NEWS: बिबिसी नेपाली सेवा ::

Inside

यस्तो पो त समाबेसी नेपाल ! PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Santosh Thapaliya   
Monday, 06 July 2009 03:03
न्यु योर्क - उनले जस्तै हामी सयौं थरी नेपाली थुङ्गारुलाई एउटै मालामा गाँस्न सके नयाँ नेपाल कस्तो हुन्थ्यो होला?
 
 
Gam Gurung and other artists at ANA convention. Photos courtesy: Gam
 
Association of Nepalese in America (ANA) को प्रत्येक बार्षिक कार्यक्रमहरुमा प्रत्येक वर्ष नभएपनि तीन वर्षमा एकपटक म पनि सहभागी हुने गर्छु ।

यो वर्ष अमेरिकाको सुन्दर नगरी सानफ्रान्सिस्को न्युयोर्कबाट ५ घण्टा उडान टाढा भएकोले मनमा हुँदा हुँदै पनि जान सकिन । तर सबै प्रोग्रामहरु लगभग नछुटाई हेरें इन्टरनेटमा । हेर्दै जाँदा आफ्नो पुरानो हितैसी झलक्क देखें ।
 
 

न्युयोर्कमा आज भन्दा ५ वर्ष पहिले यहाँ हुने हर सांस्कृतिक कार्यक्रमहरुमा नायकको रुपमा प्रस्तुत हुने तिनै गम गुरुङ । सानफ्रान्सिस्को पुगेर गुरुङ भेषमा नाच्दै रहेछन् बा । 
तुरुन्त फोन लगाई हाले । यसपाली उनलेनै संयौथुंगा फूलका नेपाली हरुलाई एउटै मालामा उनेर गुरुङ, शेर्पा, नेवार, लिम्बु, तामांग, भूज्पुरे आदि समुदायलाइ आ-आफ्नै भेष-भुषामा नचाएरै छाडेछन् । कत्रो समाबेसी बिचार हगी ?

नर्थ अमेरिकामा नेपाली नाताहरुलाई यउटै मालामा उन्न सफल मेरा मित्र बधाईको पात्र पनि हो- हामी नेपालीहरुको लागि मालाको धागो बने बापत । यसरी नै हामी हाम्रो जिम्मालाइ समाबेसी बनाउन अग्रसर भए भोलि हामी पनि संस्कृतिमा भारत र चीनभन्दा कम हुने छैनौं । बधाई छ, हाम्रा मित्र गम गुरुङलाइ ।

-Santosh Thapaliya in New York

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?