NEWS: बिबिसी नेपाली सेवा ::

Inside

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (INLS) को निर्वाचन परिणाम PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Sunday, 11 July 2010 22:29

अध्यक्षमा कोलोराडोका ज्ञानेन्द्र गदाल र महासचिबमा न्यू योर्ककि गीता खत्रीसहित उनिहरुको पुरै समुह बिजयी
अध्यक्ष पदमा पराजित कमला प्रसाइद्वारा निर्वाचनमा धाँधली भएको दाबी गर्दै निर्वाचन परिणाम अस्विकार
Updated: Exclusive:
न्यू योर्क- अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (INLS) को सन् २०१०-१२ कोलागि गत जुन २८ देखी जुलाई १० बिच सम्पन्न केन्द्रिय समितीको बहुचर्चित बिद्धुतीय निर्वाचन (electronic online election) मा अध्यक्षमा अमेरिकाको कोलोराडो राज्यका साहित्यकार ज्ञानेन्द्र गदाल र महासचिबमा न्यू योर्ककि गीता खत्रीसहित उनिहरुको पुरै समुह बिजयी भएको छ।

Newly elected INLS President Gyanendra Gadal (Colorado, USA), Photo courtesy: Gadal

उता अध्यक्ष पदमा पराजित कमला प्रसाइले निर्वाचनमा धाँधली भएको दाबी गर्दै निर्वाचन परिणाम ठाडै अस्विकार गर्नु भएको छ।

Note: अध्यक्ष पदका बिजयी साहित्यकार गदाल र अध्यक्ष पदमा पराजित साहित्यकार प्रसाइसंग युएसनेपालअनलाइनले निर्वाचन परिणामको लगत्तै लिएको बिशेष अडियो अन्तर्वार्ता प्रस्तुत छ:

अध्यक्ष पदका बिजयी साहित्यकार ज्ञानेन्द्र गदालसंग युएसनेपालअनलाइनले लिएको बिशेष अडियो अन्तर्वार्ता>>


INLS Presidential candidate Kamala Prasai (New York, USA). Photo: eEyeCam.com

अध्यक्ष पदमा पराजित साहित्यकार कमला प्रसाइसंग युएसनेपालअनलाइनले लिएको बिशेष अडियो अन्तर्वार्ता>>

अध्यक्ष पदमा बिजयी गदालले १४८ मत लिएर बिजयी हुनु भयो भने उहाँका प्रतिद्वन्दी न्यू योर्ककि कमला प्रसाइलाई १०५ मत परेको थियो।

त्यसैगरी, महासचिब पदका बिजयी गीता खत्रीले १६१ मत प्राप्त गर्नु भयो भने उहाँका प्रतिद्वन्दी कतारका दिपक भेट्वालले ९२ मत प्राप्त गर्नु भएको छ।

Newly elected INLS General Secretary Gita Khatri. Photo: eEyeCam.com for USNepalOnline

त्यस्तै, बरिस्ठ उपाध्यक्ष पदकालागि भएको निर्वाचनमा बेल्जियमका कृष्ण बजगाइ १६२ मत ल्याएर बिजयी हुनु भएको छ भने अमेरिकाको नर्थ क्यारोलिना राज्यका साहित्यकार नगेन्द्र न्यौपानेले ९१ मत प्राप्त गर्नु भएको छ।

अन्य बिजयी साहित्यकारहरुमा क्षेत्रीय उपाध्यक्ष (युरोप) पदमा बेलायत कि जयन्ती लक्ष्मी राइले १५८ मत लिएर बिजय हासिल गर्नु भएको छ भने उहाँका प्रतिद्वन्दी बेल्जियमका बिमल गिरीले ९५ मत प्राप्त गर्नु भएको छ।

अर्का क्षेत्रीय उपाध्यक्ष (ओसियाना र अफ्रिका) को पदमा साउथ अफ्रिकाकि साहित्यकार रन्जना उदास ले १५२ मत लिएर बिजयी हुनु भएको छ भने उहाँका प्रतिद्वन्दी अस्ट्रलियाका दिपक बिष्टले १०१ मत ल्याउनु भएको छ।



