NEWS: बिबिसी नेपाली सेवा ::

Inside

धरापमा परेको जन सम्पर्क समिती अमेरिका र कांग्रेसी राजनीति PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Chhiring Topke Lama   
Wednesday, 01 July 2009 23:11
न्यू योर्क- सन्दर्भ नेपाली जन सम्पर्क समिती अमेरीकाको मात्र होईन सिंगो नेपाली कांग्रेस पार्टीको हो ।

भर्खर मात्र नेपाली जन सम्पर्क समिती अमेरीका माथी एउटा आत्माघाती क्षेप्यास्त्र प्रहार भएको छ । क्षेप्यास्त्र आत्माघाती यस अर्थमा की त्यो आफ्नै माउ पार्टी संगठन नेपाली कांग्रेस केन्द्रिय कार्यलयबाट प्रहार भएको हो ।

नेपाली कांग्रेस केन्द्रिय कार्यलयबाट नेपाली जन सम्पर्क समिती अमेरीकाको नाममा पत्र जारी गर्दै अमेरीकामा कुनै पनि जन सम्पर्क समिती नरहेको निर्देश गरेको छ । अचम्म लाग्दो कुरा के छ भने यो बिषयलाई केन्द्रिय समितीमा छलफलको लागी नलगी कुनै नेता बिषेशले हचुवामा निर्णय गरेर मुख्य सचिव रामचन्द्र पोखरेल मार्फत पठाएको बुझिएको छ ।

नेपाली जन सम्पर्क समिती अमेरीका भित्र अधिवेशन पुर्वदेखी नै चल्दै आएको अन्र्तध्वन्दले विकराल रुप लिदै गई रहेको थियो । यही अन्तर्द्वन्द कै बिच नेपाली कांग्रेसको केन्द्रिय प्रतिनिधीको उपस्थितीमा प्रथम अधिवेशन सम्पन्न भएपछि बिधीवत रुपमा नेपाली जन सम्पर्क समिती अमेरीकाको जन्म भयो । जन्म त भयो तर जुम्ल्याह जन्म भयो- प्रथम अधिवेशन सम्पन्न भए लगत्तै गुटबन्दी शुरु भयो र नेपाली जन सम्पर्क समिती अमेरीकाको नाममा अर्को एउटा समनान्तर संगठन खडा भयो । यसलाई जुम्लयाह भन्नु भन्दा पनि तेलो छोरो भन्नु उचित ठान्दछु म किनकी समनान्तर संगठनको अधिवेशन ढिलो गरी सम्पन्न भएको थियो । समनान्तर संगठनको अधिवेशनमा नेपाली कांग्रेसको केन्द्रिय सदस्य सुनील भन्डारीले आफुलाई आधिकारीक केन्द्रिय प्रतिनिधी बताउदै रिबन काटेर भाषण गरे। ।

यस बिच, नेपाली कांग्रेसका थरी थरी नेताहरु अमेरीका आए, जन सम्पर्क समितीका दुई गुटका सदस्यहरुलाई छुट्टा छुट्टै दर्शण भेट दिए, एकता गराउने आश्वसनसंगै भ्रम फैलाएर नेपाल फर्के । नेपाली कांग्रेसका कुनै पनि नेताहरुले नेपाली जन सम्पर्क समिती अमेरीकाको विभाजनलाई गम्भिर रुपमा लिएनन् र यसलाई एकिकरण गरि रहनु पर्ने जरुर नै देखेनन् । शायद एकिकरण नगराउदा नै नेताहरुको ब्यक्तिगत स्वार्थ फरा हुन्थ्यो होला । बरु अन्तमा यसलाई आत्मघाती क्षेप्यास्त्र प्रहार गरेर तहस नहस बनाउने असफल प्रयास भएको छ। असफल प्रयास यस अर्थमा की केन्द्रबाट आएको उक्त पत्रको ठाडै अस्विकार गर्दै नेपाली जन सम्पर्क समिती अमेरीका सुरेन्द्र देवकोटाको अध्यक्षतामा आकस्मिक बैठक बसेर हार्डफोर्ड अधिवेशनले जन्माएको जन सम्पर्क समिती अमेरीका र यस मातहतका सम्पूर्ण च्याप्टरहरुले सांगठनिक काम कार्वही सुचारु राख्ने निर्णय गर्यो । यो निर्णयले नेपाली कांग्रेसका केन्द्रिय नेताहरुलाई कस्तो चोट पुर्यायो बुझ्न बांकी छ तर कुनै नेता बिशेषको हचुवा र अवैधानिक विघटनलाई हत्त न पत्त आंखा मिच्दै स्वागत गर्ने मित्रहरुलाई भने १२० डिग्रीको ज्वरो आएको हुनु पर्छ ।

