NEWS: बिबिसी नेपाली सेवा ::

Inside

अमेरिकि मगरहरुको संस्थाको नयाँ नाम परिवर्तन: "मगर संघ अमेरिका" बन्यो PDF Print E-mail
Share
User Rating: / 4
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 25 October 2010 04:33

दुई कलाकार गायकद्वय जगदिश समाल मगर र राजेश थापा मगर सम्मानित
Exclusive:9 photos, 1 video:
न्यू जर्सी- अमेरिकामा रहेका मगर समुदायको सामाजिक संस्था "लाङ्घाली एशोसियसन युएसए इङ्क" को चौथो अधिबेशनद्वारा आफ्नो नाम परिवर्तन गरी "Magar Association USA, Inc" (मगर एशोसियसन युएसए, इङ्क) नामाकरण गरिएको छ।




अक्टोबर २४ तारिख आइतबार मेस ल्यान्डिङ, न्यू जर्सीमा सम्पन्न अधिबेसनले आफ्नो संस्थाको नाम परिवर्तन गर्नुकासाथै आगामी दुई बर्ष (सन् २०१०-१२) कोलागि ब्रिटिश गोर्खास् सेनाका पूर्व लेफ्टिनेन्ट महेन्द्र थापा मगरको अध्यक्षतामा १५ सद्स्यीय केन्द्रिय कार्यसमितीको चयन र बिभिन्न बिभागहरुको गठन गरेको छ।

Langhali Association USA Inc changed its name to "Magar Association USA, Inc" during its 4th convention held at Mays Field, NJ on Oct 24, 2010. Photos: eEyeCam.com

अब "लाङ्घाली" होइन "मगर" ?

पश्चिमी बाह्र मगरात (पाल्पा, तनहुँ, स्याङ्जालगायतका क्षेत्र) का मगर भाषामा "लाङ्घाली" को अर्थ "गाउँले" हुन्छ।

अमेरिकामा सन् २००४ मा स्थापना भएको मगरहरुको संस्था "लाङ्घाली एशोसियसन युएसए इङ्क" नामबाट सन्चालनमा आएपनि "लाङ्घाली" (गाउँले) शब्दको सट्टा अमेरिकाको शहरमा बस्ने मगरहरुको सन्दर्भमा "मगर" शब्द बढ्ता सान्दर्भिक र स्पस्ट जातीय सामुदायिक पहिचान हुनुकासाथै मगर समुदायमा "खाम" र "काइके" मगर भाषिका पनि बोलिने भएकोले "लाङ्घाली" शब्द परिवर्तन गर्नु परेको आयोजकहरुले जानकारी दिएका छन्।

स्मरण रहोस्, उता नेपालमा बिसं २०३६ सालमा पहिलो अधिबेशन सम्पन्न गरेको मगरहरुको साझा संस्था "नेपाल लाङ्घाली परिवार संघ" ले आफ्नो नाम परिवर्तन गरी "नेपाल मगर संघ" बनाइसकेको छ।


Honouree singer Jagdish Samal Magar and Rajesh Thapa Magar with members of Magar Association USA, Inc. Photos: eEyeCam.com


नयाँ कार्यसमितीमा को को चुनिए?

आफ्नो परिबर्तित नामसंगै अधिबेशनले निम्नानुसारको केन्द्रिय कार्यसमिती, सल्लाहकार बोर्ड, केन्द्रिय बिभागहरुको संयोजक र राज्य प्रतिनिधिहरुको मनोनयन गरेको छ:

अध्यक्ष्: महेन्द्र के. थापा मगर, न्यू जर्सी
प्रथम उपाध्यक्ष: दलबहादुर रोका मगर, मेरील्यान्ड
दोश्रो उपाध्यक्ष्: राजेश थापा मगर, न्यू योर्क
महासचिब: टिकाकुमार पुन मगर, भर्जिनिया
सह-सचिब: मानबहादुर राना मगर, न्यू योर्क
कोशाध्यक्ष: बिष्णुबहादुर पुन मगर, न्यू योर्क
सह-कोशाध्यक्ष: प्रबिण राना मगर, मेरी ल्यान्ड

बोर्ड सदस्यहरु:

प्रेमबहादुर पुलामी मगर, न्यू हेम्प्सायर
बखान थापा मगर, क्यालिफोर्निया
देबेन्द्र थापा मगर, न्यू जर्सी
धनमान थापा मगर, फ्लोरिडा
कुमार थापा मगर, न्यू योर्क
लक्ष्मी राना मगर, न्यू जर्सी
देबु थापा मगर, कनेक्टिकट
ताराप्रशाद पुन मगर, जर्जिया

सल्लाहकार समिती

प्राध्यापक बिके राना मगर, म्यासाचुसेट्स
दलबहादुर बुढाथोकी मगर, पूर्व अध्यक्ष, युके
प्रदीप थापा मगर, पत्रकार, न्यू जर्सी
रुद्रबहादुर थापा आले मगर, न्यू जर्सी

बिभागीय संयोजकहरु

बिदेश बिभाग: लबकुमार बुढा मगर, पूर्व महासचिब, न्यू योर्क
मिडिया (सन्चार) बिभाग: धनबहादुर पुन मगर, सियाटल, वासिङ्टन
साँस्कृतिक बिभाग: राजकुमार पुन मगर, भर्जिनिया
सदस्यता बिभाग: मानबहादुर राना मगर, न्यू योर्क
खेलकुद बिभाग: खोमबहादुर थापा मगर, न्यू योर्क
विद्यार्थी तथा बालबालिका बिभाग: यज्ञ थापा मगर, न्यू जर्सी
महिला शशक्तिकरण बिभाग: अनिता थापा मगर, न्यू जर्सी

