NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (INLS) को निर्वाचन सरगर्मी, अध्यक्ष र महासचिब पदमा ३/३ प्रतिपर्धी खडा PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Thapa Magar   
Tuesday, 08 June 2010 03:56

न्यू योर्ककि साहित्यकार गीता खत्री महासचिब उम्मेद्वार
Exclusive:
न्यू योर्क- अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (INLS) को सन् २०१०-१२ कोलागि आगामी जुन २८ देखी जुलाई १० बिच हुन लागेको केन्द्रिय समितीको निर्वाचनमा समाजको न्यू योर्क च्याप्टरकि पूर्व अध्यक्ष गीता खत्री महासचिब पदको उम्मेद्वार बन्नु भएको छ भने उनका प्रतिद्वन्दीको रुपमा कतारका दिपक भेट्वाल र ब्रुनाइका विश्वासदीप तिगेला लिम्बुले आ-आफ्नो उम्मेद्बारी दिनुभएको छ।




समाजको १९ औं साधारण सभा तथा भानु जयन्तीको अबसर पारेर नयाँ कार्य समितीको निर्वाचन हुन लागेको हो।  समाजको आगामी चुनावमा झन्डै २०० जना सदस्यहरुले मतदान गर्नेछन्। मतदानमा भाग लिन समाजको आजीवन सदस्यता शुल्क अमेरिकि डलर १०० या ट्रस्टी शुल्क अमेरिकि डलर १००० सदस्यता शुल्क तिर्नु पर्दछ।

निर्वाचन प्रकृया समय तालिका

उम्मेद्बारीकालागि अन्तिम मनोनयन दर्ता गर्ने मिती जुन ५ रहेको थियो भने उम्मेद्वारहरुले जुन १० तारिखसम्म दाबी बिरोध र उम्मेद्बारी फिर्ता लिन सक्नेछन्। जुन १२ तारिख उम्मेद्वारहरुको अन्तिम नामावली प्रकासित गर्ने तय गरेको छ। जुन २५ सम्म समाजको सदस्यता लिएर मतदाता बन्न सकिने ब्यबस्था गरिएको छ। मतदाताहरुको अन्तिम नामावली प्रकाशन जुन २८ तारिख गरिनेछ भने जुन २८ बाट नै निर्वाचन शुरु गरी जुलाई १० तारिखसम्म जारी रहने छ। जुलाई ११ मा निर्वाचनको परिणाम सार्वजनिक गरिने समाजले जनाएको छ।

को को ? कुन कुन पदमा भिड्ने भए?

समाजको यसपालीको निर्वाचनमा बिशेष गरी दुई समुह अमेरिकाको कोलोराडो राज्यका साहित्यकार ज्ञानेन्द्र गदाल समुह र न्यू योर्ककि साहित्यकार कमला प्रसाइ समुह बिच टक्कर पर्ने देखिएको छ।

अध्यक्षको उम्मेद्बारी दिएका साहित्यकार ज्ञानेन्द्र गदालको समुहबाट बरिस्ठ उपाध्यक्ष पदमा बर्तमान महासचिब बेल्जियमका कृष्ण बजगाइले उम्मेद्बारी दिनु भएको छ। महासचिबमा समाजको न्यू योर्क च्याप्टरकि पूर्व अध्यक्ष तथा गीतकार, कबयित्री गीता खत्री चुनाबी मैदानमा खडा हुनु भएको छ।

अध्यक्ष पदका उम्मेदवार कोलोराडोका गदालका प्रतिद्वन्दी न्यू योर्ककि कमला प्रसाइ र रसियाका डा. मधु श्रेष्ठ खडा हुनु भएको छ।

 

INLS Presidential candidates: Gyanendra Gadal (Colorado, USA), Kamala Prasai (New York, USA) & Dr. Madhu Shrestha (Mosco, Russia). Photos courtesy: Gadal & Prasai & Dr. Shrestha's facebook profiles

त्यस्तै, बरिस्ठ उपाध्यक्ष पदका उम्मेद्वार बेल्जियमका बजगाइका बिरुद्ध प्रसाइ समुहका अमेरिकाको नर्थ क्यारोलिना राज्यका साहित्यकार नगेन्द्र न्यौपानेले उम्मेद्बारी दिनुभएको छ ।

Senior VP candidates: Krishna Bajagai (Belgium) & Nagendra Neupane (USA). Photos courtesy: SahityaGhar.com

महासचिब पदमा खत्रीसंग प्रसाइ समुहका कतारका साहित्यकार दिपक भेट्वाल र ब्रुनाइका विश्वासदीप तिगेला लिम्बुले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ।

Candidates for INLS General Secretary: Gita Khatri (New York, USA), Deepak Bhetwal (Doha, Qatar) & Bishwasdeep Tigela Limbu (Brunei). Photos courtesy: Gita & Bhetwal & SahityaGhar.com

न्यू योर्ककि साहित्यकार गीता खत्री समाजको न्यू योर्क च्याप्टरको सन् २००५ देखी २००९ सम्म अध्यक्ष हुनुहुन्थ्यो भने सन् २००८ मा समाजको केन्द्रिय समितीद्वारा निरन्तर रुपमा बिभिन्न साहित्यिक कार्यक्रमहरु सम्पन्न गरेर साहित्यिक योगदान पुर्याएबापत "Best INLS President Award" पाउनु भएको थियो। Read more

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?