NEWS: बिबिसी नेपाली सेवा ::

Inside

न्यूयोर्कमा पूर्व मन्त्रि निरञ्जन थापासंग अन्तरक्रिया PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Rabikiran Koirala   
Tuesday, 28 July 2009 06:53
न्यूयोर्क- राष्ट्रिय प्रजातन्त्र पार्टिका केन्द्रिय सदस्य एवं पूर्व गृह मन्त्रि निरञ्जन थापासंग अमेरिकाको न्यूयोर्क स्थित रिजउडमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

Former Home Minister Niranjan Thapa speaking at the event in Ridgewood, New York. Photos: Rabikiran

हाल अमेरिकाको भ्रमणमा रहनुभएका थापालाई रिजउड नेपलिज सोर्साईटिका अध्यक्ष श्री पराजुलिले स्वागत गर्नुभएको थियो ।
 
अन्तरक्रिया कार्यक्रममा सहभागीहरुको जिज्ञासाको उत्तर दिदै पूर्व मन्त्रि थापाले देशमा अहिले सबै मिलेर संविधान बनाउने नै प्रमुख मुद्धा रहेको छ भन्दै जसरी वाम एकता भनिरहेका छन् त्यसै गरि नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले भन्नुभए झै वृहत प्रजातान्त्रिक एकता र प्रजातन्त्रवादी पार्टी बिच समन्वय र एकताको खाँचो छ भन्नुभयो ।
 
 
 
देश प्रवासमा बस्ने नेपालीहरुले आर्जन गरि पठाएको पैसाबाट नै चलिहरहेको छ भन्दै विदेशमा बस्ने नेपालीहरुका लागी प्रभावकारी कार्यक्रमहरु बनाउनुपर्ने, द्धैध नागरिता लगायतका अधिकारको व्यवस्था गर्ने विषयमा समझदारी भैसकेको छ भन्दै देशमा अहिले धेरै बाधा अड्चन आएका छन्, मुलुकको स्थिती स्थिर छैन, सरकार स्थिर छैन, राष्ट्रियता सकंटमा छ, सरकारको भुमिका र विपक्षीको भुमिका स्पष्ट छैन त्यसकारणले गर्दा संविधान बनाउने भन्दा पार्टीहरु सत्ता लुछाचुडिमा रुमलिएका छन् भन्नुभयो ।
 
कार्यक्रममा पूर्व मन्त्रि थापासंग कृष्ण विष्ट, यज्ञ मुर्ती आचार्य, गजेन्द्र बुढायोकी लगायतका सहभागीहरुले समसामयीक विषयमा जिज्ञासा राखेका थिए ।

-Rabikiran Koirala in New York
 
 
Photos courtesy: Rabikiran

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?