NEWS: बिबिसी नेपाली सेवा ::

Inside

न्यू योर्कमा महाकवि देबकोटा बने "लाहुरे", सतबार्शिकी र दिपावली साँझ सम्पन्न PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Pradeep Thapa Magar   
Sunday, 11 October 2009 05:32
"आउँछन्, मेरो लाहुरे दाई हरेक बर्ष यही समयमा यही आउँछन्..."-युबा कवि सहदेब पौडेल
न्यू योर्क 40 photos- अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यृ्योर्क च्याप्टरको आयोजनामा शनिबार साँझ न्यू योर्क शहरको कुइन्समा महाकवि लक्ष्मीप्रशाद देबकोटाको सतबार्शिकी कविता प्रतियोगिता र दिपावली साँझ धुमधामसंग मनाइयो।
INLS NY Chapter Members, poets and guests at the 100th Anniversary of Great Nepalese poet Lakshmi P. Devkota and Deepawali program in New York. PhotoseEyeCam.com
कार्यक्रममा अमेरिकामा रहेका नेपाली कवीहरुले महाकवि देबकोटाको सम्झनामा र अन्य समसामयीक बिषयमा निक्कै रसिला कबिताहरु पाठ गरे।
कार्यक्रम पन्च्कन्याहरुद्वारा कलशमा दिप प्रज्वलन र मङ्गलोच्चारण गरी शुरु गरिएको थियो।
Panch Kanya and Emcee Shailesh Shrestha. Photo courtesy: Dhaniram Sapkota
उता दिपावलीको पूर्व सन्ध्यामा कार्यक्रमको अन्ततिर रमाइलो भईलेनी पनि खेलियो। तिहारको रमझममा नेपाली दिदी बहिनीहरुको बान्की परेका नाँच हेर्न लायक थियो।
Deepawali (Tihar) celebration at the event. PhotoseEyeCam.com
Famous Nepalese actress Bashundhara Bhusal with INLS members celebrating Deepawali at the event.
झन्डै दुई दर्जन कवि कवयत्रिहरु प्रतियोगी र अप्रतियोगीको रुपमा भाग लिएको उक्त समारोहमा बयस्क कविहरुतर्फ हरी शर्मा प्रथम, रामचन्द्र थापा दोश्रो र युबराजसिंह कार्की तेश्रो हुन सफल भए। बाल कविहरु तर्फ अनुपमा सापकोटा प्रथम भईन् (पढ्नुहोस्) भने सम्झना पराजुली दोश्रो र पुज्यता राजभन्डारी तेश्रो हुन सफल भईन्।
First prize winner poet Hari Sharma receiving award from the chief guest Homnath Subedi. PhotoseEyeCam.com
First prize winner poet (Child category) Anupama Sapkota. Photo courtesy: Dhaniram Sapkota
कविता प्रतियोगिताका निर्णायक मन्डलमा अनन्त रिसाल, सीता खरेल र सरद निरौला हुनुहुन्थ्यो।
Judges of the poetry competition: Sarad Niraula, Anant Risal and Sita Kharel.
सहभागी अन्य बाल कविहरुमा रायन श्रेष्ठ, आस्तिक रिजाल, सम्यक पराजुली, अनिशा रायमाझी, सुश्मा पोख्रेल र प्रग्ज्ञा सापकोटा (पढ्नुहोस्) थिए।
बयस्कतर्फ अन्य सहभागी कविहरुमा अनन्त रिसाल, पुनम काफ्ले, ज्योति पौडेल, परिता राजभन्डारी, बिनोद रोका, सरद निरौला, टेक गुरुङ, गीता खत्री, सिता खरेल, सहदेब पौडेल, सरोज अर्याल, मिलन शाही, मन्जु निरौला, महेश बिक्रम शाह र मधु अर्याल थिए।
कार्यक्रममा कवि बिनोद रोकाको मुक्तक र सरोज अर्यालको "सुम्सुम्याउदै कपाल तिम्रो हात छाम्न मन छ" (पढ्नुहोस्) ले निक्कै ताली खायो।
Poet Saroj Aryal reciting his poetry. PhotoseEyeCam.com
"तिम्रो काखमा बसी मलाई
लुडिबुडी खेल्न मन छ
सुम्सुम्याउदै कपाल तिम्रो
हात छाम्न मन छ

