NEWS: बिबिसी नेपाली सेवा ::

Inside

बिदेश मै रहदा बाटो मै मन्त्री पद चट् भएपछि ! PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Prathaa Magar   
Monday, 04 May 2009 21:20
न्यू योर्क, नेपालका कति जना मन्त्रीहरु नेपालमा एक्कासी आ-आफ्नो पद चट् भए पनि अझै बिदेश मै देशको प्रतिनिधित्व गर्दै होलान्? यो जिज्ञासा सबैको मनमा  लागेको होला।

संयुक्त राष्ट्र संघको बन जङ्गल सम्बन्धी मन्च UN Forum on Forests (UNFF-8) को अप्रिल २० तारिखदेखी मइ १ सम्म हुने बैठकमा भाग लिन न्यू योर्क आइ पुग्नु भएका मन्त्री गुरुङ र असङ्लग्न राष्ट्रहरुको बैठकमा भाग लिन क्युबाको हावाना गएका परराष्ट्र मन्त्री उपेन्द्र यादव अहिले बाटैमा भुतपुर्ब मन्त्री बन्नु भएको छ।

न्यू योर्कमा नेपालीहरुसङ्गको अन्तरकृयामा मन्त्री गुरुङले भन्नु भएको थियो- "म नेपालबाट बिदेश लाग्दा सेनापती प्रकारण चर्की सकेको थिएन, तैपनि लोकतन्त्रमा सेना लगायत सबै सुरक्षा निकायले सरकारको आदेश मान्नु पर्छ्।"

मन्त्री गुरुङ डिसी हुँदै अमेरिकि टक्सास राज्य सम्म बिदेशी र नेपाल हरु सँग भेटघाट गर्न गत २९ अप्रिल न्यू योर्क बाट हिंड्नु भएको थियो। संयुक्त राष्ट्र संघका लागि नेपाली मिसनका प्रथम सचिब तिर्थ वाग्लेका अनुसार मन्त्री गुरुङ अब भोली नेपाल फर्किदै हुनुहुन्छ।

उता मन्त्री यादव हावानाको बैठक पछि ब्राजिलको यात्रा सकेर भोली नै नेपाल फर्किने हुनु भएको छ।

नेपाली मिसनका नायब स्थाई प्रतिनिधि मधुबन पौडेलकाअनुसार मन्त्री यादवको औपचारिक क्यानाडा भ्रमण यही ६, ७ र ८ तारिखका लागि तय भएको थियो। अब मन्त्री नै नरहे पछि क्यानाडा भ्रमण स्थगित गरिएको छ।

-Prathaa Magar in New York.
 
Read more news:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?