NEWS: बिबिसी नेपाली सेवा ::

Inside

न्यू योर्कमा मन्त्री किरण गुरुङसँग नेपालीहरुको अन्तर्कृया PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Prathaa Magar   
Thursday, 30 April 2009 19:19
"लोकतन्त्रमा विश्वाश गर्ने हो भने सेना लगायत सुरक्षा निकायले सरकारको आदेश मान्नु पर्छ।"- बन तथा भू-संरक्षण मन्त्री किरण गुरुङ्
न्यू योर्क, युनाइटेड नेपालीज डेमोक्रेटिक फोरम (UNDF) न्यू योर्क च्याप्टर र गुरुङ (तमु) सोसाइटी अफ युएसएको संयुक्त आयोजनामा न्यू योर्क कै कुइन्स शहरमा डाकिएको अन्तर्कृया कार्यक्रममा बोल्दै बन तथा भू-संरक्षण मन्त्री किरण गुरुङ्ले उपरोक्त कुरा बताउनु भएको हो।
 
 
Minister Gurung at the Nepalese interaction program in New York. Photo: Lab K. Budhamagar
 
कार्यक्रममा मन्त्री गुरुङले सेनापती बिबादबारे गम्भिर हुँदै अगाडि भन्नु भयो- "म नेपाल छदा सेना बिबाद चर्की सकेको थिएन। यदी माओवादीको सरकारको कारण सेनाले सरकारको आदेश मान्दैन भने भोली त्यही सेनाले फेरी मान्नु पर्छ भन्ने हुँदैन। भोली त्यो सरकारलाई पनि नमान्ने नजिर हुन्छ। सेना सरकारले हटाउन सक्छ तर त्यो सहमतिको आधारमा हटाउनु पर्छ। सहमती र सहकार्यमा बढ्नु सिवाय बिकल्प छैन।"

लोकतन्त्रको बिरुद्धमा सबै खाले शक्ती कृयाशिल बनेको तथ्य उजागर गर्दै मन्त्री गुरुङले भन्नु भयो- "प्रधानसेनापती हटाउने नहटाउने सवालमा पनि सबैले सरकारको आदेश मान्नु पर्छ। सेनाले पनि मान्नु पर्छ। सेनापती हटाउने नहटाउने भन्दा पनि लोकतन्त्रलाई कसरी बलियो बनाउने भन्ने चिन्ता गर्नु पर्छ। नेपालमा अहिले धमिलो पानीमा माछा मार्ने काम भएको छ। लोकतन्त्रलाई खत्तम पार्ने कार्यको बिरुद्धमा आवाज उठाउनु पर्छ।"

अहिलेको सरकार अन्तरिम सरकार भएको र पुरानो ढाचा मै काम गर्नु पर्ने भएकोले जनतालाई प्रभाबकारी राहत दिन नसकी रहेको बताउदै मन्त्री गुरुङले सरकारको मुख्य काम संबिधान समयमा निर्माण गर्नु रहेको बताउनु भयो। उहाले बिस्त्रित शान्ती सम्झौतालाइ पालना गर्दै माओवादी सेनालाई समाबेश र समाधान गरिएन भने नयाँ संबिधान बन्न नसक्ने दाबी गर्नु भयो।

उहाले भन्नु भयो-"नया संबिधान सँघियतामा आधारित गणतान्त्रिक संबिधान बन्ने छ। यो जन आन्दोलनको म्यान्डेट हो। त्यो भन्दा पछि जान सकिदैन।
 

Minister Gurung with Nepalese in New York. Photos: eEyeCam
 
"कसैलाई अधिकार दिदा कसैको अधिकार खोसिदैन बरु कसैले अधिकार पाएन भने त्यहा बिद्रोह हुन्छ"

सबै जाति र भाषा भाशीका समुदायले आ-आफ्ना अधिकारको माग गर्दा देश टुक्रिन्छ भन्नु सोह्रै आना गलत भएको बताउदै मन्त्री गुरुङले भन्नु भयो- "कसैलाई अधिकार दिदा कसैको अधिकार खोसिदैन बरु कसैले अधिकार पाएन भने त्यहा बिद्रोह हुन्छ र हामी सबैले दु:ख पाइन्छ्।" जात, जातिलाई एक इन्द्रेणीसँग तुलना गर्दै मन्त्री गुरुङले अगाडि भन्नु भयो- "मैले हाम्रो देशलाई एक इन्द्रेणीसँग तुलना गर्ने गरेको छु। इन्द्रेणीमा एक रङ भएन भने त्यो इन्द्रेणी हुँदैन। एउटा जात, जातिको सस्क्रिती झिक्दिने हो भने, एउटा भाषा थोपर्ने हो भने नयाँ नेपाल र सुन्दर नेपाल बन्न सक्दैन। सबै मागलाई सम्बोधन गरेमा राष्ट्रिय एकता, अखन्डता, अभिभाज्यता कायम रहन्छ।"