तिमीसंग यसै गरी
मेरो जीवन बितेदेखी
तिमीसंगै धेरै जुनी
काट्न मन छ
देउताले रिस गर्छन्
देउता भाक्न बाँकी छ
सुम्सुम्याउँदै तिम्रो कपाल
तिम्रो अधर चुम्न मन छ..." (बाँकी पढ्नुहोस्) -Saroj Aryal
"सभामा सम्वोधन हुन आजकाल म मात्रै छृटन थालेको छ
लाजै लागेर मैले पनि भरखर एउटा संस्था खोलेको छ
कृपया तपाईहरुको रेकर्डमा यो सृचना लेखॆर राख्नृहोला
अब म आएको देख्नृ भो भने मलाई पनि मन्चमा डाक्नृहोला" -Binod Roka, New York
कवि सहदेब पौडेल, जो हिमाली स्वरहरु अनलाइन रेडियो (NepaliRadio.org) सन्चालन गर्दछन्, ले आफुले बिसं २०५१ सालमा नेपालमा छँदा महाकबी देबकोटालाई हरेक बर्ष आउने लाहुरे दाईको रुपमा बिम्बित गरेर लेखेको कबिता मार्मिक र फरक खालको थियो। (पढ्नुहोस्)
कार्यक्रममा प्रमुख अतिथी अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदीले समाजको न्यू योर्क च्याप्टरलाई सबैभन्दा उत्कृष्ट शाखाका रुपमा गरेको प्रशंशा र न्यू योर्क च्याप्टरमा महिला साहित्यकारहरुको नेत्रित्वको सराहनालाई ताली ठोकेर स्वागत गरियो।
Chief guest Homnath Subedi at the event. PhotoseEyeCam.com
Women power: INLS NY Chapter current and past members.
कार्यक्रममा नेपालबाट नाम चलेका साहित्यकारहरु माधवप्रशाद घिमिरे, डा. बाशुदेब त्रिपाठी, महाकबी पुत्र डा. पद्मप्रशाद देबकोटा लगायतले पठाएको भिडियो सन्देश र रेडियो नेपालले देबकोटाबारे तयार पारेको बिशेष श्रब्य सामाग्री प्रस्तुत गरिएको थियो।
Immediate past President Geeta Khatri speaking at the event. PhotoseEyeCam.com
कार्यक्रममा निबर्तमान अध्यक्ष गीता खत्रीले आफ्नो कार्यकालमा भएको समाजको कार्यहरुको प्रस्तुतीका साथै आफुलाई सहयोग गर्नेहरुलाई आभार प्रकट गर्नु भयो (तल पढ्नुहोस्) भने म्रिदुला कोइराला र सिता खरेलले देबकोटाबारे प्रकाश पार्नु भएको थियो।
Newly elected President Jyoti Poudel speaking at the event. PhotoseEyeCam.com
नबनिर्बाचित अध्यक्ष ज्योति पौडेलले स्वागत गर्नु भएको थियो भने धन्यवाद ज्ञापन च्याप्टर कि उपाध्यक्ष पुनम काफ्ले ले गर्नु भएको थियो।
कार्यक्रमको सन्चालन शैलेश श्रेष्ठ र च्याप्टर कि महासचिब परिता राजभन्डारीले गर्नु भएको थियो।
-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Read our related news:

-न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित

-न्यू योर्कमा नेपाली साहित्यकरहरुले महाकबि देवकोटाको सतबार्षिकी यसरी मनाए

-न्यू योर्कको देबकोटा जयन्तीमा नेपाली कविहरुको घुँइच (51 Photos)

