NEWS: बिबिसी नेपाली सेवा ::

Inside

न्यू योर्कमा गिरिजा बाबुलाई उनकी 'अर्की' छोरीले यसरी सम्झिन् PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 10 May 2010 17:04
Article Index
न्यू योर्कमा गिरिजा बाबुलाई उनकी 'अर्की' छोरीले यसरी सम्झिन्
Photos of Girija Babu-I
All Pages

गिरिजाबाबुको भोटो, गन्जी र चप्पल न्यू योर्कलाई चिनो
Exclusive 42 photos:
न्यू योर्क- नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका जीवनपर्यन्त सभापति रहेका स्वर्गिय गिरिजाप्रशाद कोइरालाको ४५ दिनको मृत्‍यु संस्कारको पुन्य अबसर पारेर न्यू योर्कमा रहेकी गिरिजा बाबुकि 'अर्की' एक छोरीले स्व. कोइरालाको सम्झनामा एक पारिवारिक भावपूर्ण स्‍मृति कार्यक्रमको आयोजना गरेकीछिन्।

 


Nepalese Ambassador to the UN Gyanchandra Acharya and Mrs Acharya paying tribute to Girijababu at Mridula Koirala's resident on May 9, 2010. Photos: eEyeCam.com

उनले उक्त कार्यक्रम आइतबार बेलुकी न्यू योर्कको उडसाइडस्थित आफ्नै निवासमा राखेकी हुन्। नेपालीहरुले स्वर्गिय कोइरालाप्रति भावपूर्ण श्रद्दन्जली त गरे नै कोइरालाको निजी जीवनसंग सम्बन्धित थुप्रै सामाग्रीहरुलाई नजिकबाट नियाल्ने मौका पनि पाए।


Former President of Nepali Jana Samparka Samiti America Anand Bist and Dr. Tara Niraula. Photos: eEyeCam.com

गत मार्च २० तारिख अबसान हुनु भएका स्व. कोइरालाको सम्झनामा स्‍मृति कार्यक्रम राख्ने न्यू योर्क निवासी ति 'अर्की' छोरी हुन्- मृदुला कोइराला।


Late Girijaprasad Koirala (aka Girijababu), former Prime Minister of Nepal and President of Nepali Congress Party. Photos archive courtesy: Mridula Koirala

उसो त गिरिजा बाबु र शुस्मा कोइरालाकि सहोदर छोरी सुजाता कोइराला हुन् भने मृदुला भान्जी। तर गिरिजा बाबुलाई 'सान्बा' भनेर मायाले पुकार्ने मृदुला र गिरिजा बाबुले 'न्यू योर्ककि छोरी' भनेर सम्झी रहने उनिहरु बिचको साईनोको गाँठो मृदुलाकि हजुर आमा नन्दकुमारी कोइरालाबाट शुरु हुन्छ। कोइराला खनदानमा नन्दकुमारी कोइराला सबैभन्दा मान्यजन हुनुहुन्थ्यो। आफु ६ या ७ बर्षको हुँदा फारबिसगन्ज, भारतमा निर्बासनमा रहेका गिरिजा बाबुलाई भेट्न आफ्नी हजुर आमाले पहिलो पटक लिएर गएको स्मरण गर्छिन् मृदुला कोइराला। (Note: मृदुला कोइरालासंगको सबिस्तार संस्मरण वार्तालाप र थप निजी तस्बिरहरु युएस नेपाल अनलाइनमा प्रकासित हुँदैछ।)


Mridula Koirala with her Saanbaa Girijaprasad Koirala in Nepal in 2008. Photos archive courtesy: Mridula Koirala

गिरिजा बाबुकि यि 'अर्की' छोरी मृदुलाले ४५ दिने स्‍मृति दिवसका अबसरमा डाकेको भेलामा उनको निवास पुगेका झन्डै ५० जना न्यू योर्कबासी नेपाली अगुवा र आफन्तहरुलाई भने आश्चर्यमा पारिन् गिरिजाबाबुले जीवनको अन्तिम घडीमा प्रयोग गरेका लत्ता कपडा र अन्य सामाग्रीहरुको प्रदर्शनी गरेर।

उनी मार्च २२ कोलागि बुक गरेर नेपाल उड्न ठीक्क परेको बेला गिरिजाबाबुको देहाबसान दुई दिन अगावै मार्च २० मा भएपछि अपर्झट मार्च २१ को फ्लाइटबाट नेपाल फर्केर गिरिजाबाबुको कृयाक्रम संस्कारमा सामेल हुन पुगेकी थिइन्।


Girijababu's body just after his death. Photos archive courtesy: Mridula Koirala. (Note: मृदुला कोइरालासंगको सबिस्तार संस्मरण वार्तालाप र थप निजी तस्बिरहरु युएस नेपाल अनलाइनमा प्रकासित हुँदैछ।)

