NEWS: बिबिसी नेपाली सेवा ::

Inside

न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by INLS NY Chapter   
Monday, 27 July 2009 12:18
न्यू योर्क- नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा न्यू योर्कमा एक शोक सभाको आयोजना गरियो।
 
Late Basu Rimal "Yatri". Photo: eEyeCam
 
प्रेस विज्ञप्ति

अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज न्यृ्योर्क च्याप्टरले जुलाई २६ आइतबार दिनको ३ बजे न्यृ्योर्कको कुइन्सस्थित Tibet – Kitchen Sangri-la Restaurant मा स्वर्गीय बासु रिमाल यात्रीको सम्झनामा एक शोक सभाको आयोजन गर्यो ।
 
 
Nepalese at the memorial of late Basu Rimal "Yatri". Photo courtesy: INLS NY Chapter

उक्त समारोह प्रसिद्ध कलाकार श्रीमती बसुन्धरा भुसालले स्वर्गीय यात्रीको तस्वीरमा माल्यापर्ण गर्दै कार्यक्रमको शुरुवात भएको थियो ।

"कवि लेखक बासु रिमाल
बहुमुखी प्रतिभाको धनी
मायाका फूलहरु बर्षाउँर्दै
अन्तिम श्रद्धान्जली तिमीलाइ"

कविता बाचन गर्दै अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज न्यृ्योर्क च्याप्टरकी अध्यक्ष गीता खत्रीले स्वर्गीय बासु रिमालको सम्झनामा कवितात्मक श्रद्धान्जली अर्पण गर्नु भएको थियो ।
 
 
Geeta Ghatri, INLS NY Chapter President. Photo courtesy: INLS NY Chapter
 
अर्का प्रसिद्ध कलाकार हरिबहादुर थापाले स्वर्गीय रिमाल अति सरल र मिलनसार हुनुहुन्थ्यो भन्नु भयो । थापाले आफुले उहाँसगँ बसेर काम गर्दाको छोटो चर्चासमेत गर्नु भयो ।

अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज न्यृ्योर्क च्याप्टरकी उपाध्यक्ष श्रीमती ज्योती पौडेल, महासचिव श्रीमती पृ्नम कापुले र विनोद रोकाले उहाँको साहित्यक देनको बारेमा चर्चा गर्नु भयो ।
 
 
Late Basu Rimal "Yatri". Photo courtesy: INLS NY Chapter
 
अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज न्यू जर्सी च्याप्टर अध्यक्ष अनन्त रिसालले स्वर्गीय रिमालका कृतिको चर्चा गर्नु भयो ।

अर्कौ बक्तामा अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज न्यू जर्सी च्याप्टरकी उपाध्यक्ष तथा केन्द्रीय कोषाध्यक्ष कमला प्रसाईले पनि स्वर्गीय रिमालको बारेमा बोल्नु भएको थियो ।

उक्त कार्यक्रम संचालन अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज न्यृ्योर्क च्याप्टर सल्लाहकार बद्री पौडेलले गर्नु भएको थियो ।
 
 
 
अन्तमा अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज न्यृ्योर्क च्याप्टरकी सदस्य परिता रिमालले उहाँको पारिवारिक विवरण प्रस्तुत गर्दै निम्न पँक्तीहरु पढेर सुनाउनु भयो:

साहित्य समालोचना, पत्रकारिताका तिमी “यात्री”
अध्यात्मिकता, बेदान्त शास्त्रमा रमायौ पछि
त्यागेर मोह यो नश्वर शरीर, संसारको
परब्रम्ह परमात्मामा लिन हुन पुग्यौ तिमी “यात्री" 

-अन्तरराष्ट्रिय नेपाली साहित्य समाज, न्यृ् योर्क च्याप्टर
International Nepali Literary Society, New York Chapter
 
 
 
 
Images: eEyeCam

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?