INLS New York Chapter, Press release, 10.11.09
देवकोटा सतबार्षिकी, साहित्यिक प्रतियोगिता तथा दिपावली सांझ
INLS NY Chapter General Secretary Parita Rajbhandari. PhotoseEyeCam.com
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यृ्योर्क च्याप्टरले अक्टोबर १०, २००९, शनिवारका दिन न्यृ्योर्कको ज्याक्सन हाइटमा सयौं देवकोटा जयन्तीको अवसर पारेर “देवकोटा सतबार्षिकी, साहित्यिक प्रतियोगिता तथा दिपावली सांझ”को भब्यताका साथ आयोजना गरेको थियो । कार्यक्रमको प्रमुख अतिथिमा अ. ने. सा. स. का केन्द्रिय संस्थापक अध्यक्ष्य श्री होमनाथ सुबेदिज्यृ् रहनु भएको थियो । स्वर्गीय महाकवि लक्ष्मीप्रसाद देवकोटाको तस्वीरमा प्रमुख अतिथि  श्री होमनाथ सुबेदिज्यृ्लॆ माल्यार्पण तथा दीप प्रज्वलन गर्नु भई कार्यक्रमको सुरुवात गर्नु भएको थियो।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यृ्योर्क च्याप्टरकी निबर्तमान अध्यक्ष श्रीमती गीता खत्रीले उहांको कार्यकालमा उहांलाई सहयोग पुर्याउने सम्पूर्ण साथीहरुलाई धन्यवाद ग्यापन गर्नु भयो । अ. ने. सा. स. न्यू योर्ककी नब निर्बाचित अध्यक्ष्य श्रीमती ज्योति पौडेललाई कार्यभार हस्तान्तरण गर्नु भयो ।
श्रीमती ज्योति पौडेलले कार्यक्रममा भाग लिन आउनु भएका विशिष्ट पाहुना तथा साहित्य प्रेमीहरुलाई स्वागत गर्दै नयाँ कार्य समितिको चिनारी गराउनु भयो र साथै अन्तरारष्ट्रिय नेपाली साहित्य समाज न्यृ्योर्क च्याप्टरको उद्देश्य र आगामि कार्यक्रमहरुको बारेमा छोटो चर्चा गर्दै देवकोटा सतबार्षिकी कार्यक्रम औपचारिक रुपमा सुरु भएको घोषणा गर्नु भयो ।
Guests at the event. PhotoseEyeCam.com
कार्यक्रममा नेपालबाट प्राप्त भएका देवकोटा सम्बन्धी भिडियो सन्देशहरु देखाइएको थियो। जस्मा रास्ट्र कबि श्री माधब प्रसाद घिमिरे, साह्हित्यकार डा. बासुदेव त्रिपाठी, कथाकार श्री मधुबन पौडेल तथा देवकोटाका सुपुत्र, डा. पध्मप्रशाद देवकोटाबाट प्राप्त सन्देशहरु थिए। महाकबि देवकोटाका बारेमा श्रीमती मृदुला कोइरला र श्रीमती सिता खरेलले चर्चा गर्नु भयो। यसै गरि रेडिओ नेपालबाट प्राप्त अडिओ सन्देश पनि सुनाइएको थियो। श्रीमती बन्दना काफ्ले ले देवकोटा द्वारा रचित “इश्वर तैले रचेर फेरि कसरी बिगारिस”गीत गाउनु भएको थियो।
प्रमुख अतिथि श्री होमनाथ सुबेदिज्यृ्ले न्यू योर्क च्याप्टरले गरेको यस देवकोटा सतबार्षिकी, साहित्यिक प्रतियोगिता तथा दिपावली सांझ कार्यक्रम अत्यन्त गहन र सफल भएको र च्याप्टरमा रहेको सशक्त महिला सहभागिताको दिलै देखि प्रसंसा गर्नु भएको थियो। उहांले अ. ने. सा. स. का ५८ वटा च्याप्टरहरु मध्ये न्यू योर्क च्याप्टरलाई अग्रपंक्तिमा राख्नु भयो।
कबिता बाचन कार्यक्रममा प्रतियोगी र अप्रतियोगी, बाल कविहरु तथा बयस्क कविहरु दुबै थरीका कविताहरु बाचन भएका थिए । प्रथम चरणमा बाल कविका कविताहरु बाचन गरिएका थिए । बाल कवि तथा कवयित्रिहरु क्रमश: रायन श्रेस्ठ, पुज्यता राजभन्डारि, आस्तिक रिसाल, सम्यक पराजुलि, एनिशा रायमाझी, सुशाना पोखरेल, अनुपमा सापकोटा र प्रज्ञा सापकोटा हुनुहुन्थ्यो ।