आफुले काँग्रेस नेत्रित्वलाई गिरिजाबाबुको दाह संस्कार कार्यक्रम एक दुई दिन ढिलो गरी बिदेशमा रहेका आफन्त र शुभचिन्तकहरुलाई बाटोको समय दिइ अन्तिम पटक गिरिजाबाबुलाई हेर्ने मौका मिलाइदिन एयर्पोर्टबाट आफुले बिलाप गरेको तर सरकारले समय लम्ब्याउँदा हुने जन सागरलाई सुरक्षा दिन नसकिने कारण देखाइ मृत्‍युको भोली पल्टै गिरिजाबाबुको दाह संस्कार गरिएकोले आफुले अतिनै माया र सम्मान गरेको ब्यक्तीलाई अन्तिम बिदाइ गर्न नपाएकोमा युएस नेपाल अनलाइनमार्फत दुखेसो पोखिन्।

अझ उनी पटक पटक भक्कानो छाडेर रोएको देख्नेहरुले आफ्नो प्यारो आफन्त गुमाउनु पर्दाको पिडा कति असह्य हुँदो रहेछ भन्ने महशुस गर्न कत्तिपनि गाहरो भएन।


Mridula Koirala was being comforted by Durgesh Karki. Photos: eEyeCam.com

तर आफुले गिरिजाबाबुलाई अन्तिम बिदाइ गर्न नपाएपनि आफ्नी दिदी सरह मान्ने सुजातासंग उनले गिरिजा बाबुले प्रयोग गरेका निजी सामाग्रीहरु बाँडीचुँडी गरेर आधा सुजाता निवास मन्डिखाटार, काठमाडौंमा राख्ने र आधा मायाको चिनो स्वरुप न्यू योर्कको आफ्नो घरमा सजाउने तजबिच मिलाइन्।


Mridula with Sharada Chhetri. Photos: eEyeCam.com

त्यसै चाँजोको कारण उनको निवास पुगेका न्यू योर्कबासीले गिरिजाबाबुले प्रयोग गर्ने नितान्त निजी सामाग्रीहरु हेर्न मात्र होइन स्पर्श गर्नसमेत अबसर पाए।


Girijababu's toiletries items. Photos archive courtesy: Mridula Koirala

गिरिजाबाबुका ति निजी सामाग्रीहरु मध्ये भारतीय "रुपा" ब्रान्डको कटनको फुल गन्जी, भाट्भटेनी डिपार्टमेन्टल स्टोर्सबाट किनेको २०५ रुपैयाँको कोल्गेट प्लाक्स मुख कुल्ला गर्ने तरल पदार्थ, सन् २००० मा उत्पादन गरिएको भारु ८१ पर्ने भारतको पोन्डिचेरीमा उत्पादित "मा Mere" लोसन, "डेट्टोल ह्यान्ड वास" तरल साबुन, "EMOFORM" नामको मन्जन पेस्ट, जीवनको अन्तिम अवस्थामा प्रयोग गरेको अक्सिजन मास्क, घरमा प्रयोग गर्ने Vero Cuoio ब्रान्डको ४१ नम्बरको चप्पल छन्।


Good-luck items from different holy places which were found under the bed of late Grijababu. Photos archive courtesy: Mridula Koirala

त्यसै गरी, बिभिन्न मठ, मन्दिर, तिर्थस्थलहरुबाट लिइएको पूजा सामाग्रीहरु जुन गिरिजा बाबुले अन्तिम समयमा प्रयोग गर्नु भएको बिस्ताराको डन्लप मुनी राखिएका थिए, पनि मृदुलाले ल्याएर आएकिछिन्।


Good-luck items placed under Girijababu's bed which were brought from different holy places. Photos archive courtesy: Mridula Koirala

उसै गरी ओछ्यानको तन्ना, बाथ टावल, स्विटर, दौरा सुरुवाल र स्टकोट पनि मृदुलाको भाग परेका गिरिजाबाबुका सामाग्रीहरु हुन्।


Girijababu at Mridula Koirala's residence in Woodside, Queens, New York in 2000. Photos archive courtesy: Mridula Koirala

उता उनले युएस नेपाल अनलाइनलाई स्‍मृति दिवसको एक हप्ता अगावै यि सामाग्रीहरुको फोटोग्राफी र ति सामाग्री र गिरिजाबाबुबारेको उनको अत्यन्त निजी अनुभब र घटनाहरुको बिशेष फिचर स्टोरीकालागि पूर्व स्विक्रिती दिएकी थिइन्। त्यो चाँही आउँदैछ।

(Note: मृदुला कोइरालासंगको सबिस्तार संस्मरण वार्तालाप र थप निजी तस्बिरहरु युएस नेपाल अनलाइनमा प्रकासित हुँदैछ।)

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/pradeepthapa


प्रस्तुत छ, उक्त एक हप्ता अघी खिचेको र स्‍मृति दिवसको बिशेष फोटो फिचर:

Artefacts of Girijababu. Photos archive courtesy: Mridula Koirala


Girijababu's coat. Photos archive courtesy: Mridula Koirala

Nepali Congress USA Representative Mridula Koirala with Nepali Jana Samparka Samiti NY Chapter Coordinator Krishna Pokhrel and former NY Chapter President Somnath Ghimire. Photos: eEyeCam.com

Bangshalal Tamang. Photos: eEyeCam.com

Pramod Sitaula. Photos: eEyeCam.com

(Note: मृदुला कोइरालासंगको सबिस्तार संस्मरण वार्तालाप र थप निजी तस्बिरहरु युएस नेपाल अनलाइनमा प्रकासित हुँदैछ।) More photos, go next



 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?