NEWS: बिबिसी नेपाली सेवा ::

Inside

प्रबासी नेपालीहरुलाई आफ्नै मातृभूमीमा अनागरिक बनाउने नेपाली नेताहरुको कुटिल चालदेखी होसियार ! PDF Print E-mail
Share
User Rating: / 12
PoorBest 
Written by Santosh Thapaliya   
Sunday, 09 August 2009 13:51
न्यु योर्क- गैर आवासीय नेपालीहरुले अब नेपाली हुँ भनेर गर्व गर्न नपाउने भएका छन् । हामीहरु अब नागरिकता बिहिन भएर "परिचय पत्र" मा मात्र सिमित हुने भएका छौं।

संबिधान सभा अन्तर्गतको 'मौलिक अधिकार तथा राज्यको निर्देशक सिद्धान्त समिति' ले तयार पारेको प्रतिबेदनमा उक्त तितो तथा अमानविय प्रस्ताब गरिएको छ, जसलाई पररास्ट्र मन्त्रालयले आफ्नो निवामावालीमा समाहित गरि मन्त्रि परिसदबाट अनुमोदन गराउन सफल भएको छ ।

अझ उक्त परिचय पत्र लिन अरब मुलुकमा काम गर्ने नेपाली हरुले USD $250 र अमेरिका, युरोप, कोरिया र जापानमा बसोबास गर्ने नेपालीहरुले चाँही USD $500
तिर्नु पर्ने बनाइएको छ।

त्यो परिचय पत्रको उपादेयता चाँही के हो? कमसेकम मैले चाँही थम्याउन सकेको छैन। न्यू योर्कमा बस्न र काम गर्न मलाई न्यू योर्कको "परिचय पत्र" अर्थात आइ डि (ID) चाहिन्छ, सोसल सेकुरिटी कार्ड र ओर्क परमित या ग्रोन कार्ड चाहिन्छ।

नेपालको हरियो पास्पोर्ट जुन एक देशदेखी अर्को देशको यात्रा गर्दा प्रयोग गर्ने साधन हो, त्यो पनि भिसा (प्रबेशाज्ञा) लागेको छ भने, त्यो बाहेक नेपालले जारी गर्ने "परिचय पत्र" ले मलाई कुनै मानेमा खाँटी नेपाली या सम्मानित नेपाली बनाउने होइन।

अर्को कुरा नेपालमा नागरिकता बनाउन र पास्पोर्ट बनाउन १०० डलर पनि लाग्दैन जुन नभै बिदेश जान सकिदैन तर जाबो आइडिको लागि यतिका शुल्क किन? उल्लु बनाउनेको पनि हद हुन्छ नि?

नयाँ नेपालको अभिलासा बोकेर विदेशमै बसेर पनि तन, मन र धनले नेपाल आमालाइ सहयोग गर्ने र उन्मुक्ति दिलाउने हामीहरु अब आफ्नै देशमा "भुटानी नेपाली" बनाइन लागेका छौं। अब विदेशमा स्थाई बसोबास गर्ने नेपालीहरु नेपालका लागि अनागरिक अर्थात् नागरिकता विहिन हुने भइयो । जसको सिधा मतलब हो, जन्मसिद्ध हक बलात खोसिनु । उक्त समितिले गैर आवासीय नेपालीहरुलाई नेपालको राजनैतिक अधिकार र मताधिकारको प्रयोग गर्नबाट जन्मसिद्ध अधिकार खोस्दै छ, हामीहरुलाइ चाडै नै घरको न घाटको बनाउदै छ । हामीहरु सात समुद्र पारी आएर यहाँको (उत्तरी अमेरिका) नागरिकता लिएर ओबामा र जोन मकेनको भाग्य कोर्न सक्ने त भयौं तर आफ्नी मातृभूमिकै हाँसो र आँसु पुछ्न नसक्ने एकादेशको दन्त्य कथा हुने भयौं । कस्तो बिडम्बना !!