प्रथम पुरस्कार अनुपमा सापकोटाको “Who am I?” ले जित्यो भने व्दितीय पुरस्कार सम्यक पराजुलिको “My New House” र तृतीय पुरस्कार पुज्यता राजभन्डारि को “Beloved Poet” ले जित्न सफल भयो।
बयस्क कवि तथा कवयित्रीहरुमा हरि शर्मा, रामचन्द्र थापा, अनन्त रिसाल, गीता खत्री, पुनम काफ्ले, ज्योती पौडेल, विनोद रोका, सरद निरौला, गीता खत्री, मन्जु निरौला, महेश बिक्रम शाह, युबराज शिंह् कार्की, सहदेव पौडेल, सरोज अर्याल, टेक गुरुङ, मिलन शाहि, सीता खरेल, परिता राजभण्डारी, हुनुहुन्थ्यो। प्रथम विजेता हरि शर्माको “लक्ष्मि तिम्रो अभाव नखट्कियोस्” भयो भने दोश्रा र तेश्रा क्रमश: रामचन्द्र थापाको “एउटा कवि” र युबराज शिंह् कार्की को “महाकवि देवकोटामा श्रद्धा सुमन” ले जित्न सफल भयो।  कार्यक्रममा प्रतियोगि भन्दा अप्रतियोगी कविताहरुको संख्या बढि थियो।
प्रमुख अतिथि श्री होमनाथ सुबेदिज्यृ्ले न्यू योर्क च्याप्टरले गरेको यस “देवकोटा सतबार्षिकी, साहित्यिक प्रतियोगिता तथा दिपावली सांझ” कार्यक्रम अत्यन्त गहन र सफल भएको र च्याप्टरमा रहेको सशक्त महिला सहभागिताको दिलै देखि प्रसंसा गर्नु भएको थियो।
प्रतियोगितात्मक कविताको लागि निर्णायकहरुमा श्री अनन्त रिसाल, श्रीमती सीता खरेल र श्री सरद निरौला रहनु भएको थियो। श्री अनन्त रिसालले प्रथम, व्दितीय र तृतीय पुरस्कारको घोषणा गर्नु भएको थियो। पुरस्कार वितरण प्रमुख अतिथि श्री होमनाथ सुबेदिज्यृ्ले गर्नु भएको थियो । कार्यक्रममा भैली गीत गाएर तिहारको सम्झना राम्रै सङ गराइएको थियो ।
कार्यक्रमको सन्चालन कलाकार श्री शैलेश श्रेष्ठ र अ. ने. सा. स. न्यू योर्क च्याप्टरकी महासचिव श्रीमती परिता राजभण्डारीले गर्नु भएको थियो। म्युजिक सिस्टम, भिडिओ प्रोजेक्सन, प्रमाण पत्र छपाई इत्यादिको जिम्मा श्री बद्री पौडेलले लिनु भएको थियो भने, फोटोग्राफीको जिम्मा श्री किरण काफ्ले तथा श्री अभनिश लामिछानेको थियो। त्यस्तै गरि भिडिओ खिच्ने जिम्मा श्री ध्रुब खनालले लिनु भएको थियो भने श्री प्रभात राजभन्डारिले रजिस्ट्रेसन सम्भाल्नु भएको थियो, खानाको सुपरिवेक्षण श्री निलमणि खरेलले गर्नु भएको थियो भने सम्पुर्ण कार्यक्रमको सुपरिवेक्षण अ. ने. सा. स. न्यू योर्क च्याप्टरका कोशाध्यक्ष्य श्री राम खत्रीले गर्नु भएको थियो।
कार्यक्रममा करीव १५० जती दर्शकहरुको जमघट भएको प्रस्ष्टै देखिन्थ्यो ।
अन्तमा उपस्थित प्रमुख अतिथि तथा विशिष्ट पाहुनाहरुलाई अ.ने.सा.स. न्यृ्योर्क च्याप्टरकी उपाध्यक्ष श्रीमती पुनम काफ्लेले धन्यवाद ज्ञापन गर्नु भएको थियो। मिठो रात्रिभोज तथा सांगीतिक नृत्यकासाथ कार्यक्रमको समापन भएको थियो।
-परिता राजभण्डारी
महासचिव, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
न्यृ्योर्क च्याप्टर ।
