NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा मगरहरुले माघे संक्रान्ती मनाए, "याँभु" (इन्द्रेणी) इ-जर्नल प्रकाशन शुरुवात PDF Print E-mail
Share
User Rating: / 4
PoorBest 
Written by Lab K. Budhamagar   
Tuesday, 18 January 2011 10:26

Special: 26 photos: न्यू योर्क- अमेरिकामा बसोबास गर्ने मगर समुदायको साझा संगठन "मगर एसोसियसन युएसए इङ्क" (मगर संघ अमेरिका) को आयोजनामा न्यू योर्क शहरको उडसाइडस्थित सगरमाथा रेस्टुरेन्टमा मगरहरुको राष्ट्रिय पर्ब माघे संक्रान्ती धुमधामसंग मनाइएको छ।



Maghe Sankranti celebration in New York on January 16, 2011. Photo: eEyeCam.com


दुई बर्ष अघि नेपाल सरकारद्वारा मगरहरुको राष्ट्रिय पर्बको रुपमा घोषणा गरिएको माघे संक्रान्ती पर्ब नेपाल र विश्व भरका मगरहरु मात्र होइन अन्य नेपाली समुदायले पनि बिभिन्न रुपमा मनाउने प्रचलन छ।


Maghe Sankranti celebration in New York on January 16, 2011. Photo: eEyeCam.com

आइतबार न्यू योर्कमा मनाइएको उक्त पर्बमा मगर र अन्य कलाकारहरुले बिभिन्न सांगितिक कोशेली प्रस्तुत गरेर संक्रन्ती पर्बलाई अरु सार्थक बनाएका थिए भने निम्तालुहरुले सेल रोटी, तरुल, सखरखन्ड, मुलाको अचारको स्वाद चाख्न पाएका थिए।



युएस नेपाल अनलाइनले उक्त साँगितिक प्रस्तुतीको प्रतक्ष प्रसारण गरेको थियो, प्राबिधिक कारणबस उक्त लाइभ अर्काइभ राख्न सकिएन। असुबिधाकोलागि क्षमा प्रार्थी छौं।

कलाकारहरु जगदिश समाल मगर, सुमन बुढा मगर, राजेश थापा मगर, यशोदा खालिङ राइले आ-आफ्नो सुमधुर गीत प्रस्तुत गरेर पाहुनाहरुलाई नँचाएका थिए भने सुरेशा गुरुङ र रोहना चेजको संगित, माला राना मगरको न्रित्य रहेको थियो। त्यसैगरी, कुन्ती थापा र रुपा थापाद्वारा कविता पाठ गरिएको थियो।


Phoenix Rana Magar with her painting. Photo: eEyeCam.com

उक्त अबसरमा मगर बाल बालिकाहरुलाई नेपाली परम्पराको जानकारी गराउने उद्देश्यलेले चित्रकाला कार्यक्रम पनि राखिएको थियो जसमा नेपालको झन्डा, लाली गुराँस र नेपालका प्रथम शहीद कप्तान लखन थापा मगर चित्रण गर्न लगाइएको थियो।


Magar children drawing Nepal flag, Lali Guras and Nepal's first martyr Capt. Lakhan Thapa Magar.

यसै बिच, उक्त अबसरमा मगर एसोसियसन युएसए इङ्कको अनुसन्धानमुलक मुखपत्र "याँभु" (इन्द्रेणी) इ-जर्नलको प्रकाशन शुरुवात गरिएको छ। याँभु इ-जर्नलको शुभारम्भ युएस नेपाल अनलाइनका प्रधान सम्पादक तथा उक्त संस्थाका सल्लाहकार प्रदिप थापा मगरद्वारा संघको वेबसाइट www.MagarUSA.org मा याँभु इजर्नलको लिङ्कलाई अनलाइनमा क्लिक्क गरेर गरिएको थियो।

Yaanbhu इजर्नल उक्त साइटमा पिडिएफ फाइलको रुपमा पढ्न र डाउनलोड गर्न सकिन्छ:
http://www.magarusa.org/yaanbhu/yaanbhuyear1issue1january2011.pdf



प्रधान सम्पादक थापाले इ-जर्नलको शुभारम्भ गर्दै इ-जर्नलले नयाँ नेपालमा सबै जात जातिले समानरुपमा मौलाउन पाउने बातावरण हुन जरुरी भएको कुरा औंल्याउँदै इ-जर्नलभित्र बिभिन्न अनुसन्धाता लेखकहरुद्वारा प्रस्तुत गरिएको तथ्याङ्क प्रस्तुत गर्नेक्रममा नेपालका झन्डै ६ हजार प्राध्यापकहरुमा जनसंख्याको हिसाबले तेश्रो ठूलो जाति मगर समाजका जम्मा ३७ जना हुनु बिडम्बना भएको बताए।