यस अघी उम्मेद्बारी दिने अन्तिम मिती जुन ५ तारिख अन्य उम्मेद्बारी नपरेपछि निर्बिरोध निर्बाचित हुने साहित्यकारहरुमा क्षेत्रीय उपाध्यक्ष एसिया पदमा जापानकि पुनम छेत्री, क्षेत्रीय उपाध्यक्ष नर्थ अमेरिका पदमा न्यू जर्सी, अमेरिकाका अनन्त रिसाल, सचिब पदमा इज्राएलका हरी मानन्धर र कोशाध्यक्ष पदमा म्यान्मारका क्रिशु छेत्री हुनुहुन्छ।

समाजको निर्वाचनमा एउटै परिवारका दुई जना निर्बिरोध निर्बाचित !

कस्तो संयोग ! क्षेत्रीय उपाध्यक्ष एसिया पदमा निर्बिरोध निर्बाचित हुन सफल जापान कि साहित्यकार पुनम छेत्रीका श्रीमान समाजका पूर्व केन्द्रिय अध्यक्ष तथा हाल नेपाली दूताबास जापानमा मिनिस्टर कन्सुलर साहित्यकार दुबसु छेत्री हुनुहुन्छ। यिनै साहित्यकार कन्सुलरका साख्खै भाई क्रिशु छेत्री जो नेपाली दूताबास म्यान्मार (बर्मा) मा त्रितिय सचिब छन्, समाजको कोशाध्यक्ष पदमा निर्बिरोध निर्बाचित भएका छन्।

समाजको १९ औं साधारण सभा तथा भानु जयन्तीको अबसर पारेर नयाँ कार्य समितीको निर्वाचन भएको हो। समाजको चुनावमा निर्वाचन आयोगले ३७५ मतदाता मध्ये ३४१ जना मतदाता प्रमाणित गरेकोमा २५८ मत खसेको थियो भने ५ मत बदर भएको थियो।

मतदानमा भाग लिन समाजको आजीवन सदस्यता शुल्क अमेरिकि डलर १०० या ट्रस्टी शुल्क अमेरिकि डलर १००० सदस्यता शुल्क तिर्नु पर्दछ।

समाजको स्थापना

सन् १९९१ को जनवरी ११ मा अमेरिकाको वासिङ्गटन डिसीमा स्थापना भएको समाजको संस्थापक अध्यक्ष अमेरिका निवासी साहित्यकार होमनाथ सुबेदी हुन् भने निबर्तमान अध्यक्ष जापानका लेखक डा. कुमार बस्नेत हुन्।

Founding President & Board of Trustee Chair Homnath Subedi and outgoing President Dr. Kumar Basnet. Photos courtesy: eEyeCam.com & NepalJapan.com


२६ देशमा ६० शाखाहरु

समाजको विश्व भरका २६ देशमा ६० शाखाहरु रहेको छ । समाजको अमेरिकामा २६ वटा शाखाहरु छन् भने भारतमा ४ वटा, अस्ट्रालिया र क्यानाडामा २/२ वटा शाखाहरु छन्।

यस बाहेक एउटा मात्र राष्ट्रिय समिती रहेका राष्ट्रहरुमा बङ्गलादेश, भुटान, चिन, हङ्कङ, नेपाल, जापान, मलेसिया, पाकिस्तान, कतार, साउदी अरबिया, युएइ, अस्ट्रालिया, न्यूजिल्यान्ड, साउथ अफ्रिका, बेल्जियम, जर्मनी, नेदर्ल्यान्ड, पोर्चुगल, रसिया, स्कट्ल्यान्ड, युके र इज्राएल छन्।

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or  This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

Read our related news:

-नेपाली साहित्यकारहरुको विश्वब्यापी सन्जाल निर्माण हुने

-अनेसास निर्वाचनमा नेपाली डायस्पोरा साहित्यकारहरुबिच निर्वाचनको लहर

-अन्तरराश्ट्रिय नेपाली साहित्य समाजको नेत्रित्वकालागि साहित्यकारहरुबिच कडा प्रतिस्पर्धा