अन्तरराष्ट्रिय नेपाली साहित्य समाज न्यृ्योर्क च्याप्टर निबर्तमान अध्यक्ष गीता खत्रीद्वारा ब्यक्त बिदाइ मन्तब्य
आज यहाँ उपस्थित प्रमुख अतिथिज्यृ्,
विशिष्ट पाहुनाहरु,
साहित्य प्रेमी दाजुभाई तथा दिदीबहिनीहरुमा
सादर नमस्कार !
हरेक बर्ष अन्तरराष्ट्रिय नेपाली साहित्य समाज न्यृ्योर्क च्याप्टरले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म तिथिलाई आफ्नो प्रमुख बार्षिक कार्यक्रमको रुपमा लिएर आईरहेको व्यहोरा सबैलाई विदितै छ । यतिबेला हाम्रो महान पर्व दिपाबलीको समयसमेत पर्ने भएकोले हाम्रो निमन्त्रणलाई स्वीकारेर यहाँ भेला हुनुभएको सबैलाई दीपाबलीको शुभकामना अर्पण गर्दै स्वागत गर्न चाहन्छु ।
अन्तरराष्ट्रिय नेपाली साहित्य समाज न्यृ्योर्क च्याप्टरको विधिवत जन्म २००४ सालमा श्री दुबसु क्षेत्रीको संयोजकत्वमा भएको थियो । समयाभावले गर्दा यस्को राम्रो चाँजोपाँजो मिलाउन नपाउँदै उहाँले न्यृ्योर्क छोडनु भयो । त्यसपछि यसको अभिभारा मेरो काधँमा आयो । आज त्यो अवधिले चार बसन्त पार गरिसके र मेरो काँधको बोझ आजैका दिन देखि श्रीमति ज्योति पौडेललाई सुम्पदैछु ।
यस सम्बन्धी चुनावी प्रकि्रया गत जुन २१, २००९ का दिन श्री धनीराम सापकोटाको अध्यक्षतामा बसेको तीन सदस्यीय निर्बाचन समितिले गरेको थियो । अन्य सदस्यहरुमा श्री जगदीश उपाध्याय र श्री यक्ष मल्ल हुनुहुथ्यो । नव निर्वाचित टिमलाई मेरो हार्दिक बधाई तथा आगामी कार्यकालको सफलतको कामना पनि गर्दछु ।
मेरो अध्यक्षतामा सँस्थाभित्र भएका साथीहरुले एक जुट भएर काम गर्ने अठोट गर्यौं । तर जुनसुकै काम शुरु गर्न पैसा नभई नहुने । यो सर्वविदितै कुरा हो । तसर्थ ५०० देखि ५० डलरसम्मको सहयोग निम्न साथीहरुले गर्नु भयो । श्री कुन्ती थापाले ५००, म गीता खत्रीले ४००, श्रीमती परिता राजभण्डारीले २५०, श्रीमती पुनम कापुलेले २००, श्रीमती ज्योती पौडेलले २००, श्रीमती मन्जीला थापा पन्तले २००, श्रीमती राधिका तामाङले २००, श्रीमती उमा के सीले १००, श्री सुनिता हमालले १००, श्रीमती मुना बेलबासेले १०० र श्रीमती जमुना खड्का थापाले ५० । म सर्वप्रथम उहाँहरु प्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु ।
त्यस्तै गरी, २००८ सालसम्मको देवकोटा जयन्ती कार्यक्रम अवलोकन गरि अब त यो संस्थाले राम्रै काम गर्ने छ भन्ने अनुमान गरी अमेरिकी डलर ३०० दिई सहयोग गर्ने श्री जगदीश उपाध्याय र श्रीमती रेणु उपाध्यायज्यृ्हरुलाई पनि म हार्दिक कृतज्ञता अर्पण गर्न चाहन्छु ।
यसरी जम्मा भएको रकम मध्ये ४५० डलर संस्था दर्ता गर्नको लागि श्री विनोद रोकालाई बुझायौं, माइक ५०० डलरमा खरिद गर्यौ, केन्द्रमा च्याप्टरले बुझाउनु पर्ने शुल्क १३५ डलर र सोही साल देवकोटा जयन्तीमा आयोजना गरिएको कविता प्रतियोगिताको पुरस्कार १७० डलर पनि यही उठेको रकमबाट खर्च भएको थियो ।
दोस्रो बर्षदेखि कविता प्रतियोगिताका विजेताहरुलाई दिइने नगद पुरस्कार निम्न साहित्य प्रेमी साथीहरुले गर्दै आउनु भएकोछ:
