NEWS: बिबिसी नेपाली सेवा ::

Inside

अमेरिकाकालागि नयाँ राजदूतमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्मा प्रस्तावित PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Sitaram Baral & Pradeep Thapa Magar   
Thursday, 30 July 2009 08:04
न्यू योर्कका राष्ट्र संघीय राजदूत मधुरमण आचार्यको सट्टा परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्य
न्यू योर्क / काठमाडौं- अमेरिकाकालागि नयाँ राजदूतको रुपमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्मा आउने भएका छन् भने न्यू योर्कमा नेपाली समुदायमा लोकप्रिय राष्ट्र संघिय राजदूत मधुरमण आचार्यलाई संरासंको परम्परा बिपरित प्रधानमन्त्रीको अमेरिका भ्रमणको मुखमा बिदा गरी नयाँ दूतको रुपमा परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यलाई पठाउने तयारी भएको छ।
 
Dr. Shankar Sharma and Gyanchandra Acharya. Photos courtesy: adb.org & unctadxi.org

संरासंका लागि नेपालका स्थाई प्रतिनिधि तथा राजदूत मधुरमण आचार्य सन् २००५ को अगस्ट ३० मा ४ बर्ष पदाबधीका लागि नियुक्त हुनु भएको थियो। उहाँको कार्यकालमा १२ वटा मुलुकहरुसंग मैत्री सन्बन्ध कायम गरिएको छ। सन्‌ १८१६ मा बेलायतसँग सुगौली सन्‍धि गरी शुरु भएको नेपालको मैत्री सन्बन्ध हालसम्म १२९ मुलुकहरुसँग कायम स्थापित भई सकेको छ।
 
  
Ambassador Madhuraman Acharya welcoming the guests. Photos: eEyeCam

राजदूत मधुरमण आचार्य सन् २००१ देखी २००५ सम्म परराष्ट्र सचिव हुनुहुन्थ्यो भने सन् १९९८ देखी २००१ सम्म बङ्गलादेशको राजदूत हुनुहुन्थ्यो। सन् १९५७ मा पुर्बी नेपालको उदयपुरमा जन्मिनु भएका आचार्य एकताका त्रिभुवन विश्व बिद्यालयमा अध्यापन गर्नु हुन्थ्यो।

त्यसैगरी नयाँ राजदूत बन्ने तरखरमा रहेका परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्य यस अघी जेनेभामा सन् २००३ फेब्रुवरीदेखी सन् २००७ फेब्रुवरीसम्म संरासंका लागि नेपालका स्थाई प्रतिनिधि तथा सन् २००३ अप्रिलदेखी सन् २००७ फेब्रुवरीसम्म स्विजर्ल्यान्डकालागि राजदूत थिए।

उता बेलायतकालागि नयाँ राजदूतको जिम्मेवारी अमेरिकाकालागि निवर्तमान नेपाली राजदुत डा. सुरेश चालिसेले पाउने भएका छन् । भारतकालागि नयाँ राजदूतमा नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष रुक्मशमशेर राणाको नाम अगाडि सारिएको छ ।

अव बस्ने मन्त्री परिषद्को बैठकले उपरोक्त नामहरुबारे निर्णय गर्ने जानकारी प्राप्त भएको छ । परराष्ट्र सचिव आचार्य बाहेक तीनै जना नेपाली कांग्रेसको तर्फबाट राजदूतकालागि सिफारिस भएका हुन् । पूर्ववर्ती सरकारले अमेरिकाकालागि सिफारिस गरेका सुकदेश शाह र भारतकालागि प्रस्ताव गरेका डा. चन्द्रकान्त को एग्रिमो नै आएको छैन भने फ्रान्स र बेलायतकालागि क्रमश राम कार्की र डा. रामस्वार्थ रायको एग्रिमो आएपनि उनीहरुलाई बर्तमान सरकारले राजदूतमा नियुक्त नगर्ने पक्कापक्की भएको छ ।

माओवादी नेता राम कार्कीकालागि फ्रान्सबाट एग्रिमो आएपनि प्रधानसेनापति रुक्माङ्गद कटवाललाई फ्रान्सकालागि राजदूत बनाउने तैयारीमा नेपाली कांग्रेस लागेको छ । राजावादी र माओवादी दुबैबाट आफू असुरक्षित भएको हल्ला चलाएर कटवाल राजदुत हुने योजनामा लागेका छन् । माओवादीलाई देखाउनकालागिसमेत कटवाललाई फ्रान्सकै राजदूत बनाउनुपर्ने भन्दै कांग्रेसका केही नेताहरुले दबाब दिएपछि परराष्ट्र मन्त्रालयले उनलाई फ्रान्सको राजदूत बनाउने प्रस्ताव तैयार पारेको बताइएको छ ।

-Sitaram Baral in Kathmandu & Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or,  This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
 
Read related news:
-Read profile of Dr. Shankar Sharma
-Read profile of Gyanchandra Acharya
-Read profile of Madhuraman Acharya
 
For more news York Nepalese community news go to:
 
Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌  (24 Photos)

-"साँईली छ महिना छुट्टी बित्यो लाउँदैमा काउकुती" 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?