-'अनेसास' को चुनाबी मैदानबाट हटे एक अध्यक्ष र एक महासचिब उम्मेद्वार

-अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (INLS) को निर्वाचन सरगर्मी, अध्यक्ष र महासचिब पदमा ३/३ प्रतिपर्धी खडा

 

अप्डेटकोलागि हाम्रो साहित्य सेक्सन हेर्दैजानुहोला:

http://www.usnepalonline.com/literature/

 

नब निर्बाचित अनेसास महासचिब गीता खत्रीको बक्तब्य

जुलाई ११ २०१०

श्री प्रमुख निर्वाचन आयुक्त तथा अन्य सदस्य ज्यृ्
श्री अनेसास अव्जरभेशन ग्रुप
तथा सम्पृ्र्ण अनेसास आजीवन सदस्यज्यृ्हरु ।

सर्बप्रथम अनेसास पहिलो ऐतिहासिक निर्वाचन सफलतापृ्र्वक सम्पन्न गर्नु भएकोमा म तपाईहरु सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

यो पहिलो चुनाव भएकोले जे जति गल्ती भएपनि यस्लाई पछाडि राखेर अनेसास अगाडि बढ्नुनै हाम्रो सभ्यपन र महानता हो । तर यस्ता गल्तीहरु अब देखि नदोहोरिउन र त्यसको लागि अपनाउनु पर्ने नीति नियमहरुको तर्जुमा समयमै बनोस र त्यसलाई सबैले स्वीकार गर्नै पर्छ भन्ने मेरो मान्यता पनि छ ।

मेरो विचारमा चुनाव भनेको जित र हार मात्र होइन । यस्ले धेरै व्यवहारिक कुराहरुलाई पनि छुदों रहेछ । शायद अनेसास बोर्ड अफ ट्रष्टिज, कार्यकारी समिति तथा सम्पृ्र्ण आजीवन सदस्यज्यृ्हरुलाई जानकारी भइसक्यो होला ।

अनेसास साहित्यको सम्बद्र्धन सरंक्षण र उन्नतिको लागि स्थापना गरिएको संस्था हो भनेर भनीरहनु नपर्ला । यसमा काम गर्ने साहित्य प्रेमीहरु, अग्रजहरु, साथीभाईहरु सबै स्वयम् सेवक हुन् । त्यसैले सबैले सबैको सम्मान गर्न बिस्रनु हुन्न र चुनाव पछि पनि हामी सबैको आआफ्नो जीवन छ र अगाडि बढनु छ । चुनावी दौरानको सिलसिलामा अरुलाई लान्छना लगाउनु अरुको चरित्रमा दाग लाग्ने कुराहरु गर्नु संस्थाको बदनाम गराउने दुष्प्रयास गर्नु हुन्न भन्ने मेरो मान्यता छ । म लगायत हाम्रा साथीहरु कसैले यस्ता प्रयास गरेजस्तो मलाई लाग्दैन । यदि कसैले गरेको रहेछ भने पनि हामीले माफी माग्नु पर्छ र पछि सुधार पनि गर्नु पर्छ ।

यतिखेर चुनाबी परिणाम तपाई हामीहरुका माझ आईसकेकोले म लगायत हाम्रा साथीहरुलाई आपुनो अमृ्ल्य मत दिई हामीलाई बिजय गराउनु हुने सम्पृ्र्ण अनेसासा आजीवन सदस्यज्यृ्हरु बोर्ड अफ ट्रष्टिज तथा कार्यकारी समितिका सदस्यज्यृ्हरुमा हार्दिक आभार प्रकट गर्दछु । उहाँहरुको सल्लाह र सुझावलाई सधैं आफ्नो लक्ष्य बनाई त्यसको उचित निर्णय लिई कार्यान्वयन गर्ने छौं भन्ने पनि दिलाउन चाहन्छु ।