श्री रामकुमार सुवेदी, श्रीमती रेणु सापकोटा, श्रीमती विमला वाग्ले, श्रीमती पुनम कापुले, श्री केशवराज सेढाई र क्वीन्स ज्वेलरीका श्री समिर महर्जन । कार्यक्रमलाई सफल बनाउन उहाँहरुले गर्नु भएको यो सद्प्रयासलाई म हार्दिक धन्यवाद दिन चाहन्छु ।
देवकोटा जयन्तीबाहेक न्यृ्योर्क च्याप्टरले साना तिना कार्यक्रम छोटो अवधिमै गर्दा जतिखेर पनि ठाउँ उपलव्ध गराएर सहयोग गरिदिने यस सँस्थाका हर्ताकर्ता सल्लाहकार तथा आजिवन सदस्य श्री विनोद रोका र श्रीमती मेनका रोकालाई हृदयैदेखि धन्यवाद दिन चाहन्छु । उहाँहरुको यस प्रकारको सहयोग अन्तरराष्ट्रिय नेपाली साहित्य समाज न्यृ्योर्क च्याप्टरले सधैँ पाइरहनेछ भन्ने आशा पनि लिएकोछु ।
यसको शुभारम्भदेखि नै कार्यक्रम संचालन गर्ने काम भाई श्री शैलेश श्रेष्ठले समयले भ्याएसम्म गर्दै आउनु भएको छ । एउटा निमन्त्रणाको इमेल भेट्टाउनासाथ म त आई हाल्छु नि बरु कार्यक्रमको विवरण एक दिन अगाडि पाउँ हैँ भन्दै फोन मेसेज छोडने हसिलो सहृदयी भाई श्री शैलेश श्रेष्ठलाई म हृदयैदेखि हार्दिक धन्यवाद दिन चाहन्छु ।
त्यस्तै, साहित्यकार तथा नेपाली टिभी अँकर श्रीमती निलम कार्की निहारिकाले कार्यक्रम संचालनमा न्यृ्योर्क प्रवेश गरे देखि नै सहयोग गर्दै आउनु भएको छ उहाँलाई पनि म हार्दिक धन्यावाद दिन चाहन्छु ।
हरेक कार्यक्रममा देवकोटा सम्बन्धी कुरालाई हाम्रा दर्शक माझ राख्न र देवकोटाले लेख्नु भएका गीत गाएर सहयोग गरिरहने यस संस्थाका सल्लाहकार श्रीमती मृदुला कोइरालालाई मेरो साधुबाद । त्यसैगरी, समय समयमा आवश्यक सल्लाह दिईरहने यस संस्थाका सल्लाहकारहरु क्रमश श्री खगेन्द्र क्षेत्री, डा. तारा निरौला, श्री कमल कार्की, शारदा कार्की, श्री पदम केसी, श्रीमती सीता खरेल, श्री नगेन्द्र इङनाम, श्री सन्तोष थपलियाज्यृ्हरुलाई हार्दिक कृतज्ञता दिन चाहन्छु । संस्थाले आयोजना गर्ने हरेक कार्यक्रममा टेक्नीकल एक्सपर्टको रुपमा सहयोग गर्ने सल्लाहकार श्री बद्री पौडेल र कार्यक्रमको सम्पृ्र्ण तस्वीरहरु लिएर कार्यक्रमलाइ पछिसम्म जिबन्त राख्न सहयोग गर्ने अर्का सल्लाहकार श्री किरण काफ्लेज्यृ्हरुलाई पनि मुरीमुरी धन्यवाद दिन चाहन्छु ।
हामीले पनि पैसा तिर्नु पर्छ दिदीँ भन्दै पैसा पनि तिर्दै कार्यक्रममा भाग लिन आउने पत्रकार तथा साहित्यकार भाईहरु श्री सहदेव पौडेल, श्री प्रदिप थापाले कार्यक्रम जस्तो भयो त्यस्तै प्रचार तथा प्रसार गरेर नेपाली समुदाय माझ पुर्याएर हामीलाई गुन लगाउनु भएको छ, उहाँहरुलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु ।
कार्यक्रम यतीमा तय भयो आउनु पर्छ है भन्नासाथ केही ल्याउनु पर्छ की भनी तुरुन्तै जवाफ दिई कार्यक्रमलाई सफल बनाउन सहयोग गर्दै आउनु भएका साहित्यकार तथा पत्रकार श्री गोविन्द गिरी प्रेरणा, भर्जिनीया, साहित्यकार श्री बसन्त श्रेष्ठ, भर्जिनिया तथा श्रीमती भारती गौतम, बोष्टनलाई हार्दिक धन्यवाद दिन चाहन्छु।
