NEWS: बिबिसी नेपाली सेवा ::

Inside

छोरीको बिहेकोलागि यमदूतलेसमेत मृत्‍युलाई रोक्न वाध्य PDF Print E-mail
Share
User Rating: / 5
PoorBest 
Written by Prathaa Magar   
Friday, 17 July 2009 03:48
न्यू योर्क- बिगत अढाइ बर्षदेखी फोक्सोको क्यान्सर रोगबाट ग्रसित भई मृत्‍युसँग पौठेजोरी खेल्दै आएका न्यू योर्क निवासी ईन्द्रध्वज बिष्टको गत जुलाई ९ तारिख देहान्त भयो तर मृत्‍युको दुई दिन अघी मात्र जुलाई ७ तारिख उनको एक मात्र छोरी रिचाको बिहे गर्न भने उनी सफल भएरै छाडे।

स्व. बिष्टले तीन हप्ता अघी मात्र छोरीको बिहे गरिदिने निर्णय आँफै गरेका हुन्। स्व. बिष्ट .का एक श्रीमती अनु बिष्ट (लिम्बु), छोरा श्रिज बिष्ट, छोरी रिचा र छोरी-ज्वाइ रोशन प्रधान छन्।

नेपालमा नगरकोटमा पहिलो रिसोर्ट 'एभरेस्ट रिसोर्ट' खोल्न पुगेका उद्धमी स्व. बिष्ट सन् १९९१ देखी १९९९ मा जर्मनी .मा रहेका उनी अमेरिका चाँही सन् २००१ मा सपरिवार आएका थिए।

आफ्नो मृत्‍युको शिर्फ दुइदिन अघी मात्र व्हिल चियरबाटै छोरीको कन्यादान गरिदिन सफल भएका स्व. बिष्ट साइ बाबा भक्त हुन्। श्रीमती अनुले छोरी रिचाको बिहे हुनुभन्दा दुई दिन अघी भनेको घत लाग्दो कुरा यो पङ्तिकारसँग भनिन्-
"उहाँले छोरीको बिहेको दिन दिनहुँ औंलामा गन्नु हुन्थ्यो- अब यती दिन बाँकी छ भन्दै। दुई दिन पहिले उहाले साइ बाबाको तस्बिरको सामुन्ने गएर भन्नु भयो- 'बाबा, मेरो छोरीको बिहे अब दुई दिन मात्र बाँकी छ, मलाई बाँच्ने शक्ती देउ।' नभन्दै उहाको मृत्‍यु छोरीको बिहेको दुई दिनपछि मात्र भयो।"

आफ्ना श्रीमानले भनेको अर्को कुरा अनुले भाबुक हुँदै भनिन्-
एक दिन मलाई बोलाएर उहाले "हेर अनु, तँ अब कति गर्छस्, यता बस्,' भन्नु भयो अनि उहाले भन्नु भयो- ' म मरे पछि तिमीले सेतो लुगा नलगाउनु।"

-Prathaa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Comments

avatar Langhali Association USA, Inc
0
 
 

यस् दु:खद घडीमा स्वर्गीय बिष्टको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।

- लांघाली परिवार यूएस्ए
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?