राज्य प्रतिनिधिहरु

डा. गङ्गाप्रशाद पुन मगर, भर्जिनियाडा. गङ्गाप्रशाद पुन मगर, भर्जिनिया
पदम पुन मगर, मेरी ल्यान्ड
बखान थापा मगर, क्यालिफोर्निया
प्रेमबहादुर पुलामी मगर, न्यू हेम्प्सायर
निर्मल थापा मगर, पेन्सिल्भानिया
डा. तोमल राना मगर, टेक्सास
देबु थापा मगर, कनेक्टिकट
धनमान थापा मगर, फ्लोरिडा
ताराप्रशाद पुन मगर, जर्जिया

Newly elected President of Magar Association USA, Inc. Photos: eEyeCam.com

Newly elected General Secretary of Magar Association USA, Inc. Photos: eEyeCam.com

Outgoing General Secretary & newly appointed Foreign Affairs Coordinator Lab K. Budhamagar of Magar Association USA, Inc. Photos: eEyeCam.com

लाङ्घाली आपत्कालिन कोशको स्थापना

त्यसैगरी, अधिबेशनद्वारा "लाङ्घाली आपत्कालिन कोश" (Langhali Emergency Fund) र Student Scholarship Revolving Fund स्थापना गरिएको छ।

हाललाई अधिबेशनमा सहभागी मगरहरुद्वारा सङ्कलित झन्डै २ हजार अमेरिकि डलर लाङ्घाली आपत्कालिन कोशमा जम्मा गरिसकिएको संघका निबर्तमान महासचिब तथा बिदेश बिभाग प्रमुख लबकुमार बुढा मगरले युएस नेपाल अनलाइनलाई जानकारी गराउनु भएको छ।

गायकद्वय जगदिश समाल मगर र राजेश थापा मगर सम्मानित

यसैबिच, संघद्वारा अधिबेशनमा नेपालका चर्चित गायक जगदिश समाल मगर, जो न्यू योर्क मै रहेका छन् र न्यू योर्कमा चर्चित गायक तथा उद्घोशक राजेश थापा मगरलाई नेपाली र मगर साँस्कृतिक प्रबर्धन गरेको र प्रतिस्ठा बढाएकोमा सम्मान गरिएको छ।

Singers Rajesh Thapa Magar and Jagdish Samal Magar with their commendation letter. Photos: eEyeCam.com

संघका अध्यक्ष महेन्द्र थापा मगरले गायकद्वयलाई खादा ओढाइ, पुष्प गुच्चा प्रदान गर्दै कदर पत्रद्वारा सम्मान गर्नुभएको थियो।

संघले यस अघी मगर स्टडिज सेन्टरका अध्यक्ष डा. गोबिन्दप्रशाद थापा मगर (२००६), प्रा. बिके राना मगर (२००७), महाबिर पुन मगर (२००७), प्रदीप थापा मगर (२००८), टङ्क मगर (२००८), इन्दिरा राना मगर (२००९), अर्जुनप्रशाद मैनाली (२०१०), फटिक थापा मगर (२०१०) र गायक सुमन बुढा मगर (२०१०) लाई सम्मान गरिसकेको छ।

गायक जगदिश समाल सम्मानपछि न्यू योर्क फर्किदै गर्दा युएस नेपाल अनलाइनले तयार पारेको बिशेष भिडियो:

Popular Nepalese Singer Jagdish Samal Magar singing in American Highway, USA, October 24, 2010

Read more about singer Jagdish Samal:

६ पटक उत्कृष्ट युबा गायक पुरस्कार जितेका जगदिश समाल मगर न्यू योर्कमा के गर्दै छन्?

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098.

This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/usnepalonline

 

Read related news:

-अमेरिकामा पाँचौं लाङ्घाली दोहोरी साँझ सम्पन्न

-लाङ्घाली परिवार यूएस्एको पाचौँ वार्षिक उत्सव भब्यताकासाथ सम्पन्न

-न्यू योर्कमा लाङ्घाली एसोसिएसनद्वारा रक्तदान कार्यक्रम सम्पन्न

-अमेरिकामा नेपालका प्रथम शहीद लखन थापा मगरको १३३ औं स्मृति दिवस सम्पन्न

-अमेरिकि राज्य जर्जियामा भुटानिज अमेरिकन मगरहरुको वार्षिक भेला सम्पन्न

-न्यू योर्कमा पहिलो माघे संक्रान्ती अमेरिकि मगरहरुले यसरी मनाए

-विश्व म्याराथन धावक टंकबहादुर मगर न्यूयोर्कमा सम्मानित
-युएस नेपाल अनलाईनका प्रधान सम्पादक सम्मानित
-अमेरिकी मगरहरूको १५ सदस्यीय नयाँ नेतृ्व


Singer Jagdish Samal Magar being honoured by President Mahendra Thapa Magar. Photos: eEyeCam.com



Singer Rajesh Thapa Magar being honoured by President Mahendra Thapa Magar.


Singers Rajesh Thapa Magar, President Mahendra Thapa Magar & Jagdish Samal Magar. Photos: eEyeCam.com

 

Comments

avatar Tek Gurung
+1
 
 
Badai tatha shuvakaman for newly elected magar sangh of usa. Special congratulation to Rajesh Bhai and Jagadesh Samal jee lai.

Thanks,
Tek Gurung
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar sumi gurung
0
 
 
la la rajesh bro lai congratulation ani dohori gauna uk ma ni aaunu la hehhe
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?