उक्त प्रतिबेदनमा किटेरै भनिएको छ की "विदेशको नागरिकता प्राप्त गरेमा नेपालको नागरिकता स्वत: समाप्त हुने" । आखिर कस्ता कस्ता व्यक्तिहरु जो यति गरुङ्गो बिषयलाइ यति सस्तो बनाएर लाखौ नेपालीको भाग्यमा खेलबाड गर्दैछन् ? को को छन् यो समितिमा? के तिनीहरुले नागरिकको "नैसर्गिक हक, अधिकार" राम्रोसंग अध्यन त गरेका छन् ? के तिनीहरु नेपालको चार भन्ज्यांग काटेर अन्यन्त्र कतै गएर अन्य देशका संबिधान र प्रथा अध्ययन गरेका छन्? केहि नभए पनि हाम्रो देशको पन्ध्र प्रतिसत जनसंख्या हामी अनागरिक हुन गइ रहेकाहरुको चामल पर्खेर नेपालका नेताहरुले निकाल्ने जुलुसमा आफुलाइ स्वतन्त्र बनाउन जिन्दाबाद र मुर्दाबादको बल साँच्ने गर्छन्, हाम्रो योगदान हैन र यसमा ?

हामी अफ्रिका, भारत, चीन, अरब, कोरिया, जापान, अस्ट्रेलिया, युरोप, उत्तरी अमेरिकामा सरकारी अड्डादेखी मसलका मालिकसम्म, सडक बडार्नेदेखी भान्सा सफा गर्नेसम्म काम गरेर हामीले रिमिट्यान्सका रुपमा सालाना पठाउने १५० अर्ब रुपैयाँ जुन नेपालको कूल आयको झन्डै १८ प्रतिसत हो के यो कम योगदान हो र ?

नेपालमा मौलाउदै गएको "कु", घात, प्रतिघात र नैतिकताका खातिर बारम्बार बौदिक र दबाबमुलक प्रश्न उठाउदै आफ्नो जागिर थाँती राखेर सक्कली प्रजातन्त्रको खातिर उठ्ने सानै संख्यामै भए पनि हामी थिएनौ र? देशको सीमा मिचिदा, नेपाली बलात धपाइदा, रुँदै कराउदै भारतीय बिस्तारबादको विरुद्धमा आवाज बुलन्द गरेनौ र हामीले?

आफ्नै देशको माया र मानचित्र छातीमा बोकेर हामी विश्वकै अति विकसित उत्तरी अमेरिकामा छौं। यहाँ हामी अवसर खोज्दै आइपुगेका हौँ । यदि हाम्रै देशमा रोजगारीको व्यवस्था र त्यसको ग्यारेन्टी नेपाल सरकारले लिने हो भने हामीलाई पनि आफ्ना परिवार छाडेर तेस्रो मुलुकमा बस्ने लालसा हुने थिएन । सन्तानले मात्रै डांडाकाडा ढाकेको हाम्रो मुलुकमा रोजगारीले पनि डांडाकाँडा ढाकेको भए हामी विदेश छिर्न लाग्दा हाम्री आमा, मायालु र परिवारले रुँदै हामीलाई बिदाइ गर्नुपर्ने थिएन होला । हामीलाई नागरिकता खोसाएर देश विहिन हुन पठाएकी हुन् र हाम्री आमाले? दस जनाको परिवार एक्लै पाल्न रोजगारी खोज्दै विदेश पस्ने हामीहरुलाई देशबाटै अलविदा गरेकी हुन् त हामीहरुलाई जन्म दिने आमाले? यदि हैन भने किन प्रजातान्त्रिक सरकारले यस्ता प्रस्ताबहरु पास  गर्दै छ एक पछि अर्को गर्दै ?

हाम्रो देशमा जसरी गैर नेपालीको नाममा हामीहरुलाई एउटा तथाकथित परिचयपत्रमा सिमित गर्ने अत्यन्तै अमानविय तर्कहरु गरिदैछ, त्यो त हामीले सपनामा पनि सोचेका थिएनौं ।

अमेरिकाको ज्यानी दुस्मनी मुलुक ईरानले आफ्नो ईरानी मुलका अमेरिकिहरुलाई द्वैद नागरिकअता दिएको छ परिचय पत्र होइन। उता बेलायतले आफ्नो द्वैद नागरिकता भएको कुनै पनि मुलुकका बेलायती मुलका नागरिकलाई बेलायत जाँदा औषधी उपचारका लागि कुनै शुल्क लिदैन।

संसार भरका मुलुकहरुले दोश्रो मुलुकमा बसोबास गर्ने आफ्नो नगरिकहरुलाई द्वैध नागरिकता दिने विश्व प्रचलन छ। परिचय पत्र त देश भित्र निर्वाचनमा भोट् हाल्न, ड्राइभिङ लाइसेन्स नभए ब्यक्तीको परिचय स्थापित गर्न जारी गरिने प्रमाणपत्र हो। म चुनौती दिन्छु- कुन चाँही देशले बिदेशमा जान र रहनको लागि 'पास्पोर्ट' पनि र 'परिचय पत्र' पनि जारी गरेको छ?

