NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा नेपाली काँग्रेस सभासदहरुसंग अन्तर्कृया कार्यक्रम सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 16 November 2009 08:51

न्यू योर्क- न्यू योर्क शहरमा बसोबास गर्ने नेपाली काँग्रेस समर्थकहरुको आयोजनामा संयुक्त राष्ट्र संघको ६४ औं महासभाको बैठकमा भाग लिन न्यू योर्क आउनुभएका नेपाली काँग्रेस सभासदहरुसंग अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ।

 



उक्त अन्तर्कृया कार्यक्रमको प्रमुख अतिथी स्वास्थ्य मन्त्री तथा नेका केन्द्रिय सदस्य उमाकान्त चौधरी हुनुहुन्थ्यो भने नेका सभासदहरु पुरुसोत्तम बस्नेत, केशब कुमार बुढाथोकी र महेन्द्रध्वज जिसी अतिथीको रुपमा उपस्थित हुनुहुन्थ्यो।

स्वागत भाषण कान्छा लामाले गर्नु भएको अन्तर्कृयामा अधिबक्ता खगेन्द्र जिसी, आनन्द बिष्ट, बंशलाल तामाङ्, रोशन ढुङ्गाना, बिजय थुलुङ, गीता खत्री लगायत स्थानीय नेपाली अगुवाहरुले सम्बोधन गर्नु भएको थियो।

दुर्गेस कार्कीको उदघोषणमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व न्यू योर्क काँग्रेस कि नेत्री म्रिदुला कोइरालाले गर्नु भएको थियो।

प्रमुख अतिथी मन्त्री चौधरीले आफ्नो मन्तब्यको क्रममा नेपाली काँग्रेस नै हाम्रो भबिश्य हो, भोलीको भबिश्य काँग्रेस मा लागेर हुने बताउदै नेपाली काँग्रेसको नेपालमा र अमेरिकामा हुने आगामी अधिबेसन एकताको महाधिबेसन होस् भन्ने कुरामा जोड दिनु भयो।

Health & Population Minister Umakanta Chaudhari. Photos: eEyeCam.com

स्मरण रहोस्, नेपाली जन संपर्क समिति अमेरिका नामको दुई वटा संगठन देबकोटा र बिष्ट समुहको बिबाद बखेडा चरम सिमामा पुगेपछि नेपाली काँग्रेस केन्द्रिय समितीद्वारा गत जून १८ तारिख बिघटन गरिएको थियो।

मन्त्री चौधरीले काँग्रेस रहुन्जेल प्रजातन्त्र रहने र प्रजातन्त्र रहे हामी रहने उल्लेख गर्दै अहिलेको देशको प्रमुख दायित्व नयाँ संम्बिधान समयमा लेख्ने रहेको बताउनु भयो। काँग्रेसले नै माओवादीलाई शान्ती प्रकृयामा ल्याएको स्मरण गराउदै मन्त्री चौधरीले नत्र माओवादीहरु अहिले पनि जङ्गल मै हुने ठोकुवा गर्नु भयो।

काँग्रेस रहुन्जेल प्रजातन्त्र रहने र प्रजातन्त्र रहे हामी रहने उल्लेख गर्दै अहिलेको देशको प्रमुख दायित्व नयाँ संम्बिधान समयमा लेख्ने रहेको बताउनु भयो। काँग्रेसले नै माओवादीलाई शान्ती प्रकृयामा ल्याएको स्मरण गराउदै मन्त्री चौधरीले नत्र माओवादीहरु अहिले पनि जङ्गल मै हुने ठोकुवा गर्नु भयो।

Nepali Congress leader & CA Member Purusottam Basnet

सभासद पुरुसोत्तम बस्नेतले वाइसियलले अपराधीक गतिबिधी गर्दै आएकोमा त्यसको भ्रत्सना गर्दै देश जातियताको नाममा संघीयता खडा गरेर बिखन्डन गर्न खोजिरहेका तत्वहरुप्रति सचेत हुनु पर्ने कुरामा जोड दिनु भयो।

Nepali Congress leader & CA Member Keshavkumar Budhathoki.

अर्का सभासद केशबकुमार बुढाथोकीले न्यू योर्क शहरको सन् १८२६ मा निर्माण गरिएको रेल्वे सेवाको दाँजो नेपालमा प्रिथ्बीनारायण शाहको एकिकरण नेपालको अभियान थाल्दासंगको समयसंग दाँज्दै नेपालीहरु अमेरिकाभन्दा दुई सय बर्ष पछाडि परेको बताउनु भयो।

Nepali Congress leader & CA Member Mahendradhoj GC

अमेरिकामा आएका र यतै रालिएका नेपालीहरुको बारेमा चिन्ता ब्यक्त गर्दै सभासद बुढाथोकीले नेपाली दुताबासले नेपालीहरुको खोजितलासी र तथ्याङ्क राख्नुपर्ने कुरामा जोड दिनु भयो।

सभासद महेन्द्र ध्वज जिसीले अमेरिकाले आफ्नो गर्नु पर्ने सम्पूर्ण बिकास गरिसकेको कारण अन्य देशमा सहयोग गर्न तत्पर रहेको बताउनुभयो।

नेपालमा पल्सर मोटार साइकल चढेपछि युबाहरुले कसैलाई पनि नगन्ने स्थिती रहेको उल्लेख गर्नु भयो।

Mridula Koirala.

युएस नेपाल अनलाइनले उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेको थियो। लाइभ भिडियो हेर्न यो लिङ्कमा जानुहोस्:





Kanchha Lama


Khagendra GC




Bijaya Thulung


Roshan Dhungana


Geeta Khatri


Anand Bist


Bamsalal Tamang. Photos: eEyeCam.com
Read related news:

-न्यू योर्कमा नेपालको पितातन्त्र संस्क्रितीबारे गम्भिर बिबेचना

"पितातन्त्रको बोलवाला छ"- प्रदिप गिरी, नेका बौद्धिक नेता तथा सभासद

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?