NEWS: बिबिसी नेपाली सेवा ::

Inside

कान्तिपुर अब अमेरिकाबाट प्रकासित गरिने, ५ बर्समा ७ करोड ८० लाख लगानी गर्ने योजना PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Thapa Magar   
Wednesday, 16 September 2009 01:20
न्यू योर्क - अमेरिकामा इन्टर्नेटको जमानाले गर्दा धमाधम पत्र पत्रिकाहरु बन्द भईरहेकै बेला नेपालको संभबत: सबैभन्दा धनी मिडिया हाउस कान्तिपुर प्रकासन गृह र त्यसै नामबाट प्रकासित 'कान्तिपुर' पत्रिकाको उत्तर अमेरिकि संस्करण छिट्टै निस्कने भएको छ ।

Kantipur Publication's Chairman and MD Kailash Sirohiya in New York. Photos: eEyeCam.com
अहिले यस प्रकासनका मालिक अध्यक्ष तथा प्रबन्ध निर्देसक कैलाश सिरोहिया र उहि प्रकासन गृह कै The Kathmandu Post का सम्पादक अखिलेश उपाध्याय अमेरिकि भ्रमणमा छन् ।
सम्पादक उपाध्यायले न्यू योर्कको न्यू योर्क बिश्वबिद्यालयबाट पत्रकारितामा उच्च शिक्षा हासिल गरेका कारण नेपालका सबै भन्दा धनी एडिया मुगल मानिने शिरोहियाले साथ लिइ हिडेको बुझिएको छ ।
गत आइतबार दिउसो न्यू योर्क कुइन्सको हिमालयन याक रेस्टुरेन्टमा डाकिएको भेलामा शिरोहिया र उपाध्यायले कान्प्तिपुरको उत्तर अमेरिकि संस्करण प्रकासन गर्ने बिशयमा प्रकाश पारेका थिए ।
Chairman/MD Kailash Sirohiya and The Kathmandu Post Editor Akhilesh Upadhyay in New York. Photos: eEyeCam.com
शिरोहियाका अनुसार कान्तिपुरको कतार संस्करण सन् २००८ देखी हरेक हप्ता २४ पृस्ठको प्रकासित हुँदै आएको र उक्त संस्करण लोकप्रिय बन्दै गएको कारण अब अमेरिका , बेलायत, अस्ट्रालिया , मलेशिया र हङकङमा समेत संस्करणहरु प्रकासन गर्न लागेको बताए ।
अमेरिकाबाट सम्भबत: आगामी सन् २०१० को पूर्वर्धमा प्रकासन शुरु गरिने प्रकासन गृहको योजना रहेको पनि सिरोहियाले युएस नेपाल अनलाईनलाई जानकारी गराए ।
उनले यो पनि भने कि अमेरिकि संस्कारणको लागी अमेरिकामा छुट्टै सम्पादक नियुक्ती गरिने छैन बल्की कतारमा जस्तो एक जना रिपोर्टर-प्रबन्धक या स्वतन्त्र रिपोर्टरबाट समाचार संकलन गरिने छ । अमेरिका हेर्ने सम्पादक नेपाल मै हुने र त्यसो गर्दा प्रकासनको ब्ययभार कम हुने छ ।
उता सम्पादक उपाध्यायले भने कि प्रकासनमा ४० प्रतिसत अमेरिकि समाचार र ६० प्रतिसत समाचार नेपालको पस्किने छ ।
Editor Akhilesh Upadhyay in New York.
कान्तिपुर नेपालमा दैनिक प्रकासन भए पनि अमेरिकि संस्करण चाही साप्ताहिक र नेपाली - अङ्ग्रेजी मिशृत प्रकासित हुनेछ ।
शिरोहियाका अनुसार नेपाल सरकारले बिदेशमा लगानी गर्न अझै छुट नदिएकाले अमेरिकि संस्करणको प्रकासन बिश्वासिलो  अमेरिकि नेपाली लगानिकर्ताहरुको अमेरिकि बिजिनेस कम्पनी मार्फत गरिनेछ ।
आफुले ३ देखी ५ बर्समा कान्तिपुर संस्करण मुनाफामा जाने बताउदै आगामी पांच बर्ससम्म १ मिलियन अमेरिकि डलर (नेपाली रुपैयाँ ७ करोड ८० लाख) सम्म खर्च गर्न आफु तयार रहेको पनि अध्यक्ष शिरोहियाले बताए ।
Editor of Naya Nepal Khabar Bishwa Shah. Photos: eEyeCam.com
कार्यक्रममा न्यू योर्कका बिभिन्न बक्ताहरुले प्रकासनमा समाबेस गरिनु पर्ने समाचार सामाग्रीहरुको लागी सुझाब दिएका थिए भने न्यू योर्कबाट प्रकाशित हुँदै आएका बिभिन्न पाक्षिक पत्रिकाका सम्पादकहरु चुप लागे पनि अहिले प्रकासन स्थगित रहेको "नयाँ नेपाल खबर" पत्रिकाका सम्पादक बिश्व शाहले चाहिँ कान्तिपुर जस्तो धनी प्रकासनले अमेरिकामा प्रकासन शुरु गर्दा ठुलो माछाले सानो माछालाई खाने त होइन भन्ने प्रश्न गरेका थिए ।
Image courtesy: cewip.org
प्रतिउत्तरमा शिरोहियाले आफुले ब्याबसायिकतामा बिश्वास गर्ने भएकोले स्वस्थ प्रतिस्पर्धा गर्न पछी पर्नु नहुने बताए ।
Nepalese news papers from in New York.
केहि समय पछी प्रकासन बन्द हुने हो कि भन्ने प्रश्नको जवाफमा शिरोयाले भुइचालो आएर मरिएछ भने मात्र बन्द हुने नत्रभने निरन्तर प्रकासन भई छाड्ने संकल्प दोहर्याए ।
नेपालमा 'कान्तिपुर' दैनिक दिनहुँ २ लाख ६० हजार छपिन्छन् भने यसका अन्य प्रकासनहरु 'साप्ताहिक' १ लाख २५ हजार , The Kathmandu Post ८५ हजार दैनिक, 'नारी' ७५ हजार मासिक, 'नेपाल' ५५ हजार मासिक प्रकासन हुने गरेको छ ।
कान्तिपुरको वेब्साइट eKantipur.com मा मासिक १३ लाख भिजिटर हुने पनि जनाइएको छ भने प्रकासन गृहको  अत्यन्त लोकप्रिय कान्तिपुर एफएम रेडियो र कान्तिपुर टेलिभिजन पनि सन्चालनमा छ ।
-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
H.E. Madhuraman Acharya. Photos: eEyeCam.com
Anand Bist
Bamsalal Tamang. Photos: eEyeCam.com



Ram Khatri

Bishnu Paudel. Photos: eEyeCam.com



Dipesh Limbu

Mridula Koirala. Photos: eEyeCam.com

Dr. Tara Niraula





Pramod Sitaula

Dr. Binod Shah. Photos: eEyeCam.com

Tek Gurung
Photos: eEyeCam.com
For more news York Nepalese community news go to:
Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌ (24 Photos)

-"साँईली छ महिना छुट्टी बित्यो लाउँदैमा काउकुती"

 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?