NEWS: बिबिसी नेपाली सेवा ::

Inside

न्यू योर्कमा नेपाली आदिवासी जनजातिहरुको बिशेष महाधिबेसन जुलाई २६ मा हुने PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Jayanti Chamling Rai   
Thursday, 23 July 2009 05:09
न्यू योर्क- नेपाली आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को दुई बर्शे कार्यकाल पुरा नहुँदै बिशेष महाधिबेसन डाकिएको छ।
 
फिप्नाका अनुसार उक्त बिशेष महाधिबेसन न्यू योर्कको कुइन्स शहर ज्याक्सन हाइट्सस्थित नेपाली रेस्टुरेन्ट हिमालयन याकमा जुलाई २६ मा दिउसो एक बजे शुरु हुनेछ र त्यसै दिन बेलुकी नयाँ कार्य समितीको निर्वाचन गरी सम्पन्न गरिने छ।

फिप्नाका एक अगुवाकाअनुसार उक्त बिशेष अधिबेसनले बर्तमान कार्य समितीलाई आफ्नो कार्यकाल पुरा गर्न म्यान्डेट दिन सक्ने पनि सम्भावना छ।

नेपाली जन संपर्क समिती अमेरिकामा नेत्रित्वको लडाईंका कारण अमेरिकामा रहेका नेपाली कांग्रेस समर्थक कांग्रेसी बन्धुहरु बिच भएको तितो खिचलो मत्थर हुन नपाउँदै जनजाति महासंघको कार्य समितीमा उत्पन्न रडाकोको कारण बिशेष अधिबेसन डाक्नु परेको कुरा महासंघ कै नेत्रित्वमा रहेका एक सदस्यले युएस नेपाल अनलाइनलाई बताए।

गत बर्ष सन् २००८ को जुलाई १३ मा सम्पन्न दोश्रो महाधिबेसनबाट संस्थाको नाम 'ग्लोबल नेपाल आदिबासी जनजाति महासंघ' नाम बदलेर 'नेपाल आदिबासी जनजाति महासंघ अमेरिका' (Federetion of Indigenous Peoples of Nepal in America-FIPNA) नामाकरण गरेको महासंघमा उक्त महाधिबेशनले दुई बर्षका लागि संस्थापक अध्यक्ष्य कर्मा ग्य्लाजेन शेर्पाको अध्यक्ष्यतामा १३ सदस्यिय केन्द्रिय कार्य समिति र बिभिन्न आदिबासी जनजातिय संघ सस्थाहरुको ३, ३ प्रतिनिधिहरु रहने गरी संघीय परिषद गठन गरेको थियो।

उतिखेर महासंघका अन्य पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष शिवकुमार राइ, दोश्रो उपाध्यक्ष बिनोद पोमो लिम्बु, महासचिब अर्जुन गुरुङ, सचिब सुमन राइ, कोषाध्यक्ष छेपक दोर्जी, र सह-कोषाध्यक्ष मनास्लु गुरुङ निर्बाचित भएका छन्‌ भने सदस्यहरुमा यज्ञलाल श्रेष्ठ, कुन्साङ शेर्पा योल्मो, र आदित्य महर्जन निर्बाचित भएका थिए।

महासंघमा अहिले १२ आदिवासी जनजातिहरु: किराती राइ, गुरुङ, ग्याल्सुन्दो, तामाङ, थकाली, नेवार, मगर, मुस्ताङ, मुगू, लिम्बु, शेर्पा र योल्मो (ह्योल्मो) समुदायका निम्न १३ वटा संस्थाहरु आबद्ध छन्- United Kirat Rai Association of America (UKRA), Gurung (Tamu) Society Inc., Ghyalsumda Sewa Sanstha USA, Tamang Society of America, Thakali Samaj,  Newa Guthi New York, Langhali Association USA, INC. (Magar), Yolmu Society of America,  Hyolmu Ama Yangri Kyidug, Mustang Kyidug, Mugum Welfare Association USA,   Kirat Yakthung Chumlung,   Sherpa Kyidug USA.

महासंघको न्यू योर्क र न्यू हेम्प्सायर गरी २ च्याप्टरहरु गठन भई सकेको छ।

महासंघको नयाँ नेत्रित्वकालागि अमेरिकामा रहेका नेपाली आदिवासी अगुवाहरु भित्रभित्रै गृह कार्यमा जुटिसकेका छन्। तर नयाँ नेत्रित्वमा को आउने हुन् त्यो हेर्न भने २६ जुलाई कुर्नै पर्ने भएको छ।

-Jayanti Chamling Rai in New York

Read more news by Jayanti Rai:

Read related news:
-न्यूयोर्कमा नेपाली आदिबासिहरुको महासंघमा नयाँ नेतृत्व
महासंघको नाम फेरियो - Federation of Indigenous Peoples of Nepal in America (FIPNA)

 

-न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे

 -न्यू योर्कमा विश्वका आदिबासीहरुको जम्काभेट

-View more photos of UNPFII 8th Session 

-Indigenous Peoples Issues & Voices at the 8th Session of the UNPFII

न्यू योर्कमा नेपालको संघीयता सम्बन्धी आदिवासी जनजातिहरुबिच अन्तर्कृया कार्यक्रम सम्पन्न

A New Platform for Inclusive Democracy: The Coalition Advancing the Rights of Marginalized Peoples of Nepal USA

न्यूयोर्कमा "नेपालमा संघीय राज्यहरुको रुप" बिषयक कार्यक्रम सम्पन्न

-नेपाल आदिवासी जनजाति महासंघले प्रस्ताब गरेका ११ स्वायत्त प्रदेश, २७ आदिवासी स्वायत्त ईलाकाहरु कुन कुन हुन् ?

To read more indigenous peoples related news Click here

Comments

avatar kunga
0
 
 
How come Himali Swar Haru selected for Adhikaar's Award. What has he done for the Nepali Women's Rights and Social Justice in NY? What is the meaning of "ADHIKAAR"? There are a lot of Nepali Women & Men voluntarily working for the Nepali Society in NY more than Himali Swar Haru. Please give me one example that Himali Swar worked for the poor and needy nepali people in NY.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?