म लगायत हाम्रा साथीहरुलाई मत नदिनु भएका अनेसासा आजीवन सदस्यज्यृ्हरु, बोर्ड अफ ट्रष्टिजका सदस्यज्यृ्हरु तथा कार्यकारी समितिका सदस्यज्यृ्हरुलाई पनि म हार्दिक धन्यवाद दिन चाहन्छृ् । उहाँहरुको हातमा छनोट गर्नु पर्ने साहित्य सर्जकहरुको लिष्ट थियो, उहाँहरुले सबैको जीवनी अध्ययन गर्नु भयो, योग्यताको निरक्षण गर्नु भयो र मत दिनु भयो । यो उहाँहरुको नैसर्गिक अधिकार थियो । जीत र हार त छदैं थियो । म उहांको भावनाको कदर गर्छु र उहांहरुको सल्लाह र सुझावलाई पनि त्यतीकै प्राथमिकता दिई कार्यान्वयन गराउनेछौं । उहांहरुले आफ्नो मत खेर गएको नसम्झीदिनु होला भन्ने ठृ्लो आशा लिएको छु ।

चुनावी मैदानमा उभिई अनेसासलाई आज एउटा ऐतिहासिक मोडसम्म लैजान यत्रो कसरत गरिरहनु भएका सबै प्रखर साहित्य सर्जकहरुलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु । जीत अथवा हार त साहित्यका लागि केही होइन साहित्य सृजना नै सर्जकको धर्म हो । आजको चुनावी परिणाम जे भए पनि उहाँहरुले उठाउनु भएका जायज मुद्दालाई हामी कार्यान्वयन गराउनेछौं । उहाँहरुलाई कति पनि बिचलित नहुन र हामीले गरेका कामहरुको निरक्षक भई गल्ती भयो भने औल्याई दिनु सादर अनुरोध पनि गर्दछु । साहित्य सबैका लागि बराबरी नै हो । कुनै पार्टीगत कुरा होइन । हामी बिरोधी हौं भन्ने नसोचि दिनु हुन पृ्नः हार्दिक अनुरोध गर्दछु । कतिपय उम्मेदवार साथीहरु बीच हाम्रो पहिले पनि सुमधुर सम्बन्ध थियो आज पनि रहने छ र पछिसम्म रहिरहनेछ भन्दै यो बिजय सबै साहित्य प्रेमी सर्जकहरुको बिजय हो भन्न चाहन्छु ।

भवदीय
गीता खत्री
न्यृ्योर्क ।

 

हार्दिक बधाई तथा शुभकामना !

अनेसास परिवारका सम्पूर्ण सदस्य ज्युहरु,

अनेसास केन्द्रीय समितिको हालै सम्पन्न निर्बाचनमा निर्बाचित हुनु हुने मेरो प्रतिद्वन्दी उम्मेदवार गीता खत्री लगायत सम्पूर्ण निर्बाचित उम्मेदवारहरुलाई म हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु ।

चुनाबी दौरानमा भएका कतिपय तिता कुराहरुलाई बिर्सी खुला मन लिएर अगाडिको बाटोमा हिड्नको लागि म सबै मित्र शुभचिन्तक हरुलाई हार्दिक अनुरोध गर्दछु ।

यस निर्बाचनमा मलाई मतदान गर्ने ९२ जना ज्युदा सदस्य ज्युहरुहरुको सदैब ऋणी छु । अनेसासमा आमुल परिबर्तन गर्नुपर्छ भन्ने मेरो नारामा सहमति जनाउनु हुने ९२ जना सदस्यहरु मेरो लागि ठुलो बल हो । मैले चुनाब नजिते पनि हाम्रो नारा लगभग ४०% स्थापित भएको छ यो भन्दा ठुलो गर्ब अरु के हुन सक्छ । मलाई मतदान गर्ने सदस्यहरुको मतलाई खेर जान नदिने बाचा गर्दै मैले उठाएका कुराहरुलाई निरन्तर रुपमा आगाडी बढाउने विश्वास दिलाउन चाहन्छु ।

निर्बाचित हुने सम्पूर्ण उम्मेदवारहरुलाई मेरो बिनम्र अनुरोध छ, हाम्रो समुहले प्राप्त गरेको मतकोसमेत सम्मान गरि आफ्नो कार्यतालिका आगाडी बढाउनु हुन अनुरोध गर्दछु ।

