सन् २००३ मा एक रसियन डाक्टर परिवारको नानीको हेरचाह गर्न इजिप्ट पुगेकी धनमाया सो परिवारसँगै B1 भिसामा सन् २००४ को अप्रिल ११ मा अमेरिका आएकी थिइन्। तर दुर्भाग्य ! उता दिल्लीमा दिमाकमा भएको ट्युमर अप्रेसनबाट घर फर्केका उनका श्रीमान अनिल लामा धनमाया अमेरिका ओर्लेकै दिन नेपालमा बितेछन्। श्रीमानको अकस्मात मृत्युपछि अब धनमायाको काधमा दुई साना छोराहरु र एक्ली आमालाई अमेरिकाबाट खर्च पठाएर देखभाल गर्नु पर्ने भयो। यता रसियन डाक्टर परिवार ब्राजिल जानु पर्ने भयो। धनमायाले ब्राजिल नजाने निधो गरिन् र सन् २००६ को मैइ १४ तारिख न्यू जर्सीस्थित रसियन परिवारको घरबाट भागेर डिसीमा रहेकी एक साथी कहाँ शरण लिन पुगिन्। यसरी अमेरिका बस्न थालेपछि उनको ५ बर्शे मल्टिपल इन्ट्री भिसा पनि काम नलाग्ने भयो। अब धनमाया लाखौं लाख आप्रबासी सरह "अनडकुमेन्टेड" इम्मिग्रेन्ट बन्न पुगिन्। तर यसैबिच उनकी नातेदार मन्जु लामा (बिस्ट) ले धनमायालाई चर्चित ब्रान्ड DKNY कि प्रोमोटर डोना करनकि कान्छी छोरी गाबी करन कहाँ गाबिकी छोरीको देखभाल गर्ने काममा लगाइ दिइन्। त्यहा उनलाई हप्ताको एक हजार अमेरिकि डलर "बेबी सिटिङ" गरे बापत मिल्थ्यो। मन्जु आँफै चाँही डोना करन कहाँ बिगत २३ बर्ष देखी काम गर्थिन्। टाउकाको मोल गत जनवरीमा धनमायाले गाबी कहाँबाट बिदा लिएर टाउको दुख्ने रोगलाई निको नपारी नछाड्ने सङ्कल्प लिइन्। किन कि उनलाई असाध्य टाउको दुख्थ्यो। यो रोग उनलाई नेपाल देखी नै थियो। उनको टाउको दुख्न थालेपछि पेनकिलर ओखतीले पनि छुदैनथ्यो। उनले भनिन्- "मैले नेपालदेखी नै टाउको दुख्यो कि ब्रुफिन, सिटामोल र अनेक ट्याब्लेट नियमित खाने गर्थे। पछि पछि त त्यही ट्याब्लेटले पनि काम गर्न छोड्यो। मैले डबल डोज खान थाले। यही ओखती कै कारण मेरो किड्नी (म्रिगौला) फेल भएको हुनु पर्छ।" तर धनमायाको यो स्विकारोक्तीसँगै उनले गरेको "ड्रग एब्युज" को परिणामले अर्को रुप लिइसकेको थियो। अब धनमायाले पछुताउनु शिवाय के नै गर्न सक्थिन् र ! यसरी धनमायाको अमेरिकामा बसेर राम्रो कमाइ गर्ने अनि नेपालमा छोराहरुलाई राम्रो पढाई गराउने उनको सुन्दर सपना एकाएक चकनाचुर भयो। उनी आँफै अर्काको सहारामा बाँच्न पर्ने स्थिती आयो। तर जब न्यू योर्कका नेपालीहरुले धनमायालाई खुला हृदयले सहयोग गरे त्यसले उनको म्रिगौला प्रत्यारोपण गरेर फेरी नयाँ जीवन जिउने आशा पलाएर आयो। र त उनले उनको सहयोगमा डाकिएका माथि उल्लेखित दुई कार्यक्रममा उपस्थितहरुलाई बिदाइको अङ्कामाल गर्दै भनेकी थिइन्,- "I don't wanna say good bye. I wanna be back." Dhanmaya hugging Jenesh Gurung. Photos: eEyeCam उनले आफ्नो कन्जोर शरीरको ख्याल नै नगरि त्यो भनी रहदा सबैका आँखा रसाएका थिए। धन्य हो- धनमायाको आत्मविश्वाश, धन्य हुन् - ति नेपाली जसले उनलाई सहयोग गरे। धनमायाको म्रिगौला प्रत्यारोपण सफल होस्, उनी फेरी न्यू योर्क फर्कन सकुन्-उनको नयाँ जीवन जिउने अभिलाषा र फेरी न्यू योर्कमा फर्केर सबैलाई भेट्ने बाचा पुरा होस्। -Pradeep Thapa Magar in New York. Comments? 917-570-1098 Singer Roshan Gurung. Photos: eEyeCam Singer Tilak Shrestha Singer Sanjog Lama Singer Puja Rai. Photos: eEyeCam Singer Rajendra Rai Dhanmaya with Nepal-Japan Restaurant owner Mingma Sherpa. Photos: eEyeCam Photos: eEyeCam Read related news:
|
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- New York Nepalese Community News
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- Unsung Heroes: Hope for New Nepal
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- English Section News Archives 07-08-09
- News Archives: Featured News
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- Canada Nepalese Community News
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- Faces of the Week साताको अनुहार
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- Nepalese Songs & Dance
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- न्यू योर्कमा होलीको रंगोली !
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- Challenges of the 21st Century Series by Pradeep Thapa
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- World Music: Music, Song, Dance
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- न्यू योर्कमा नेपाली महिलाहरुको रमाइलो नयाँ बर्ष कार्यक्रम सम्पन्न
- न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा नेपाली महिलाहरुले बुझे स्वास्थ्य नै धन हो
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Live Broadcasting Shows / Interview Archive
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- A Son of a Priest, now Hero in a World's Best University
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- Indigenous Issues
- न्यू योर्कमा नेपाली काँग्रेस समर्थकहरुको साझा अन्तर्कृया भोली
- न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कमा नेपाली कला मन्चद्वारा दसैं साँझ सेप्टेम्बर २६ मा हुँदै
- Jharato: Dr. Krishna B. Bhattachan
- Nepalese Coalition in New York Discussed on New Nepal’s Future
- न्यू योर्कमा नेपाली जन संपर्क समीति अध्यक्ष सोमनाथ घिमिरे घाइते
- सोइ ढोले सोइ घन्किदै छ न्यू योर्क शहरमा
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली






















Comments
People donate everything for religion and entertainment but they don't want to do for some one who are in desperate need. I have seen millions of rupees are donated in the name of temples and gumbas, and pilgrimage. but when some one is in need they just give 100 rupees and most thousand rupees and make a lot of excuses saying my business is bad . bla bla but same day we can see such kind of people in disco , and cabin throwing a lot and lot even in casino.
please please please thing someones problem like your own. act like what you like others to be acted with you .
please help this sister , helping her to live is giving a life and hope to her family and those who suffered the same condition . please my frinds try to help her.