न्यृ्योर्कस्थित नेपालको स्थायी नियोग नेपाली समुदायको लागि सँधै अभिभावक जस्तै हुन्छ, भईरहेकै पनि छ । हामीले निमन्त्रण गर्नासाथ तुरुन्तै जवाफ दिने र कार्यक्रममा हरहमेसा सहभागी भई कार्यक्रमको शोभा बढाई हौसला प्रदान गर्ने महामहिम राजदृ्त श्री मधुरमण आचार्यज्यृ् प्रति पनि म हार्दिक कृतज्ञता दिन चाहन्छु । महामहिम राजदृ्तज्यृ्मात्र नभएर नियोगका सबै सदस्यहरुको उपस्थिती हाम्रो लागि गौरबको कुरा हो ।
त्यसमध्ये नियोगका केही सदस्यले त हाम्रो कार्यक्रमको स्पोन्सर समेत गर्नु भएको थियो । उहाँहरु सबैप्रति म हार्दिक आभार प्रकट गर्न चाहन्छु । यसरी नै हाम्रो सँस्था र स्थायी नियोग बिचको सुमधुर सम्बन्ध निरन्तर रहीरहोस भन्ने आशा लिएको छु ।
साहित्य लेखनमा चासो नभएपनि मेरा सह्रिदयी दिदीहरु जस्ले समय समयमा सेल र अचारसमेत तयार गरेर हरेक कार्यक्रममा उपस्थित भईदिएर साहित्यको जर्गेनामा सहयोग गर्नु भएको छ, उहाँहरुलाई धन्यवाद र कृतज्ञता जाहेर नगरेसम्म मलाई निद्रै पर्दैन, उहाँहरु हुनुहुन्छ- श्रीमती इन्दु थापा र श्रीमती उमा केसी ।
अन्तमा, मेरा श्रीमान राम खत्री जस्को निरन्तर हौसला र सहयोगबाट मैले यो संस्थाको जिम्मेवारी सफलतापूर्वक निभाउन सफल हुन सकें, उहाँलाई पनि म हृदय देखी नै मुरी मुरी धन्यवाद दिन चाहन्छु।
यती भन्दै तपाईहरुको अमृ्ल्य समय लिएकोमा क्षमा माग्दै म तपाईहरुबाट विदा लिन्छु ।
गीता खत्री,
निबर्तमान अध्यक्ष
अन्तरराष्ट्रिय नेपाली साहित्य समाज न्यृ्योर्क च्याप्टर
-Geeta Khatri
Immediate Past President
International Nepalese Literary Society, New York Chapter.

Poet Binod Roka




Poet Anupama Sapkota recieving her 1st prize from the chief guest Subedi. PhotoseEyeCam.com



Pragya Sapkota. Photo courtesy: Dhaniram Sapkota


Poet Sita Kharel.


Poet Yubraj Singh Karki. PhotoseEyeCam.com


Poet Ramchandra Thapa.


Actress bashundhara Bhusal with other guests. PhotoseEyeCam.com



Poet Manju Nirola.




The Chief guest Homnath Subedi, Kamala Prasai, INLS Central Committee Treasurer and Ram Khatri, INLS NY Chapter Treasurer.

Poet tek Gurung.




Poet Milan Shahi.




Poet Pujyata Rajbhandari recieving her 3rd prize from the chief guest Subedi.


Poet and INLS NY Chapter VP Poonam Kafle.



Poet Anat Risal


Outgoing President of INLS NY Chapter Geeta Khatri giving Deepawali Tika to Dhaniram Sapkota.
Poet Samyak Parajuli recieving his 2nd prize from the chief guest Subedi. PhotoseEyeCam.com
For more news York Nepalese community news go to:

Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌ (24 Photos)

-"साँईली छ महिना छुट्टी बित्यो लाउँदैमा काउकुती"

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?