NEWS: बिबिसी नेपाली सेवा ::

Inside

न्यू योर्कमा नेपाली आदिवासी जनजातिको बिशेष महाधिबेशन सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Jayanti Chamling Rai   
Monday, 27 July 2009 12:20
न्यू योर्क- नेपाली आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को दुई बर्शे कार्यकाल पुरा नहुँदै डाकिएको बिशेष महाधिबेसन गत आइतबार सम्पन्न भएको छ।

FIPNA President Karma G. Sherpa speaking at the Special Convention in New York. Photos: eEyaCam
 
उक्त बिशेष महाधिबेसन न्यू योर्कको कुइन्स शहर ज्याक्सन हाइट्सस्थित नेपाली रेस्टुरेन्ट हिमालयन याकमा जुलाई २६ मा सम्पन्न भएको हो।

बिशेष अधिबेसनले बर्तमान कार्य समितीभित्र देखिएको बिबादलाई कार्य समितीले नै सल्ट्याउनु पर्ने भन्दै पुरानै कार्य समिती यथावत कायम गरेको छ।

केन्द्रिय कार्य समितीको नेत्रित्व तहमा बिबाद चुलिएपछि कार्य समितीको बहुमतले बिशेष अधिबेसन बोलाएपनि अधिबेसनमा उपस्थित १३ मध्ये ८ जनजातिय संघ संगठनहरुका प्रतिनिधिहरुले ब्यक्तित्वको टक्करको भरमा बिशेष अधिबेसन बोलाउनु उचित नहुने भन्दै बिबादको समाधान कार्य समिती भित्रै खोजिनु पर्ने र निदानको निकास निकालिनु पर्ने कुरामा टुङ्गो लागेको हो।
 
FIPNA General Secretary Arjun Gurung (left) speaking at the Special Convention in New York. Photos: eEyaCam
 
महासंघका महासचिब अर्जुन गुरुङ ले बिशेष अधिबेसनका सामु अकस्मात राजिनामाको घोषणा गरे पछि त्यो टुङ्गो पनि कार्य समिती कै बैठकले लगाउनु पर्ने भनी अधिबेसनका अधिकांश प्रतिनिधिहरुले एक मत जाहेर गरेपछि कार्य समितीले सबै बिबादको समाधान आफ्नो बैठकबाट लगाउने र बर्तमान कार्य समितीलाई नै पुरा कार्याबधि सुचारु गर्ने निधोमा पुग्न वाध्य भएको हो।
 
 
 
गत बर्ष सन् २००८ को जुलाई १३ मा सम्पन्न दोश्रो महाधिबेसनबाट संस्थाको नाम 'ग्लोबल नेपाल आदिबासी जनजाति महासंघ' नाम बदलेर 'नेपाल आदिबासी जनजाति महासंघ अमेरिका' (Federetion of Indigenous Peoples of Nepal in America-FIPNA) नामाकरण गरेको महासंघमा उक्त महाधिबेशनले दुई बर्षका लागि संस्थापक अध्यक्ष्य कर्मा ग्य्लाजेन शेर्पाको अध्यक्ष्यतामा १३ सदस्यिय केन्द्रिय कार्य समिति र बिभिन्न आदिबासी जनजातिय संघ सस्थाहरुको ३, ३ प्रतिनिधिहरु रहने गरी संघीय परिषद गठन गरेको थियो।
 
 
Representatives at the convention. Photos: eEyaCam
 
महासंघका अन्य पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष शिवकुमार राइ, दोश्रो उपाध्यक्ष बिनोद पोमो लिम्बु, महासचिब अर्जुन गुरुङ, सचिब सुमन राइ, कोषाध्यक्ष छेपक दोर्जी, र सह-कोषाध्यक्ष मनास्लु गुरुङ निर्बाचित भएका छन्‌ भने सदस्यहरुमा यज्ञलाल श्रेष्ठ, कुन्साङ शेर्पा योल्मो, र आदित्य महर्जन निर्बाचित भएका थिए।

महासंघमा अहिले १२ आदिवासी जनजातिहरु: किराती राइ, गुरुङ, ग्याल्सुन्दो, तामाङ, थकाली, नेवार, मगर, मुस्ताङ, मुगू, लिम्बु, शेर्पा र योल्मो (ह्योल्मो) समुदायका निम्न १३ वटा संस्थाहरु आबद्ध छन्- United Kirat Rai Association of America (UKRA), Gurung (Tamu) Society Inc., Ghyalsumda Sewa Sanstha USA, Tamang Society of America, Thakali Samaj,  Newa Guthi New York, Langhali Association USA, INC. (Magar), Yolmu Society of America,  Hyolmu Ama Yangri Kyidug, Mustang Kyidug, Mugum Welfare Association USA,   Kirat Yakthung Chumlung,   Sherpa Kyidug USA.

महासंघको न्यू योर्क र न्यू हेम्प्सायर गरी २ च्याप्टरहरु गठन भई सकेको छ।

-Jayanti Chamling Rai in New York
 
Read more news by Jayanti Rai:

Read related news:
-न्यूयोर्कमा नेपाली आदिबासिहरुको महासंघमा नयाँ नेतृत्व
महासंघको नाम फेरियो - Federation of Indigenous Peoples of Nepal in America (FIPNA)

 

-न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे

 -न्यू योर्कमा विश्वका आदिबासीहरुको जम्काभेट

-View more photos of UNPFII 8th Session 

-Indigenous Peoples Issues & Voices at the 8th Session of the UNPFII

न्यू योर्कमा नेपालको संघीयता सम्बन्धी आदिवासी जनजातिहरुबिच अन्तर्कृया कार्यक्रम सम्पन्न

A New Platform for Inclusive Democracy: The Coalition Advancing the Rights of Marginalized Peoples of Nepal USA

न्यूयोर्कमा "नेपालमा संघीय राज्यहरुको रुप" बिषयक कार्यक्रम सम्पन्न

-नेपाल आदिवासी जनजाति महासंघले प्रस्ताब गरेका ११ स्वायत्त प्रदेश, २७ आदिवासी स्वायत्त ईलाकाहरु कुन कुन हुन् ?

To read more indigenous peoples related news Click here

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?