नेपाली कांग्रेस एउटा स्थापित र ऐतिहासिक पार्टी हो । नेपाली कांग्रेस जस्तो जनाधार भएको प्रजातान्त्रिक पार्टीमा आवद्ध हरेक समर्थक, कार्यकर्ता तथा नेताहरुले राष्ट्रियता, प्रजातन्त्र र समाजवाद अनि बिपिको आदर्शको न्यूनतम मुल्य र मान्यतालाई कदापि बिस्रनु हुदैन । पार्टीको विधानमा अनुशासन आचार संहिता र कार्वाहि जस्ता कुराहरु दफा र उप दफा भित्र कैद छ । ब्यवहारमा नेतादेखि कार्यकर्तासम्मले जे बोले पनि हुन्छ, जे गरे पनि हुन्छ । आत्मकेन्दित प्रवृत्ति हाउगुजी बनेर पार्टी भित्र रुम्मलि रहेको छ । दण्डहिनताको ब्यबस्था अन्त्य सबै भन्दा पहिले पार्टी भित्र आवश्यकता रहेको छ । पार्टी भित्र बफादार र लगनशिल कार्यकर्ताको सहि मुल्यांकन हुदैन, काम भन्दा हावा गफ धेरै गर्ने र नेताहरुको चाप्लुसी, चाकडी गर्नेहरुलाई पार्टी कामको जिम्मेवारी दिईन्छ ।

हाल अमेरीकामा चलि रहेको जन सम्पर्क समित भित्रको लडाईं कुनै बैचारिक सवालको लडाईं होईन, कुनै सिद्धान्तको लडाईं होईन । यो त मात्र कुर्चीको लडाईं हो, भाग भण्डाको लडाईं हो । यसमा कुनै सन्देह छैन । के यहि हो आन्तरिक लोकतन्त्रको सफल अभ्यास ?

नेपाली जन सम्पर्क समिती अमेरीकाले केन्द्रबाट पठाएको पत्रको निर्देशनलाई गलत सावित गर्दै संगठनको काम कार्वाहीलाई सुचारु राख्ने जुन निर्णय गर्यो त्यो निर्णय पार्टी हीत, रक्षाको खातिर गरिएको निर्णय हो । यो निर्णय सर्वोपरी स्वागतयोग्य छ । अवको कुनै पनि प्रजातान्त्रिक राजनैतिक पार्टी पुरानो ढंगले चल्ने वाला छैन । अन्धो भक्त भएर पार्टी केन्द्रको हरेक निर्णयको शिरोपर गर्नु भनेको पार्टीलाई अद्योगतितिर धकेल्नु हो । एक्काईसौं शताब्दीको प्रजातान्त्रिक पार्टी भित्र सत्रौं शताब्दीको तानाशाही वा हैकमवाद हावी भयो भने पार्टी गतिहीन भएर जाने मात्र होईन कुनै पनि बेला दुर्घटना ग्रस्त हुन सक्छ । त्यसैले पार्टी केन्द्र बाट तल्लो निकाय चलाउने मात्र होईन आवश्यक परेको खण्डमा तल्लो निकायबाट पनि केन्द्र चलाउनु पर्छ ।

लोकतान्त्रिक गणतन्त्र नेपालको बर्तमान परिप्रेक्षमा पार्टीलाई गतिशील बनाउन उपरोक्त बिषय अपरिहार्य भई सकेको छ । कुनै पनि नेता बिशेषले आफ्नो समय र हीतको अनुकुलतालाई मध्य नजर राख्दै बिना वहस वा बिना छलफल नै कुनै पनि कुरा निर्णय गरेर जबर्जस्त लाद्ने कोशिस गरेमा नेपाली कांग्रेसका कुनै पनि कार्यकर्ता वा समर्थकको लागी स्विकार्य हुदैन यो समयको माग हो ।

समग्रमा वा समष्टिगत रुपमा व्यक्त गर्नु पर्दा अबको नेपाली जनताको चेतना स्तर बिश्व राजनैतिक परिस्थिती, आफ्नै देश भित्रको बदलिदो राजनैतिक परिवेश आदीलाई मध्य नजर राखेर नेपाली कांग्रेसले पुरानो ढंगको परिपाटीलाई पटाक्षेप दिनै पर्छ र नया चरणको शुरुवात गर्नु पर्छ । नया चरणको शुरुवातमा नेपाली कांग्रेसलाई बहुसंख्यक नेपाली जनताले दिएको विश्वासको कदर गर्दै आत्मा केन्द्रित प्रवृत्तिको निर्मुल, पार्टी भित्र कार्वाहिको परम्परालाई कडाईका साथ लागु गर्ने र कार्यकर्ताको कामको सहि मुल्यांकन जस्ता कुराहरुलाइृ प्रमुख विषय बनाउनु पर्ने देखिन्छ ।

-Chhiring Topke Lama in New York

Comments

avatar dangal
0
 
 
u r right lama g i sallute u
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Chhiring topke lama
0
 
 
thanks 4 appreciation, dangal ji. what i wrote is for NC, on behalf of NC and for the ideology of NC.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?