NEWS: बिबिसी नेपाली सेवा ::

Inside

अमेरिकि राज्य जर्जियामा भुटानिज अमेरिकन मगरहरुको वार्षिक भेला सम्पन्न PDF Print E-mail
Share
User Rating: / 6
PoorBest 
Written by Prathaa Magar   
Wednesday, 03 March 2010 17:40

Special 25 photos: एट्लान्टा, जर्जिया- अमेरिकि सरकारको आप्रबासी पुनर्स्थापना कार्यक्रम अन्तर्गत अमेरिकि राज्य जर्जियाको एट्लान्टा शहरमा बसोबास गर्दै रहेका झन्डै ४ सय भुटानी मगरहरुले गत फेब्रुवरी २७ मा दोश्रो वार्षिक भेला सम्पन्न गरेकाछन्।

 



Bhutanese Nepalese Magars at the annual meeting in Atlanta, GA. Photos: eEyeCam.com

मगर एसोसियसन अफ जर्जियाद्वारा आयोजित कार्यक्रममा स्वागत एसोसियसनका अध्यक्ष सरमान समाल मगरले गर्नु भएको थियो भने मगर जातिको भाषा र ईतिहासबारे  संघका सल्लाहकार गोपाल समाल मगरले प्रकाश पार्नु भएको थियो।

उक्त भेलालाई कार्यक्रमका प्रमुख अतिथी खरे बस्नेत, डा. रामचन्द्र बराल, राजा घले, गोपाल समाल मगर, तारा पुन मगर, प्रदिप थापा मगर लगायतले सम्बोधन गर्नु भएको थियो।


Magar community leaders. Photos: eEyeCam.com

कार्यक्रममा मगर समाज र अन्य कलाकारहरुले बिबिध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

साँस्कृतिक कार्यक्रममा आ-आफ्नो कला प्रस्तुत गर्ने कलाकारहरुको सुची निम्नानुसार छ:

प्रताप मगर, भिमा, शिव, तुला, टिका, हेमा, पबी, रोशन, गणेश, शेखर रिजाल, सानीता, गङ्गा, भक्त राइ, तिल्चन, ललिता, कृष्ण, रोहिता, मिलन,, तुला माप्चन, इङ्सामा, सृस्‍टि, दिक्षा, अ मिशा, सुशमा, बिमला, सुदेश राइ, कुसुम मगर, कुल मगर, समिर, किसान, दिवस, बोनोद, चाङ्कु, कौसिला, लीला, मन्जु, इशक तामाङ, टिका रसाइली, रजिनी, डम्बरी थापा मगर, भिम मगर, कमल, तिलचन्द माप्चन मगर, जितेन राइ, हेमा आदी।


Bhutanese Nepalese Magar artists performing Magar dance in Atlanta, GA.

कार्यक्रममा एसोसिएसनका तारा पुन मगरले नेपालका मगरहरुको चिनो स्वरुप मगरपुरुष पहिरन कलाकार प्रताप थापा मगरलाई प्रदान गर्नु भएको थियो।


Tara Pun Magar of Langhali Association USA Inc presenting Magar dress to artist Pratap Thapa Magar. Photos: eEyeCam.com

कार्यक्रममा खड्ग माप्चन मगरले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने संचालन भिमा माप्चन मगर र Emmanuel International Church, Duluth, GA का सिनियर पास्टर सिलाश थापा मगरले गर्नु भएको थियो।

कार्यक्रमपश्चात लाङ्घाली एसोसियसन युएसए (Langhali Association USA Inc-www.magarusa.org) का प्रतिनिधिहरु र मगर एसोसियसन अफ जर्जिया (Magar Association of Georgia) का प्रतिनिधिहरु बिचको बिशेष संयुक्त बैठक राखिएको थियो।

उक्त बैठकमा सहभागीहरुले आगामी अगस्ट भित्र गरिन लागेको लाङ्घाली एसोसियसन युएसएको तेश्रो महाधिबेसन अघी दुई संस्था बिच एकिकरण गरी संस्थाको नाम 'मगर' नामाकरण गर्ने र बिभिन्न अमेरिकि राज्यमा राज्य च्याप्टरहरुको ब्यबस्था गर्ने गरी एसोसियसनको बिधान संसोधन गर्ने सुझाब दिएका थिए।

Voice of Unity: Representatives of Langhali Association USA Inc and Magar Association of Georgia at the meeting. Photos: eEyeCam.com

उता सन् २००४ मा स्थापना भै अमेरिकि मगरहरुको साझा संस्थाको रुपमा केन्द्रिय स्तरमा सबै राज्यका मगरहरुलाई प्रतिनिधित्व गराइ संचालनमा रहेको लाङ्घाली एसोसिएसनले अमेरिकामा मगरहरुको जनघनत्वको ब्रिद्धीसंगै अमेरिकि राज्य स्तरको शाखाहरुको ब्यबस्था गर्ने तरखरमा रहेको कुरा एसोसियसनका महासचिब लबकुमार बुढामगरले युएस नेपाल अनलाइनलाई जानकारी गराउनु भएको छ।

त्यसैगरी, एसोसिएसनको नाम मगर भाषामा 'लाङ्घाली' भए पनि आगामी महाधिबेसनमा 'लाङ्घाली' को सट्टा 'मगर' राख्ने प्रस्ताबकाबारे छलफल अघी बढाई सकिएको पनि महासचिब बुढामगरले स्पस्ट पार्नुभयो।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Find out more at: http://twitter.com/pradeepthapa; & pradeepthapa.com

Read related news:

-अमेरिकामा नेपालका प्रथम शहीद लखन थापा मगरको १३३ औं स्मृति दिवस सम्पन्न

--जापानमा लखन थापा मगरलाइ प्रथम शहिद घोषणा गर्न माग राख्दै मगर दिवस सम्पन्न







Emcee Bhima Mapchan Magar. Photos: eEyeCam.com







Emcee Silas Thapa Magar & Bhima Mapchan Magar with 17" Accer laptop winner Lalita Thapa Magar. Photos: eEyeCam.com





Photos: eEyeCam.com



Hari Maya Layo Magar, 81 year-old. Photos: eEyeCam.com



Khadga Mapchan Magar



Pradeep Thapa Magar (center) with Bhutanese Magars in Atlanta, GA.



The guests: Dr. Ramchandra Baral (2nd from left), Raja Ghale (3rd), Tara Pun Magar (4th) and others. Photos courtesy: Raja Ghale





Photos courtesy: Raja Ghale



Photos courtesy: Raja Ghale


Raja Ghale, Silas Thapa Magar, Pradeep Thapa Magar and Tara Pun Magar. Photos courtesy: Raja Ghale

Comments

avatar Harka
0
 
 
Hello Magar Association: I am one of the Bhutanese Refugee resettled in Atlanta...and I have glance on ur photo gallery and I finally came to comment on ur Caste Group. Why don't u keep ur name as Bhutanese Refugee Association of Georgia instead of Gurung Association? Its just kind to Gurungs becoming the separate group from Refugee group. Everybody has a potential to do something in our Bhutanese Family.....So I would be happy if u realize about my comment.....I am waiting to seeing ur thought....s
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?