अनेसासलाई व्यक्ति, परिवारभन्दा माथि उठाउने हाम्रो अभियानमा निरन्तर लागिरहने छौ । यस अभियानमा ९२ जना मुर्धन्य व्यक्तिहरु हुनु हुन्छ, समय क्रममा यस बाटोमा अझै कयौ हातहरु थपिदै जानेछ भन्ने हाम्रो विश्वास छ ।

निर्बाचित उम्मेदवारहरुको कार्यकालको पूर्ण सफलताको कामना सहित ।

दीपक भेटवाल
दोहा, कतार


INLS HQ Executive Board for the term 2010-2012 Election Result

Dear INLS HQ Voters, INLS Officers and Well Wishers,

It gives us great pleasure to make the INLS HQ election results as reported to us by the Election Observers Group  public. It was a pioneering elections in that it was the first International Elections conducted electronically. There were many challenges; technical, recordkeeping and the Group worked very hard to resolve them as evidenced by their periodic reports and responses.
Our congratulations to the winners and hope that the INLS family will work once again as one united group to meet the incoming challenges and march forward.

We will like to take this opportunity to thank the Board of Trustees and the INLS HQ Executive Committee for their trust in us in giving the resposnibility of conducting the elections and members of the INLS Election Observers' Group for their hard work to make the elections, fair, equitable and confidential.

We will also like to thank all INLS members and the candidates for their patience and understanding of the challenges faced in conducting this historic election of INLS.

Thank you,

INLS Election Commission 2010
Shyam D. Karki, Chair,
Purushottam Subedi, Member
Bhim Regmi, Member
Tika Pun, Member
Neelam Karki Niharika, Member

 

निर्वाचनको निस्पक्षताबारे र छुटेका मतदाताबारे स्पष्टिकरण

अनेसासको record-keeping र कार्यशैलीमा मा professionalism को कमी भएको र त्यसमा सुधार गरिनुपर्ने कुरामा सबैको सर्वसम्मति छ ।

तर जहाँसम्म निर्वाचन परिणामको कुरा छ, हामीले सबै प्रकारका अवास्तविक मत खारेज गरी निर्विवाद र प्रमाणित मतदाताको मत मात्र गणना गरेर परिणामको निर्धारण गरेका हौं । यो कुरा तथ्यांक सहित परिणाम सूचनासंगै प्रस्तुत पनि गरेका छौं ।

हामीलाई शुरूमा प्राप्त ३७५ मतदाता नामावलीबाट ३४ वटा अवास्तविक मतदाता (७ संस्था मतदाता, १८ दोहोरो मतदाता र ९ फेला नपरेको मतदाता) खारेज गरी बाँकी रहेको ३४१ निर्विवाद वा प्रमाणित मतदातामध्ये जतिले मत हाल्नुभयो, तिनै मतहरू (कूल २५३) बाट निर्वाचन परिणाम निकालिएको हो । माथि प्रस्तुत गरिएको जति तथ्यमा कुनै धाँधली/चलखेल छैन । वास्तवमा चलखेल हुन सक्ने सम्भावनै नरहोस् भनेर नै मतदान शुरू हुने बित्तिकै मतदाता नामावलीलाई बन्द गर्ने (केही मतदाता छुट्नु भएको हुनसक्ने सम्भावना हुँदाहुँदै पनि) तानाशाही निर्णय गरेको हो ‘निर्वाचन पर्यवेक्षण टीम’ले । यो कुरा सबैलाई प्रष्ट होस् भन्ने चाहन्छु म । छुटेका केही मतदाताको बलिदान गरिएकै हो । तर त्यो बलिदान तत्पश्चातका निर्वाचन प्रक्रिया manipulation को लागि अभेद्य होस् भन्ने प्रयोजनले भएको हो । त्यही कुरा स्पष्ट गर्न पनि यो सन्देश लेखेको हुँ अहिले ।

दीपक खडका
(पूर्व निर्वाचन पर्यवेक्षक)

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

avatar Arun Khatri
0
 
 
yo sabai chor parkriya bata vayako nirwachan ho, tyasaile yasko bhalai hune chhant chhaina. Dudhako sathi biralo, gadal bhanne manchhe na sahityakaar ho na kasaile chineko manchhe ho. Yo sabai paisa ko bharma election jitne harudekhi sawadhan....
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?