NEWS: बिबिसी नेपाली सेवा ::

Inside

अमेरिकि नेपाली आदिबासीहरुको नेपालको आदिबासी आन्दोलनमा एक्याबद्धता PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 21 December 2009 18:35

न्यू योर्क- अमेरिकामा रहेका नेपाली आदिबासी जनजातिहरुको साझा संस्था "नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना)" ले आइतबार सांझ न्यू योर्कमा एक पत्रकार सम्मेलनको आयोजना गरी नेपालको नयाँ संबिधानको प्रारम्भिक मस्यौदामा आदिबासी जनजातिहरुको आधारभूत मागहरु नसमेटिएको कारण उक्त मस्यौदाप्रति घोर आपत्ति जनाउँदै नेपाल आदिबासी जनजाति महासंघ (नेफिन) ले उक्त मस्यौदा जलाउने कार्य गरेकोमा समर्थन जनाएकोछ।


 

IP leader Bangshalal Tamang, FIPNA VP Binod Pomo and FIPNA General Secretary Aditya Maharjan. Photos: eEyeCam.com


महासंघ द्वारा जारी प्रेस बिज्ञप्तीमा भनिएकोछ:

"संबिधान सभा मौलिक अधिकार तथा निर्देशक सिद्धन्त समितीले तयार पारेको प्रारम्भिक मस्यौदामा आदिबासी जनजातिको मौलिक हकको रुपमा संबिधनमा स्पस्ट रुपमा उल्लेख हुनु पर्ने निम्न लिखित बुँदाहरु:

(क) आत्मनिर्णयको अधिकार
(ख) जातिय स्वशासन र स्वायत्तताको अधिकार
(ग) प्राकृतिक श्रोत र साधन माथिको अधिकार
(घ) पूर्व सुसुचित सहमतिको अधिकार
(ङ) परम्परागत ज्ञान, शिप र अभ्यासको अधिकार
(च) र समानुपातिक समाबेशी प्रतिनिधित्वको अधिकार लगायतका कुनै पनि अधिकारका बुँदाहरु नसमेटिएको हुँदा अमेरिकामा बसोबास गरी बसिरहेका आदिबासी जनजातिहरुको एक मात्र साझा संस्था "नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना)" उक्त मस्यौदा प्रति घोर आपत्ति जनाउदै घोर बिरोध गर्दछ।

साथै "नेपाल आदिबासी जनजाति महासंघ' नेपालले उक्त मस्यौदामा आदिबासी जनजातिहरुको मौलिक हकको रुपमा संबिधानमा स्पस्ट उपमा लेखिनु पर्दछ भनी बिगत लामो सम देखी उठाउदै आएको बिषयको प्रारम्भिक मस्यौदामा नै उल्लेख नभएपछी महासंघले उक्त मस्यौदा संबिधान सभाको भवन अगाडि मिती २०६६ मंसिर ८ गते आइतबारका दिन बिशेष कार्यक्रमसहित जलाइएकोमा "नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना)" नेपालस्थित "नेपाल आदिबासी जनजाति महासंघ (नेफिन)" प्रति हार्दिक समर्थन गर्नुका साथै आगामी दिनहरुमा आदिबासी जनजातिहरुको हक, हीत र अधिकारको लागि गरिने कुनै पनि कार्यक्रमहरुमा सहयोग र समर्थन रहने बचनबद्धता पनि प्रकट गर्न चाहन्छ।

उक्त कार्यक्रमको सफलताकोलागी उपस्थित हुनुभएका बिभिन्न जातिय संस्थाका नेताहरु तथा कार्यक्रममा एक्यबद्धता जनाउनकालागी उपस्थित अन्य राजननैतीक दलका नेताहरुप्रति पनि "नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना)" हार्दिक क्रितज्ञता ज्ञापन गर्नुका साथै आगामी दिनमा निर्माण हुने संबिधानमा उक्त मौलिक हकका बुँदाहरु नसमेटिएमा यसै गरी फेरी नयाँ संबिधान जलाउन वाध्य नपारियोस् भन्नकालागी पनि सम्पूर्ण आदिबासी जनजाति समुह, जनजाति नेता तथा जनजाति सभासदहरुलाई सचेत हुन आग्रह गर्दै एक जुट हुन पनि आह्वान गर्दछ।"

बिनोद पोमो
निमित्त अध्यक्ष

आदित्य महर्जन
महासचिब

नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना)
Federation of Indigenous peoples of Nepal in America (FIPNA)


यसै बिच, उक्त महासंघले एक अर्को प्रेस बिज्ञप्ती जारी गर्दै नेपाल सरकारको मन्त्री परिषदको बैठकद्वारा किराती बिभुती महागुरु फाल्गुनन्द लिङ्देनलाई राष्ट्रिय बिभुती घोषणा गरेकोमा प्रधानमन्त्री माधवकुमार नेपाल लगायत मन्त्री मन्डलका सम्पूर्ण सद्स्यहरुप्रति धन्यवाद ब्यक्त गरेको छ।

साथै महासंघले विश्वभर छरिएर रहेका सम्पूर्ण किराती धर्माबलम्बीहरुलाई बधाई ब्यक्त गरेकोछ।



प्रेस बिज्ञप्ति

हालै मात्र नेपाल सरकार मन्त्री परिषदको बैठकले महागुरु फल्गुनन्द लिङ्देनलाई राष्ट्रिय समान प्रदान गर्दै नेपालको राष्ट्रिय बिभुती घोषणा गरेकोमा सम्मानित प्रधानमन्त्री माधवकुमार नेपाल लगायत मन्त्रिपरिसदका सम्पुर्ण सदस्यप्रति नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्न्ना) हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

गुरु फाल्गुनन्द लिङ्देन किरात धर्मावलम्बीका धर्म प्रेणता एबम धर्म दर्शनदाता महागुरुका रुपमा चिनिनुहुन्छ ।

किरात धर्मावलम्बीहरुको भावनाको कदर स्वरुप नेपाल सरकारले उक्त्त सम्मान प्रदान गरेकोमा स्वदेश तथा बिदेशमा रहनुभएका सम्पुर्ण किरात धर्मावलम्बीहरुलाई पनि नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्न्ना) हार्दिक बधाई ज्ञापन गर्दछ ।

बिनोद पोमो
निमित्त अध्यक्ष

अदित्य महर्जन
महासचिब

FIPNA VP Binod Pomo

न्यू योर्क शहरको कुइन्सस्थित थकाली किचन रेस्टुरेन्टको सभा कक्षमा डाकिएको पत्रकार सम्मेलनमा महासंघका महासचिब तथा नेवा गुठी न्यू योर्कका अध्यक्ष आदित्य महर्जनले महासंघको प्रेस बिज्ञप्ति पढेर सुनाउनु भएको थियो भने महासंघका उपाध्यक्ष बिनोद पोमो लिम्बुले सभापतित्व गर्नु भएको थियो।


FIPNA General Secretary Aditya Maharjan. Photos: eEyeCam.com


कार्यक्रममा आदिबासी नेता बंशलाल तामाङले मन्तब्य ब्यक्त गर्नुभएको थियो।

IP leader Bangshalal Tamang.

पत्रकारहरुको प्रश्नको जवाफ दिदै महासंघका नेताहरुले नेपालमा आदिवासी जनजातिको हक, अधिकार सुनिस्चितताकालागि हुने कुनै पनि शान्तीपूर्ण आन्दोलनप्रति आफ्नो संस्थाको पूर्ण समर्थन र एक्यबद्धता रहने जानकारी गराए।

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?