अब के गर्ने ?

अधिकारका लागि लडाई, लडाई अनि लडाई । हामीले लडाई गरेर प्रजातन्त्र ल्याउन सक्यौं भने आफुलाई नागरिक पनि बनाउन सकिन्छ । हाम्रो लडाई बिसुद नागरिक हुन पाउने हुनेछ । संसारमा असम्भव केहि पनि छैन, कुनै अविवेकी र अदुरदर्शीले प्रस्ताब पेश गर्दैमा हामीले हाम्रो देश बिर्सनु हुँदैन । भारत, चीन, सिंगापुर र कोरियाले बिदेशिएका आफ्ना प्रतिभा (नागरिक) हरुलाइ विदेश बराबर तलब दिने सर्तमा देश भित्र्याउदै छ, देश बनाउदै छ, तर बिडम्बना, हाम्रो देशका अदुरदर्शी नेतृत्व भने आफ्नो भविष्य सुनिश्चित गर्न हामीलाई आफ्नै घर खोसेर घाटको बास लिन कम्बर कसेर लागेको छ। 
हामीले पनि अब सिक्नु पर्छ, हाम्रो पनि आफ्नै दुर्दशा छ, हामी बिदेशमा बसेर पनि माले, एमाले, कांग्रेस, पहाडे, मधिशे, राजावादी या रानीबादी हुन गर्ब गर्छौं, झगडा गर्छौं, गुठ्बंदी गर्छौं तर फाइदा आफ्नै काइते नेताहरुले लिन्छ हामी विरुद्ध ।

गैर आबाशिय नेपाली संघ (NRN) ले पनि कसैलाइ काखा, क सैलाई पाखा गर्न मिल्दैन नागरिकताको सवालमा । भारत र चीनमा रोजगारीको अवसर खोज्दै गएका नेपालीहरुको के मान र सान नेपाली हैन ? के हामी युरोप र अमेरिकामा बस्ने नेपालीहरु मात्र बिदेशमा बसेका हौं । र के हामीलाई मात्र बिदेशमा रहनुको पिडा छ? यदि देशमा गाँस, बास र कपास भैदिएको भए भारत र चीन किन जानु पर्थ्यो? के हामी युरोप र अमेरिका आइ पुगेका त्यही रन्कोमा यहाँ आएका होइनौं त? नागरिकताको सबाल हामी सम्पूर्ण गैर आवासीय नेपालीको लागि हुनु पर्दछ ।

यदि हाम्रो आफ्नो जन्म सिद्ध अधिकार अर्थात नेपाली बन्ने अधिकार खोसिन्छ भने नेपालका कुनै सासक, प्रशासक, या नेताहरु गैर आवासीय नेपालीहरुको सत्कार थाप्न र चन्दा असुल्न विदेश नछिरे हुन्छ । उनीहरुको नाममा हामीलाई इमोसनल बलिको बोको हुनु छैन । NRN ले पनि आफुलाई तयारी राखे हुन्छ । NRN को आगामी अक्टोबर १३-१५ मा काठमाडौंमा हुने चौथो विश्व सम्मेलनमा NRN ले परिचय पत्र प्रकरणको भन्डाफोर गर्नु पर्दछ।

यदि हाम्रो थात, बास र नागरिकता खोसियो भने हामी बस्ने कुनै पनि बिदेशी मुलुकमा आउने नेपाली नेताहरुलाई हामीले सामुहिक बहिस्कार गर्नु पर्छ । हामी नेपाली नेताहरुको दुहुनो गाइ हैनौं र बनाइनु हुन्न ।

न्यु योर्कमा आगामी सेप्टेम्बर २३ देखी ३० मा हुन गइ रहेको संरासंको ६४ औं साधारण सभामा भाग लिन आउने प्रधानमन्त्री माधवकुमार नेपाललाई हामीले गल्ती सच्याउने प्रतिबद्धता पत्रमा सही गर्न वाध्य पार्न सक्नु पर्‍यो।

सबैलाई चेतना भया ।

-Santosh Thapaliya in New York.
 
Read more article by Santosh:
 
For more news York Nepalese community news go to:
 
Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌  (24 Photos)

-"साँईली छ महिना छुट्टी बित्यो लाउँदैमा काउकुती"


Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?