नेपाल कसैको पनि ठेक्का र पेवा नभएको उल्लेख गर्दै मन्त्री गुरुङले नेपाल प्रति सबैको माया रहेको र अल्पसन्ख्यक जातिलाई बाचाउन सबै मिलेर लाग्नु पर्नेमा जोड दिनु भयो। "आदिवासी जनजाति सस्क्रिती हाम्रो देशको सम्पदा हो। हामी यस मा धनी छौ।" भन्दै मन्त्री गुरुङले सचेत गराउदै भन्न् भयो- "धेरै भाषा, सस्क्रिती भयो एउटा बनाउनु पर्‍यो भन्नु गलत हो। राष्ट्रियताको आधार भनेको जात, जाति, जनजातिको समान अधिकार दिनु नै राष्ट्रको मेरुदन्ड हो। तब मात्र बिबिधतामा एकता हुन्छ।"
 
मन्त्री गुरुङको भनाइ थियो- "सकारात्मक सोच लिएर अघी बढेमा मात्र नयाँ नेपाल बन्न सक्छ। जातीय, सस्क्रिती र भाषाको आधारमा सँघियता बन्ने छ। त्यसलाई सकारात्मक रुपमा लिएर अघी बढ्नु पर्छ। आग्रह पूर्वग्रह राखेर नयाँ नेपाल बन्न सकदैन्।" 

कार्यक्रमको अन्तमा मन्त्री गुरुङले देश बिदेशमा रहेर नेपाललाई माया गर्ने, देशको अवस्था प्रति चिन्ता ब्यक्त गर्ने र देश बिकासमा सहयोग पुर्याउने सम्पूर्ण नेपालीहरु र अन्तर्कृया कार्यक्रमको आयोजना गर्ने सस्थाहरुलाई धन्यवाद दिनु भयो।
 
 
FIPNA General Secretary Arjun Gurung presenting a replica of Statue of Liberty as a token of gift to Minister Kiran Gurung. Photos: eEyeCam

कार्यक्रममा दिपेश लिम्बु, पत्रकार बिष्णु पौडेल, कमला प्रसाइ, युएस नेपाल मिडिया सेन्टरका अध्यक्ष पासाङ् दोर्ची शेर्पा, फिप्नाका महासचिब अर्जुन गुरुङ आदिले मन्त्री गुरुङलाई आ-आफ्ना प्रश्नहरु राखेका थिए। फिप्ना महासचिब अर्जुन गुरुङले मन्त्री गुरुङलाई स्वतन्त्रता कि प्रतिक Statue of Liberty प्रदान गर्नु भएको थियो भने गुरुङ सोसाइटी अफ अमेरिकाको फर्स्ट लेडी डा. सुजान हान्जेनले परम्परागत खादा पहिर्याएर मन्त्री गुरुङको स्वागत गर्नु भएको थियो। कार्यक्रममा स्वागत भाषण चाँही फोरम कि उपाध्यक्ष सिता खरेलले गर्नु भएको थियो।
 
 
UNDF President Tek Gurung. Photos: eEyeCam

कार्यक्रममा नेपालका लागि सङ्युक्त राष्ट्र संघका लागि नेपाल मिसनका स्थाई डेप्युटी प्रतिनिधि मधुबन पौडेल अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमको सभापतित्व फोरमका अध्यक्ष टेक गुरुङले गर्नु भएको थियो भने सन्चालन फोरमका महासचिब सञ्जय थापाले गर्नु भएको थियो।
 
 
UNDF General Secretary Sanjay Thapa 

संयुक्त राष्ट्र संघको बन जङ्गल सम्बन्धी मन्च UN Forum on Forests (UNFF-8) को अप्रिल २० तारिखदेखी मइ १ सम्म हुने बैठकमा भाग लिन न्यू योर्क आइ पुग्नु भएका मन्त्री गुरुङसहित ६ जनाको नेपाली प्रतिनिधि मन्डल गत १९ तारिख न्यू योर्क आइ पुगेको हो। उक्त टोलीमा राष्ट्रिय योजना आयोगका सदस्य डा. दिनेस देबकोटा, बन मन्त्रालयका सहसचिब राजेन्द्रकुमार ढुङ्गेल, कृषि बिशेसग्‍ज्ञ डा. खेमराज भट्टराई, सामुदायिक बन उपभोक्ता हरुको महासंघका अध्यक्ष घन श्याम पाण्डे लगायतका सम्मिलित हुनु हुन्छ।
 
मइ १ तारिख UN Forum on Forests (UNFF-8)को बैठक समापन पछि नेपाली टोली मइ २ तारिख नेपाल फर्किने योजना छ। 

-Prathaa Magar in New York. Comments? 917-570-1098
 
 
 
Nepalese participants at the event. Photos: eEyeCam

Read related news:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?