NEWS: बिबिसी नेपाली सेवा ::

Inside

न्यू योर्कका नेपालीहरु गिरिजा बाबुको सम्झनामा एक मग्न PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 29 March 2010 18:40
Article Index
न्यू योर्कका नेपालीहरु गिरिजा बाबुको सम्झनामा एक मग्न
GP Koirala Memorial photos-I
GP Koirala Memorial photos-II
All Pages

Featured 36 photos & live audio: न्यू योर्क- नेपालका पुर्व प्रधानमन्त्री, नेपाली काँग्रेसका जीवनपर्यन्त सभापति तथा नेपाली राजनीतिका शिखर ब्यक्तित्व स्वर्गिय गिरिजाप्रसाद कोइरालाको सम्झनामा मार्च २८ मा न्यू योर्कस्थित झन्डै डेढ दर्जन नेपाली संघ संस्थाहरुको संयुक्त आयोजनामा श्रद्धान्जली सभा सम्पन्न भयो।



Paying tribute to late Grijaprasad Koirala in New York on March 28, 2010. Photos: eEyeCam.com

न्यू योर्कको उडसाइडस्थित दिव्यधाम मन्दिरको सभाकक्ष्यमा आयोजना गरिएको उक्त कार्यक्रमको मुख्य अतिथी संयुक्त राष्ट्र संघकालागि नेपालका स्थाई प्रतिनिधि तथा महामहिम राजदूत ज्ञानचन्द्र आचार्य हुनुहुन्थ्यो।


Ambassador Gyanchandra Acharya. Photos: eEyeCam.com

श्रद्दान्जली सभा नेपाली काँग्रेसको अमेरिकास्थित भात्री संगठन नेपाली जनसंपर्क समिती अमेरिकाको अगुवाइमा डाकिएको उक्त समारोहको सभापतित्व जनसंपर्क समिति एकताको दोश्रो महाधिबेसन आयोजक समितीका संयोजक तथा वकिल खगेन्द्र जिसीको अध्यक्षतामा सम्पन्न भएको थियो।


Khagendra GC. Photos: eEyeCam.com

उक्त समारोहको अडियो रेकर्ड सुन्नुहोस्:

 

समारोहमा शोक मन्तब्य ब्यक्त गर्नु हुनेहरुमा नेपाली जनसंपर्क समिती अमेरिकाका पूर्व अध्यक्ष आनन्द बिष्ट, जनसंपर्क समिति एकताको दोश्रो महाधिबेसन आयोजक समितीका सह-संयोजक बेदप्रसाद खरेल, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय अध्यक्ष न्रिपबहादुर बिष्ट, नेपालीज डेमोक्रेटिक युथ काउन्सिल अमेरिकाका अध्यक्ष प्रमोद सिटौला, नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) का महासचिब तथा नेवा गुठी न्यू योर्कका अध्यक्ष आदित्य महर्जन, गैर आबासिय नेपाली संघ अमेरिका (NRN USA) का डाइरेक्टर तथा असोसिएसन अफ नेपालीज तराइयन इन अमेरिका (एन्टा) का अध्यक्ष डा. बिनोद शाह हुनुहुन्थ्यो।


Anand Bist. Photos: eEyeCam.com

त्यसै गरी, रिजवूड नेपालीज सोसाइटीका अध्यक्ष श्री पराजुली, युनाइटेड नेपालीज डेमोक्राटिक युथ फोरुम (UNDF) का केन्द्रिय उपाध्यक्ष तथा न्यू योर्क च्याप्टरका अधक्ष्य टेक गुरुङ, ह्योल्मो सोसाइटी अफ अमेरिकाका अध्यक्ष पेम्बा शेर्पा ह्योल्मो, तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष ईन्द्र तामाङ, अमेरिका-नेपाल फ्रेन्ड्सिप सोसाइटीकि सदस्य तथा अन्तरराष्ट्रिय नेपाली साहित्य समाजकि महासचिब परिता राजाभन्डारी,  अन्तरराष्ट्रिय नेपाली साहित्य समाज न्यू योर्क च्याप्टरकि अध्यक्ष ज्योति पौडेल, कोलम्बिया विश्व बिद्यालयका प्रोफेसर जेनिक राडोन, किरात याक्थुङ चुम्लुङ न्यू योर्क च्याप्टरका अध्यक्ष बिनोद पोमो लिम्बु हुनुहुन्थ्यो।


Singer Pabita Bagchand Pariyar singer patriotic song

त्यसै गरी, अन्य बक्ताहरुमा जनसंपर्क समिति एकताको दोश्रो महाधिबेसन आयोजक समितीकाका सदस्य वंशलाल तामाङ, नेपालीज डेमोक्रेटिक युथ काउन्सिल अमेरिकाका अध्यक्ष उपाध्यक्ष बिष्णु सुबेदी, डा अंगराज तिमील्सिना, जनसंपर्क समितिका न्यू योर्क च्याप्टरका पूर्व सचिब बिजय थुलुङ, सारदा क्षेत्री, हरिसचन्द्र हमाल, विरेन्द्र मानन्धर हुनुहुन्थ्यो।

समारोहमा अधिकारकि कम्युनिटी अर्गनाइजर नर्बदा छेत्री र स्वामी चक्राधराचार्य महाराज उर्फ स्वामी सिपी पराजुलीले मन्त्रोच्चारण गरी स्वर्गिय कोइरालाको आत्माको चीर शान्तिको कामना गर्नुभएको थियो।


Swami CP Parajuli. Photos: eEyeCam.com

उता समारोहमा कविता वाचन गर्ने कबिहरुमा बिनोद रोका, गीता खत्री, तिर्थराज बराल र सुक्रराज घिमिरे हुनुहुन्थ्यो भने गायिका पबिता बाग्चन्द परियारले राष्ट्रगान गाउनु भएको थियो।

यस अघी अतिथी तथा उपस्थित नेपालीहरुद्वारा स्व. कोइरालाको तस्बिरमा माल्यारोपण र एक मिनेट मौन धारण गरी समारोहको शुभारम्भ गरिएको थियो।


Krishna Pokhrel. Photos: eEyeCam.com

समारोहमा स्वागत मन्तब्य समितिका न्यू योर्क च्याप्टरका पूर्व अध्यक्ष सोमनाथ घिमिरेले गर्नु भएको थियो भने कार्यक्रमको संचालक जनसंपर्क समिति एकताको दोश्रो महाधिबेसन आयोजक समितीका सदश्य कृष्ण पोखरेलले गर्नु भएको थियो।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/pradeepthapa

 

 


Bedprasad Kharel. Photos: eEyeCam.com





Aditya Maharjan



Dr. Angaraj Timalsina



 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?