"याँभु" (इन्द्रेणी) इ-जर्नलको प्रधान सम्पादक कान्तिपुर दैनिककि सहायक सम्पादक स्मिता मगर हुन् भने कार्यकारी सम्पादक धनबहादुर पुन मगर (सियाटल) र कला निर्देशक बिष्णुबहादुर पुन मगर ( न्यू योर्क) हुन्।

कार्यक्रमको सन्चाल्न संघका सहायक सचिब मानबहादुर राना मगरले गर्नु भएको थियो।

-Lab K. Budhamagar in New York

 

 

Read our exclusive reporting on:

संघीयता || राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Read our related news:

-अमेरिकि मगरहरुको संस्थाको नयाँ नाम परिवर्तन: "मगर संघ अमेरिका" बन्यो

-न्यू योर्कमा विश्वको होचा मान्छे खगेन्द्र थापा मगर बने हिरो !

-अमेरिकामा पाँचौं लाङ्घाली दोहोरी साँझ सम्पन्न

-न्यू योर्कमा लाङ्घाली एसोसिएसनद्वारा रक्तदान कार्यक्रम सम्पन्न

-अमेरिकामा नेपालका प्रथम शहीद लखन थापा मगरको १३३ औं स्मृति दिवस सम्पन्न

-अमेरिकि राज्य जर्जियामा भुटानिज अमेरिकन मगरहरुको वार्षिक भेला सम्पन्न

-न्यू योर्कमा पहिलो माघे संक्रान्ती अमेरिकि मगरहरुले यसरी मनाए

-लाङ्घाली परिवार यूएस्एको पाचौँ वार्षिक उत्सव भब्यताकासाथ सम्पन्न

-न्यू योर्कमा १३२ औं प्रथम शहिद शहिद लखन थापा मगर स्मृति दिवस

-अमेरिकी मगरहरूको १५ सदस्यीय नयाँ नेत्रित्व

-न्यूयोर्कमा लोक दोहोरी भाका घन्कियो

-लोकप्रिय दुई नेपाली कलाकारहरु अमेरिकि भ्रमणमा:
न्यूयोर्कमा मई ३ मा, अन्य ६ शहरहरुमा पनि दोहोरी र लोक पप गीत साँझको चाँजो

Or visit: http://usnepalonline.com/magar/



Magar Association USA, Inc President Mahendra Thapa Magar handing over a token of gift to Sandeep Thapa Magar. Photo: Lab K. Budhamagar


Nepalese-American Magar women in traditional Magar dress. Photo: Lab K. Budhamagar

Singers Rajesh Thapa Magar, Jagdish Samal Magar and Suman Budha Magar. Photo: eEyeCam.com



Singers Yashoda Khaling Rai and Rajesh Thapa Magar. Photo: eEyeCam.com


Rohana Chase and Suresha Gurung. Photo: eEyeCam.com


Singer & Magar Associatin USA, Inc's 2nd VP Rajesh Thapa Magar. Photo: Lab K. Budhamagar


Nepalese-Americn Magar men with traditional Magar dress. Photo: Lab K. Budhamagar



The Guests at  Maghe Sankranti celebration in New York. Photo: eEyeCam.com

Poet Kunti Thapa. Photo: Lab K. Budhamagar

Poet Rupa Thapa. Photo: eEyeCam.com



Mala Rana Magar. Photo: eEyeCam.com


Photo: eEyeCam.com


Photo: eEyeCam.com

Angelina Rana Malla and Phoenix Rana Magar with her painting. Photo: eEyeCam.com



Manbahadur Rana Magar, Assist. Secretary of Magar Association USA, Inc. Photo: Lab K. Budhamagar



Pravaddha Thapa Magar with his painting. Photo: Lab K. Budhamagar



Pradeep Thapa Magar, Editor-in-Chief, www.usnepalonline.com. Photo: Lab K. Budhamagar



Anil Raka Magar and Kriti Roka Magar. Photo: Lab K. Budhamagar



Singer Suman Budha Magar. Photo: Lab K. Budhamagar



Singer Jagdish Samala Magar. Photo: Lab K. Budhamagar



Samita Thapa Pulami Magar with traditional Magar dress. Photo: Lab K. Budhamagar


Namita Khaling Rai and Mala Rana Magar. Photo: Lab K. Budhamagar

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?